शुक्रबार, चैत १६, २०८०

स्विस एयरद्वारा युक्रेनका सबै उडान रद्द

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ फागुन १० गते १०:५४

रुस र युक्रेनका बिचमा सैन्य तनाव बढ्दै गएपछि स्विस एयर लाईन्सले युक्रेन उड्ने सबै उडान रद्द गरेको छ ।

युक्रेनमा थप तनाव बढ्दै गएपछि स्वीस इन्टरनेशनल एयरलाइन्सले अर्को सातादेखि युक्रेनको उडान अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको हो । यसले युक्रेनको राजधानी कीभमा अन्य उडानहरुलाईसमेत असर गर्छ ।

स्विस इन्टरनेशनल एयरलाईन्सले सोमवार फर्वरी २१ देखि फर्वरी २८ भित्र सबै उडान रद्द गर्ने उल्लेख गरेको छ । आइतवार, फर्वरी २० सम्ममा उडानहरू बुक गरिएका यात्रुहरूलाई कीभ र जुरिच बीचको यात्रा विकल्प प्रदान गर्ने योजना छ।

“यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा सधैं उच्च प्राथमिकता हो” स्विस एयरका प्रवक्ताले भनेका छन् । लुफ्थान्सा समूहको एक हिस्सा रहेको एयरलाइनले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र अधिकारीहरूसँग सञ्चारमा रहेको बताएको छ। यात्रुहरु प्रभावित हुने देखिंदा सूचित गरिने जनाएको छ।

यसैबिच लुफ्थान्सा समूहका अन्य एयरलाइन्सहरूले पनि अर्को हप्तादेखि युक्रेनको उडानहरू स्थगित गर्ने घोषणा गरेका छन् । यसमा अस्ट्रियन एयरलाइन्स, ब्रसेल्स एयरलाइन्स र युरोविङ्स छन् । अन्य युरोपेली एयरलाइन्सहरूले हालका दिनहरूमा यस्तै घोषणा गरेका छन् ।

आफ्ना नागरिकहरुलाई युक्रेनको पूर्वी क्षेत्रबाट निस्कनपनि स्विस सरकारले आग्रह गरेको छ । युक्रेनको खासगरि पूर्वी क्षेत्रमा रुस र युक्रेन लगायत पस्चिमी देशका सेनाहरु तैनाथ भएको युद्दको खतरा भड्किन सक्ने भन्दै स्विस सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक