शुक्रबार, चैत १६, २०८०

कोरोनाको तुलनामा विश्वभर वातावरणीय प्रदूषणले बढी मृत्यु

नेपालप्लस संवाददाता२०७८ फागुन १० गते १२:२४

संयुक्त राष्ट्र संघले फर्वरी १५ मा वातावरणीय प्रदूषणको बारेमा एक चिन्ताजनक प्रतिवेदन प्रकाशित गर्‍यो । रिपोर्टका अनुसार प्रदूषण र विषाक्त पदार्थहरूले प्रति वर्ष कम्तिमा ९० लाख मानिसको अकाल मृत्यु निम्त्याउँछ । यो पहिलो अठार महिनामा कोभिड-१९ महामारीबाट मृत्यु भएको संख्याको दोब्बर हो ।

विश्वव्यापी रूपमा प्रत्येक छ वटा मध्ये एक मृत्यु प्रदूषणको कारणले हुने रोगसँग सम्बन्धित छ । एड्स, मलेरिया र क्षयरोगबाट हुने मृत्युको तुलनामा तीन गुणा बढी प्रदूषणको कारणले हुन्छ । सबै युद्ध, हत्या र अन्य प्रकारका हिंसात्मक कारणले हुने मृत्युभन्दा १५ गुणा बढी प्रदूषणको कारणले हुने रोगबाट मृत्यु हुन्छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकको सन्दर्भमा सुरक्षित, स्वच्छ, स्वस्थ र दिगो वातावरणको उपभोग गर्नका लागि मानवअधिकारको दायित्वको विषयमा विशेष प्रतिवेदक डेभिड बयडले उक्त पाठको मस्यौदा तयार पारेका थिए । यो मस्यौदा फर्वरी २८ मा सार्वजनिक पहुँचकालागि खोलिने छ ।

प्रतिवेदनले विश्वव्यापी वातावरणको यस प्रदुषणको गतिलाई लिएर चिन्ता व्यक्त गरेको छ: “मुट्ठीभर विषाक्त पदार्थहरू मात्रै प्रतिबन्धित हुने वा प्रतिबन्धको प्रक्रियामा रहेको बेला खतरनाक रसायनहरूको उत्पादन, प्रयोग र विसर्जन तीव्र गतिमा बढिरहेको छ । हरेक वर्ष लाखौं टन विषाक्त पदार्थ हावा, पानी र माटोमा मिसिन्छन् । सन् २००० र २०१७ को बीचमा रसायनको उत्पादन दोब्बर भयो । फेरि सन् २०३० सम्म दोब्बर हुने आँकलन गरिएको छ । सन् २०५० सम्ममा तीन गुणा बढ्ने आँकलन गरिएको छ ।
कुनै क्षेत्रहरू यति प्रदूषित छन् कि तिनीहरूलाई “बलिदान क्षेत्र (सेक्रिफाईस जोन) ” भनिन्छ ।

पर्यावरणिय संरचना (इकोसिस्टम) को प्रदूषणको अतिरिक्त, रासायनिक उद्योग बधेका परिणामहरू छन् । यसले विश्वमा उत्पादित जीवाश्म इन्धनको १० प्रतिशत भन्दा बढी खपत गरेर जलवायु आपतकाललाई बढाउँछ । अर्कोतर्फ यसले निम्त्याउने प्रदूषणले विशेष गरी गरिब जनसंख्यालाई असर गर्छ ।

“यस नशाले गरिबी, भेदभाव र प्रणालीगत सीमान्तीकरणको चपेटामा परेका व्यक्ति, समूह र समुदायहरूलाई असमान रूपमा असर गर्छ । ‘कतिपय समुदायहरू प्रदूषण र विषाक्त पदार्थहरूको सम्पर्कमा रहेको क्षेत्रमा बस्छन् र हामी “बलिदान क्षेत्रहरू” भनेर संवोधन गर्छौं’ रिपोर्टमा उल्लेख छ ।

केहि स्थानहरू छन् जहाँ प्रदूषण स्तर यस्तो छ कि तिनीहरूले बासिन्दाहरूको शारीरिक र मानसिक स्वास्थ्यमा विनाशकारी प्रभावहरू पार्छन् ।

यस नाटकीय अवस्थाको लागि मुख्य जिम्मेवार ठूला कम्पनीहरू हुन् जसले वातावरण संरक्षणका नियमहरूलाई सम्मान गर्दैनन् । अर्को जिम्मेवार राज्यहरू हुन् जसले तिनीहरूलाई अनुमति दिन्छन् । तर, सन् २०२१ अक्टोबर ८ देखि स्वच्छ, स्वस्थ र दिगो वातावरणको अधिकारलाई मानवअधिकार परिषदले विश्व स्तरमा पहिलो पटक प्रत्याभूत गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक