बिहीबार, चैत १५, २०८०

‘कुल आचार्य चुनाव लड्छ, कसले भन्यो लड्दैन ?’

नेपालप्लस संवाददाता२०७८ फागुन १० गते २३:५७

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले आफू आगामी निर्वाचनमा अध्यक्ष पदमा लड्न लागेको स्पष्ठ पारेका छन् । मंगलवार साँझ नेपालप्लसले कुल आचार्यलाई ठाडो प्रश्न गरेको थियो ‘तपाई किन ल्याङल्याङ ? चुनाव लड्ने हो कि होइन ?’

उनले पनि ठाडै उत्तर दिए ‘चुनाव लड्ने हो । कसले भन्यो लड्दैन ?’

उच्चस्तरिय समितिले छानबिनको काम गर्दै रहेकाले आफू उच्चस्तरिय समितिले अन्तिम निर्णय नदिएसम्म कतै सार्वजनिक टिप्पणी नगर्ने पक्षमा रहेको उल्लेख गर्दै थिए कुल आचार्य । ‘तर नबोलौं भन्दाभन्दैपनि बोल्नु पर्‍यो’ उनले भने ।

एनआरएनएको आगामी मार्च २२ र २३ मा हुने निर्वाचनमा मतदानका लागि फेस भेरिफिकेसन गर्न सेल्फी पठाउनुपर्ने म्याद मंगलवार साँझसम्म राखिएको छ ।

तर कुल आचार्यले भने आफूले सेल्फी नपठाएको खुलेरै बताए । ‘मैले पठाएको छैन, पठाउन्न पनि ।’

‘किन एनआरएनएको नियमनै सल्लाहकार भएर नमान्ने ?’

आचार्यको जवाफ थियो ‘कुन देशको कुन कानुनले सेल्फी दिनै पर्छ भन्छ ? एनआरएनए एनसिसीहरु बिभिन्न देशमा दर्ता छन् र ति सबै देशका आफ्ना आफ्नै नियम छन् । त्यहि देशको संवन्धित नियम कानुन अनुसार हुनुपर्‍यो नी । म बेलायतको पेपरवाला हुँ यो देशको कानुनले सेल्फी दिनैपर्छ भन्छ ? सेल्फीबिना निर्वाचन भए के हुन्छ ?’

आचार्यले प्रतिनिधि छनौटमा नव निर्वाचित एनसिसीले पठाएको सूचीलाई मान्यता दिनुपर्ने आफ्नो तर्क फेरिपनि दोहोर्‍याए “आफैंले प्रतिनिधि बनाउने अनि आफैंले ओके गर्ने ? नयाँ एन सिसीले पठाएको सूची सदर हुनुपर्छ ।”

उनले विधानको धज्जी उडाउँदै निर्वाचनमा बैकल्पिक मतदाताको प्रावधान राखेकोमा आपत्ती जनाए ।

नेपालप्लसले आचार्यलाई सोधेको थियो ‘तपाईले लामो समयदेखि राख्दै आएको माग नयाँ निर्वाचित एनसिसी कार्य समितिले पठाएको प्रतिनिधि सूचीलाई मान्यता दिनुपर्छ भन्ने थियो । त्यहि अनुसार २५ प्रतिशत प्रतिनिधिको निर्वाचन नगरिकनै पठाएपनि अमेरिका, अष्ट्रेलिया, युकेका प्रतिनिधि सदर गरिने भएछन् । अब त निर्वाचनमा जानुहुन्छ होला नी ?’

आचार्यले आफू चुनाव जित्न वा हार्नका लागि नभएर विधिविधान र एनआरएनएको हितकालागि लडेको बताउँदै भने ‘म हारौं कि जितौं भन्ने मलाई मतलव छैन । २५ प्रतिशत प्रतिनिधि नयाँ कार्य समितिले चुनेको सदर हुने भए सबै देशमा त्यहि नियम, सुविधा हुनुपर्‍यो नी, किन केहि देशको मात्रै ? फरक फरक नियम लगाउने’ उनले प्रश्न गरे ।

‘तपाईको पक्षले जितेका एनआरएनए एनसिसीहरुले केन्द्रलाई तिर्नुपर्ने सदस्यता दस्तुर तिरेका छैनन् । यसरि दस्तुर रोक्न लगाउने ?’ नेपालप्लसले कुल आचार्यलाई प्रश्न सोधेको थियो ।

उनको जवाफ थियो ‘त्यो एनसिसीकै आफ्नो निर्णय हो । तर उनीहरुले पठाएको प्रतिनिधिको सूची सदर नगर्ने । फि लिने र त्यहि पैसाले सचिवालय चलाउने ? यस्तो हुन्छ ?’

आचार्यले बिगतमा झैं एनआरएनए उच्चस्तरिय समितिलाई काम गर्न दिनु पर्ने भनाई फेरि दोहोर्‍याए ‘आफूलेनै बनाएको समितिलाई काम गर्न नदिने यो दुखद छ, निन्दनिय छ ।’

तपाइँको प्रतिक्रिया

फेसबुक