बिहीबार, वैशाख १३, २०८१

पाँच स्विस परिवार मध्ये एकलाई गरिबीको असर

नेपालप्लस संवाददाता२०७८ फागुन ११ गते १८:०४

विश्वको एकदमै धनी देशका रुपमा चिनिंदै आएको स्विजरल्याण्डमा हरेक पाँच परिवार मध्ये एक परिवारलाई गरिबीले असर पारेको छ ।

एउटा नयाँ अध्ययन अनुसार स्विट्जरल्याण्डमा साना बच्चाहरू भएका एकल आमाबाबु र वृद्ध आप्रवासीहरू गरिबीको जोखिममा परेका छन् ।

फेडरल सोशल इन्स्योरेन्स अफिस कार्यालयले मंगलबार घोषणा गरेको छ ‘पाँच मध्ये एक घरपरिवारले धेरै थोरै पैसामा खर्च धान्नुपरेको छ ।’

स्विजरल्याण्डमा गरिएको आधिकारिक सर्वेक्षणले कामदार जनसंख्याको १५ प्रतिशत घरपरिवार र सेवानिवृत्त बासिन्दाहरूको २२ प्रतिशत घरपरिवार गरिबीबाट प्रभावित भएको देखाएको छ ।

जेनेभा विश्वविद्यालयको प्रतिवेदन २०११ र २०१५ को बीचमा सुचिक्रित गरिएको करिब ४५ लाख बासिन्दाहरूको कर डाटामा आधारित छ यो रिपोर्ट । यो स्विस जनसंख्याको आधाभन्दा बढी थियो ।

अधिकारीहरूका अनुसार निष्कर्षहरूले सम्पूर्ण स्विजरल्याण्डका लागि प्रतिनिधित्व गर्छन् ।

विज्ञहरूका अनुसार कठिन आर्थिक अवस्था अध्ययन गरिएका परिवारका सबै घटनामा ५० प्रतिशत भन्दा धेरै लामो समयसम्म कायम रह्यो । तर दुई मध्ये एक घरपरिवारले केही समयपछि निश्चित आर्थिक स्थायित्व प्राप्त गरेको देखियो ।

समग्रमा, उच्च तलब, न्यून मुद्रास्फीति र राम्रो निवृत्तिभरण भुक्तानीको कारणले २००३ र २०१५ बीच आम्दानी बढेको अध्ययनले देखाएको छ ।

विशेषज्ञहरूका अनुसार एकल रुपमा रहेका सेवानिवृत्त पुरुषहरूले सुधारबाट फाइदा लिन सकेनन् ।

औसतमा एक स्विस परिवारको सन् २०१५ मा वार्षिक आय ६३,४७० थियो । वार्षिक ३८ हजार स्विस फ्र्यांक हुनेलाई गरिबी रेखा मुनि राखिएको थियो ।

तपाइँको प्रतिक्रिया