शुक्रबार, जेठ १३, २०७९

विश्वका राष्ट्रहरू प्लास्टिक प्रदूषण रोक्न पहिलो विश्वव्यापी सन्धि बनाउने तरखर गर्दै

नेपालप्लस संवाददाता२०७८ फागुन १२ गते २३:२८

सन् २०१९ मा खाली बोतलहरु र अन्य प्लास्टिक फोहरले लेबनानाको बेरुतस्थित ओजाइ समुद्री किनार ढाकेको तस्विर । Photo-pewtrusts.org

प्रत्येक वर्ष, अनुमानित एक करोड १० लाख टन प्लास्टिक फोहोर समुद्रमा मिसिन्छ । हरेक दिन एउटा कार्गो जहाजको सामान बराबरको फोहोर । बढ्दो ज्वारभाटाको माथिमाथि तैरिन्छ । महासागरको भित्रि भाग र बाहिर सम्म फैलिन्छ । यो धेरै ठूलो समस्याहरूको एक लक्षण मात्र हो: अस्थाई उत्पादन डिजाइन, अदूरदर्शी खपत र अपर्याप्त फोहोर व्यवस्थापन यसका कारण भएको वैज्ञानिकहरू बताउँछन् । जर्जिया विश्वविद्यालयका वातावरणीय इन्जिनियर जेन्ना जाम्बेक भन्छिन्, उत्पादन प्रक्रियामा हामीले थप कदम चाल्नुपर्छ । यसलाई अझ कडाईतिर लैजानुपर्छ”।

१९३ देशका वार्ताकारहरूले अर्को हप्ता केन्याको नैरोबीमा भेट्दा प्लास्टिक उत्पादनमा के गर्ने भनेर तयारी गरिरहेका छन् । तिनीहरूको महत्वाकांक्षी लक्ष्य छ : वार्तालाप समिति बनाउने जसले दुई वर्ष भित्र, प्लास्टिक प्रदूषणलाई रोक्नको लागि एउटा नयाँ विश्वव्यापी सन्धि बनाउन प्रयास गर्ने ।

यो पहिलेनै जारी गरिएको प्रस्ताव हो, संयुक्त राष्ट्र संघको जलवायु सन्धिको मोडेलमा । राष्ट्रहरूले कार्य योजनाहरू अपनाउन, बाध्यकारी फोहोर घटाउने लक्ष्यहरू सेट गर्न, अनुगमन प्रणालीहरू र नयाँ विश्वव्यापी वैज्ञानिक सल्लाहकार निकाय स्थापना गर्ने भन्ने छ ।

“यो समयको माग हो” टोरन्टो विश्वविद्यालयका इकोलोजिस्ट चेल्सी रोचम्यान भन्छिन् “जसले राष्ट्रहरूलाई यस मुद्दालाई सम्बोधन गर्न आह्वान गरेको छ ।”

सामुद्रिक फोहोर र खतरनाक रसायनहरूको जोखिमलाई कम गर्न विद्यमान अन्तर्राष्ट्रिय प्रयासहरूमा प्लास्टिक प्रदूषणसँग सम्बन्धित केही उपायहरू समावेश छन् । तर कुनै पनि विश्वव्यापी सन्धिले उत्पादनको सम्पूर्ण जीवनचक्रलाई लक्षित गरेर प्रदूषण कम गर्ने प्रयास गरेको छैन । कच्चा पदार्थको रूपमा यसको शुरुदेखि अन्तिम अवस्था यकिन गरेको छैन । कच्चा पदार्थका रुपमा शुरु भएदेखि प्रयोग गरेर रद्दीटोकरीमा पुग्ने बेला सम्मका लागि यहि गर्ने भन्ने नियन्त्रण, बन्देज वा अनुगमन र सन्धि केहि छैन ।

ओशन कन्जर्भेन्सीका नीति विश्लेषक एन्जा ब्रान्डन भन्छिन् “प्लास्टिकको बारेमा यस्तो व्यापक दृष्टिकोण लिन एउटा धेरै ठूलो वैज्ञानिक प्रयास हुन गइरहेको छ ।”

समस्याको दायरा पत्ता लगाउनु र स्रोतहरूमा कडा भएर तुलनात्मक संख्याहरू पत्ता लगाउनु दुर्लभ छ । यसले प्रदूषण हट स्पटहरू पहिचान गर्न वा प्रवृत्तिहरू पत्ता लगाउन गाह्रो बनाउँछ । गैर-नाफामुखी समूहहरू र सरकारी एजेन्सीहरूले समुद्र तटको फोहोर सर्वेक्षण गर्न दर्जनौं फरक प्रोटोकलहरू प्रयोग गर्छन् । उदाहरणका लागि, पानीमा माइक्रोप्लास्टिकहरू गणना गर्ने तरिकाहरू फरक प्रयोग गर्छन् ।

नयाँ सन्धिले मानक मापन र लेखा विधिहरू प्रवर्द्धन वा स्थापना गरेर मद्दत गर्नसक्छ । यस्तो एउटा दृष्टिकोणलाई पर्यावरणीय आर्थिक लेखा भनिन्छ । यो पहिले नै केही देशहरूमा विभिन्न कच्चा माल अनुगमन गर्न प्रयोग भइरहेको छ । र यो ‘मास ब्यालेन्स एनालाईसिस’ भनेर चिनिने विश्लेषण’ विधि जसले उत्पादन प्रक्रियाहरूमा प्रवेश गर्ने र छोड्ने सामग्रीको मात्रा अनुगमन, सुपरिवेक्षण गर्दछ । नयाँ उत्पादनहरूमा प्रयोग गरिएको रिसाईकल गरिएको मात्रा निर्धारण गर्ने सुनिस्चित गर्छ ।

वैज्ञानिकहरूले स्टान्डर्ड मेट्रिक्समा मापन गर्ने गरेपछिपनि ती संख्याहरू सङ्कलन गर्न चुनौती हुन सक्छ । विशेष गरी अपेक्षाकृत कमजोर नियामक र अनुसन्धान पूर्वाधार कमजोर भएका विकासशील राष्ट्रहरूमा ।

आगामी बैठक आयोजना गर्दै आएको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) ले तालिम कार्यक्रम र अनलाइन पाठ्यक्रममार्फत अनुगमन क्षमता बढाउने काम गरेको छ । त्यस्ता प्रयासहरूलाई कोष र प्राविधिक विकासलाई प्रोत्साहन गर्ने नयाँ सन्धिद्वारा सहायता मिल्नेछ । उपग्रहहरू र ड्रोनहरू मार्फत रिमोट सेन्सिङ गर्ने छ । उदाहरणका लागि, प्लास्टिक प्रदूषण प्रवृतिहरू अझ सजिलैसँग पहिचान गर्न सक्छ । त्यसले श्रममा आधारित गहन खालको भू सर्वेक्षणको आवश्यकतालाई कम गर्न सक्छ ।

‘प्लास्टिक उत्पादन, ढुवानी र उपभोगमा थप विस्तृत औद्योगिक तथ्यांकले राष्ट्रहरूलाई प्रदूषण नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ’ अनुसन्धानकर्ताहरू भन्छन् । तर धेरै देशहरूले कम्पनीहरूलाई त्यस्ता संख्याहरू गोप्य राख्न लगाउँछन् जसले गर्दा प्लास्टिकले कसरी अर्थतन्त्र र वातावरणमा प्रभाव पार्दै छ भनेर गणना गर्न गाह्रो हुन्छ । र कसैले व्यवस्थित रूपमा त्यो जानकारी अनुगमन गर्दैनन् । उदाहरणका लागि, महासागर संरक्षण संस्था (ओसन कन्सरभेन्सी) ले कति रिसाइकल प्लास्टिक फर्महरूले प्रयोग गरिरहेको छ भनेर पत्ता लगाउन संघर्ष गरेको ब्रान्डन बताउँछन् ।

अन्वेषकहरूले अझै पनि कुन उपाय सबैभन्दा उपयोगी हुनेछ भनेर सोचिरहेका छन् । र कसरी सन्धिले त्यो जानकारी थप उपलब्ध गराउन मद्दत गर्न सक्छ भन्नेमा छलफल गरिरहेका छन् ।

वार्ताकारहरूले एउटा मुख्य प्रश्नको पनि सामना गर्नेछन्: कति प्लास्टिक प्रदूषणलाई अति मान्ने ? यो स्पष्ट छ, प्लास्टिकको झोला, फालिएका माछा मार्ने तार र माइक्रोप्लास्टिक्सले वन्यजन्तुलाई मार्न सक्छ । तर वैज्ञानिकहरूले भर्खरै जोखिमहरू कसरी गणना गर्ने भनेर पत्ता लगाउन थालेका छन् । सन्धिले त्यस्ता प्रयासहरूलाई उत्प्रेरित गर्न मद्दत गर्न सक्छ ।

“यदि प्लास्टिकको फोहोरले मानिसलाई हानि पुर्‍याउँछ भन्ने थाहा भएमा यसलाई कम गर्ने राजनीतिक इच्छाशक्ति धेरै हुनेछ” वोलोङगोङ विश्वविद्यालयका नीति अनुसन्धानकर्ता करेन राउबेनहाइमर भन्छिन् । तर उनी सोच्छिन्, ‘भर्जिन प्लास्टिकको प्रयोग रोक्न यो छोटो अवधिमा चुनौतीपूर्ण हुने छ ।

अनुगमन किन गाह्रो हुन्छ भने प्लास्टिकको धेरै प्रयोग आवश्यक मानिन्छ । एक पटक मात्रै प्रयोग गरिने प्लास्टिक वस्तुहरू स्वास्थ्य हेरचाहमा सामान्य मानिन्छन् । उदाहरणका लागि, प्रदूषण र संक्रमण रोक्न र खाद्य उद्योगमा फलफूल, तरकारी र अन्य उत्पादनहरू बिग्रनबाट जोगाउन । सफा पानी नभएको क्षेत्रमा डिस्पोजेबल बोतलहरू पनि महत्त्वपूर्ण हुन सक्छन् ।

युनेपले प्लास्टिकलाई अनावश्यक, अपरिहार्य र समस्याग्रस्त भनेको छ । जस्तै एकल-प्रयोग शपिंग झोला, टेकआउट गर्दा काट्न दिने प्लास्टिकका चक्कु र चम्चा वा कस्मेटिक्समा प्रयोग गरिने साना साना मोतीका दाना जस्ता प्लस्टिक घटाउन वा उन्मूलनकालागि आह्वान गर्न सक्छन् । तर विश्लेषकहरू भन्छन् ‘राष्ट्रहरूले प्लास्टिक सामग्रीको प्रयोग र पुन: प्रयोग गर्ने तरिकाहरूमा पनि ध्यान केन्द्रित गर्नुपर्छ ।

हाल, अनुसन्धानकर्ताहरूले अनुमान गरेका छन्, १० प्रतिशत भन्दा कम प्लास्टिक उत्पादनहरू पुन: प्रयोग (रिसाईकल) गरिन्छ । राम्रो फोहोर व्यवस्थापन अभ्यासहरू बनाउने र ब्यवस्थित उत्पादन डिजाइनहरूले त्यो संख्यालाई बढावा दिन सक्छ । नयाँ सामग्रीको माग घटाउन सक्छ ।

नयाँ सन्धिलाई मात्र दुई वर्षमा अन्तिम रूप दिने प्रयास गर्नु अत्यन्त महत्वाकांक्षी हो भन्ने युनेपले स्वीकार गरेको छ । तर प्लाष्टिकको थुप्रो देखेका अन्वेषकहरू वार्ता सुरु भएकोमा खुसी छन् ।

“मानिसहरूले यस समस्यालाई एक दशक अघि नदेखेको तरिकाले हेरेका छन् । र समाधान गर्न उच्च स्तरका स्रोतहरू प्रयोग गरिरहेका छन्” सी एजुकेशन एसोसिएसनका भौतिक समुद्रविज्ञ कारा लेभेन्डर ल भन्छिन् “यो वास्तवमा अचम्म तर सकारात्मक भएको छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक