शुक्रबार, वैशाख ७, २०८१

युरोपेली नेताहरू रुसमाथि ‘ठूलो र गम्भीर प्रतिबन्ध’ लगाउन सहमत

नेपालप्लस संवाददाता२०७८ फागुन १३ गते १५:४९

 

रुसले युक्रेनमा गरेको आक्रमणपछि युरोपेली संघका नेताहरू रुसमाथि ‘गम्भिर र ठूलो प्रतिबन्ध’ लगाउन सहमत भएका छन् । बिहीवार ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन गर्दै ईयु नेताहरु रुसबिरुद्द “ठूलो र गम्भीर प्रतिबन्ध” लगाउन सहमति भएका हुन् ।

“यी प्रतिबन्धहरूले वित्तीय क्षेत्र, ऊर्जा, यातायात क्षेत्रहरू, दोहोरो प्रयोगका सामानहरू, निर्यात नियन्त्रण, निर्यात वित्तपोषण, भिसा नीति, रूसी व्यक्तिहरूको थप सूची र नयाँ सूचीकरण मापदण्डहरू समावेश गर्दछ” निष्कर्षमा भनिएको छ ।

“रूसले आक्रमणको यो कार्य र यसले निम्त्याउने सबै विनाश र जीवन हानिको लागि पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ । रुसलाई यस कार्यको लागि जवाफदेही गरिने छ” सहमतिमा भनिएको छ ।

तर ईयु नेताहरुको सहमतिको विवरणहरू आधिकारिक रुपमा शुक्रवार भन्दा चाँडो उपलब्ध हुनेछैन । काउन्सिलले आयोग र शीर्ष कूटनीतिज्ञले तयार पारेका प्रस्तावहरूलाई बिना ढिलाइ अपनाउने भनेको छ ।

बेलारुस रुसका पक्षमा लागेर युद्द भड्काउन साक्षी बनेको भन्दै ईयु नेताहरुले बेलारुसको बिरूद्ध उपायहरूको थप प्याकेज पनि सिफारिस गरेका छन् ।

ईयु नेताहरू दुई मुख्य लक्ष्य लिएर ब्रसेल्समा भेटभएका थिए, २७ सदस्य राष्ट्रहरूको एकता प्रदर्शन गर्न र क्रेमलिन विरुद्ध प्रतिबन्धहरूको नयाँ र थप कट्टरपन्थी प्याकेजमा सहमत हुन ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले भनिन् “हामी भविष्य निर्माण गर्नकोलागि आवश्यक पर्ने प्रविधिहरूबाट रूसको उद्योगलाई काट्न चाहन्छौं ।”

डच प्रधानमन्त्री मार्क रुटेले भने: “यो निर्णय रुसको नेतृत्व, वित्त र अर्थतन्त्रमा निर्दयी हुनुपर्छ भनेर हो ।”

“यो युक्रेनको विरुद्ध मात्र होइन, युरोप र प्रजातन्त्र विरुद्धको युद्ध हो” लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले पत्रकारहरूलाई भने “उनीहरूलाई आज हाम्रो समर्थन चाहिन्छ, भोलि धेरै ढिलो हुन सक्छ ।”

युरोपेली आयोगले सदस्य राष्ट्रहरूसँग नजिकको सहकार्यमा प्रतिबन्धहरूको प्याकेज डिजाइन गरेको छ । युक्रेन सीमामा तनाव बढ्दै गएपछि काम केही साता अघि सुरु भएको थियो ।

उपायहरू मध्ये ईयुको पुँजी र वित्तीय सेवा बजारमा मस्कोको महत्त्वपूर्ण पहुँचलाई गम्भीर रूपमा सीमित गर्न डिजाइन गरिएको छ । प्रभावकारी रूपमा यसको राष्ट्रिय सार्वभौम ऋणको पुनर्वित्तलाई रोक्न खोजिएको छ ।

बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोले शिखर सम्मेलन अघि पत्रकारहरूलाई भने “हामीलाई भुक्ने प्रतिबन्धहरू चाहिँदैन, हामीलाई टोक्ने प्रतिबन्धहरू चाहिन्छ । यदि प्रतिबन्धहरूले टोके भने तिनीहरूले धेरै राम्ररी टोक्नु पर्छ ।”

हालको मस्यौदाले रूसको कुलीन वर्ग र सैन्य-औद्योगिक परिसरमा प्रभाव पार्नुपर्ने भनाई उनको थियो ।

ईयु रूसको सबैभन्दा ठूलो व्यापार साझेदार हो जसले सन् २०२० मा देशको कुल वस्तु व्यापारको ३७ दशमलव ३ प्रतिशत ओगटेको थियो । छिमेकीसँग भएका धेरै व्यावसायिक सम्बन्धहरूलाई ध्यानमा राख्ने हो भने युरोपेली देशहरूपनि यो प्रतिशोधबाट पीडित हुने छन् ।

ईयु नेताहरूका लागि प्रमुख चुनौती ईयु सदस्य राष्ट्रहरूका लागि प्रहार कम गर्दै रूसलाई कसरी सबैभन्दा ठूलो पीडा दिने भन्ने हो । यसअघि बिहीवार, रिपोर्टहरू देखा परे जसमा इटाली विशेष गरी चिन्तित थियो । किनभने यसको अत्यन्त मुनाफाजनक लक्जरी उद्योगको नतिजाको बारेमा चिन्तित थियो ।

केहि ईयु अधिकारीहरूको गोप्य स्रोत उल्लेख गर्दै फ्रान्सेली मेडियाहरुले अर्थतन्त्रमा क्षति पुगेको देशहरूको लागि फेरि मौद्रिक क्षतिपूर्ति हुनाले चिन्तित देखिएका छन् । यो मुद्दा विष्लेषण गर्न तिनीहरुलाई सकस भैरहेको छ ।

जर्मनी र नेदरल्यान्ड आर्थिक नोक्सानको सबैभन्दा जोखिममा रहेका देशहरू भएको अधिकारीहरूले उल्लेख गरेका छन् ।

रुसको साथै युरोपेली परिषदले बेलारुसलाई पनि सजाय दिन चाहेको छ जसले रूसी सेनाहरूलाई उनीहरूको सीमामा युक्रेन प्रवेश गर्न अनुमति दिएको छ ।

“अलेक्जेन्डर लुकाशेन्का” को शासन विरुद्ध कारबाही पछि बनाइनेछ” परिषदले आफ्नो निष्कर्षमा भनेको छ ।

आपतकालीन बैठकको अन्तिम उद्देश्य ईयुले हालसम्म लगाएको कडा प्रतिबन्धहरू अगाडि बढाउनु थियो । नेताहरूले तत्काल युद्धविराम र रूसी सेना फिर्ता गर्न आह्वान गरेका छन् ।

“हामी रुसका लागि महत्वपूर्ण प्रविधि र बजारहरूमा पहुँच रोकेर रुसी अर्थतन्त्रका रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्नेछौं । हामी रुसको आर्थिक आधार र यसको आधुनिकीकरण गर्ने क्षमतालाई कमजोर बनाउनेछौं” रुसी आक्रमण शुरु भएको केहि घण्टापछि ईयु आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले बिहीवार बिहान भनेकि थीईन् “हामी युरोपेली संघमा रूसी सम्पत्तिहरू फ्रिज गर्नेछौं र युरोपेली वित्तीय बजारहरूमा रूसी बैंकहरूको पहुँच बन्द गर्ने छौं ।”

“संयुक्त मोर्चा प्रदर्शन गर्न अमेरिका, बेलायत, क्यानडा, जापान र अष्ट्रेलियासँगको समन्वयमा जरिवानाहरू लगाइँदैछ” भोन डर लेयनले भनेकि छन् ।

युरोपेली काउन्सिलले मात्र राजनीतिक निर्देशन दिने भएकोले प्रतिबन्धहरूको काम राष्ट्रिय प्रतिनिधिहरूमा अन्तिम ब्याख्या, सुधार गरेर कानुनी रूपमा अगाडि बढ्ने छ । ईयुको आधिकारिक जर्नलमा प्रकाशित भएपछि प्रतिबन्धका उपायहरू लागू हुन्छन् ।

प्रतिबन्धहरूको दोस्रो ड्राफ्ट यस हप्ताको सुरुमा अनुमोदित प्याकेजको रुपमा आउँछ जसले यात्रा प्रतिबन्धहरू लगाएको थियो । राष्ट्रपति पुटिनको नजिकका २७ व्यक्ति र संस्थाहरूको सम्पत्ति रोक्का गरेको छ जसमा उनका रक्षामन्त्री र उनका स्टाफका प्रमुखका साथै धेरै कमाण्डर र प्रचारकहरू छन् ।

त्यो प्रारम्भिक मस्यौदाले राज्य ड्यूमाका ३५१ सदस्यहरूलाई पनि समेटेको थियो जसले डोनेट्स्क र लुहान्स्कका स्व-घोषित जनगणतन्त्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिन मतदान गरेका थिए

यस हप्ताको सुरुमा जर्मन चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारले जर्मनी र रुसलाई जोड्ने विवादास्पद ग्यास पाइपलाइन नर्ड स्ट्रीम २ को प्रमाणीकरणको लागि आवश्यक कागजात फिर्ता लिएको घोषणा गरेका थिए ।

स्कोल्ज लगायतका ईयु नेताहरू र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन विरुद्ध रुसको आक्रामकताको प्रतिक्रियामा यो परियोजना अवरुद्ध गर्न माग गरेका थिए ।

पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविकीले भनेका छन् “बोल्नु सस्तो कुरा हो । सस्तो कुरा अति भयो, पुग्यो अब ।”

“हामी युरोपेली संघको तर्फबाट धेरै रूसी ग्यास र धेरै रूसी तेल किन्दै छौं । र राष्ट्रपति पुटिनले युरोपेलीहरूबाट पैसा लिइरहेका छन् । उसले यसलाई आक्रमणमा परिणत गर्दैछ । उसले सम्पूर्ण युरोपलाई अस्थिर बनाउँदैछ” मोराविकीको थप भनाई थियो ।

युक्रेन : भविष्यको ईयु देश ?

शिखर सम्मेलनको क्रममा नेताहरूले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि आफ्नो समर्थनलाई जोड दिए । अतिरिक्त राजनीतिक, वित्तीय, मानवीय र लजिस्टिक समर्थन प्रदान गर्ने वाचा गरे ।

तर केही सरकारहरू त्यो समर्थनलाई एक कदम अगाडि लैजान चाहन्छन् ।

बैठकको पूर्वसन्ध्यामा पोल्याण्ड र स्लोभेनियाले युरोपेली संघले युक्रेनलाई ईयुमा सामेल गराउन सुझाव दिए । त्यसले देशको जनसंख्यालाई रणनीतिक आशाका साथै आफ्नो मातृभूमि, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षामा दृढ रहनको लागि प्रेरणा दिनेछ भन्ने तर्क गरेका छन् ।

यो अपील मोराविकी र स्लोभेनियाका प्रधानमन्त्री जेनेज जानसाले हस्ताक्षर गरेको संयुक्त पत्रबाट आएको हो ।

“के ईयुले यस ऐतिहासिक चुनौतीलाई सफलतापूर्वक जवाफ दिन सक्छ ? यो गर्न सक्छ र गर्नुपर्छ । ईयुसँग रणनीतिक समाधान पूरा गर्न ज्ञान र अनुभव छ । त्यसलाई राम्रोसँग विकसित उपकरण विस्तार भनिन्छ । हामीले एउटा महत्वाकांक्षी र मूर्त योजना बनाउन आवश्यक छ । सन् २०३० सम्ममा युक्रेनको ईयूमा द्रुत एकीकरण आवश्यक छ” नेताहरूले लेखेका छन् ।

“यो छिटो र साहसी निर्णय गर्ने समय हो । युरोपको लागि संघर्ष जारी छ । गत दुई दशकको ऐतिहासिक पाठ यो हो कि यदि ईयू विस्तार नगर्ने हो भने अरू कसैले गर्छ ।”

ईयुको सदस्यताका साथै नाटोमा प्रवेश एक लक्ष्य हो जुन युक्रेनी अधिकारीहरूले लामो समयदेखि पर्खिरहेका छन् जसले प्रायः युरोपियन परिप्रेक्ष्यको कुरा गर्छन् । तर यो विचारलाई टाढाको विषयका रूपमा हेरिएको छ । ब्रसेल्समा यसले समर्थन लिन असफल भएको छ।

हालसम्म ईयुद्वारा आधिकारिक रूपमा उम्मेद्वारको रूपमा मान्यता प्राप्त देशहरू अल्बानिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो, सर्बिया र टर्की हुन् । यसबाहेक बोस्निया, हर्जगोभिना र कोसोभो सम्भावित उम्मेद्वारहरू छन्।

(युरोन्युज, फ्रंस २४ न्युज, एफपीको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक