शुक्रबार, वैशाख १४, २०८१

युक्रेनका राष्ट्रपति रुस विरुद्ध लड्न सेनामा सामेल भन्दै गलत तस्बिर भाइरल

नेपालप्लस संवाददाता२०७८ फागुन १४ गते ०:५९

युक्रेनका राष्ट्रपती भोलोडिमिर रुसबिरुद्द लड्न आफ्ना युक्रेनी सेनासित युद्द मैदानमा खटिएको भन्दै पुरानो तस्विरलाई गलत तरिकाले भाईरल बनाइएको छ ।

यो तस्विरका बारेमा अनेक हल्ला सुनेपछि नेपालप्लसले फ्याक्ट चेक गर्न खोज्यो । उनको यो तस्विर कतै गुगलमा फेला पर्छ कि भनेर खोजि गर्‍यो ।

१० डिसेम्बर २०२१ मा प्रकाशित रोयटर्सको समाचारमा यो फोटो फेला पर्‍यो ।

सामाजिक सन्जालमा राखिएको उनको तस्बिरको क्याप्शनमा यस्तो लेखिएको छ “यो युक्रेनका राष्ट्रपति जेलेन्स्की हुन् । उनले आफ्नो लुगा फुकालेर युक्रेनी मातृभूमिको रक्षाकालागि लड्न, सेनामा सामेल हुन सैन्य वर्दी लगाए । उनी एक सच्चा नेता हुन ।”

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको पुरानो तस्बिर सामाजिक सञ्जाल प्लेटफर्ममा कतिपयले हावाकै भरमा भाइरल बनाईरहेका छन् । उनले सैन्य पोशाक लगाएका छन् र देशमा जारी आक्रमणमा युक्रेनको रक्षा सेनामा सामेल भएको भन्दै तस्विर राखिएको छ ।

त्यो बेलानै पोस्ट गरिएको तस्बिरको क्याप्शनमा यस्तो लेखिएको छ “युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका सेवा सदस्यहरू (सैनिक) सँग लडाईको अवस्थामा भेटेका छन् । उनले डोनेट्स्क क्षेत्रमा युक्रेनको सशस्त्र सेना दिवसमा रुसी-समर्थित विद्रोहीहरूबाट अलग भएको क्षेत्रमा ६ डिसेम्बर २०२१ मा भेटेका हुन् । यो फोटोको स्रोत युक्रेनी राष्ट्रपतिको प्रेस सेवा ह्यान्डआउट मार्फत रोयटर्सले बाहिर ल्याएको हो ।

यहि तस्विर अन्तर्राष्ट्रिय फोटो एजेन्सी गेटी इमेजको वेबसाइटमा पनि फेला पर्छ । फोटो हेर्नुस् मुन्तिर । फोटो क्याप्शन यस्तो छ “युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की ०६ डिसेम्बर २०२१ मा युक्रेनको डोनबासमा युक्रेनी सेनाको फ्रन्ट-लाइन पोष्टहरूको भ्रमण गर्दै।”

गेटी ईमेजको वेबसाइटमा डोनबास भ्रमणको क्रममा उही मितिका जेलेन्स्कीका धेरै फोटोहरू फेला पर्छन् । ती तस्बिरहरूमा जेलेन्स्कीले कुनै पनि सैन्य पोशाक लगाएको होइन कि बुलेट प्रुफ भेस्ट लगाएको देख्न सकिन्छ । युक्रेनी राष्ट्रपतिले जुन २०२१ मा यस्तै पोशाकमा सो क्षेत्रको भ्रमण गरेका थिए ।

जेलेन्स्कीको भ्रमणका विवरणहरूको खोजी गर्दै जाँदा ०६ डिसेम्बर २०२१ मा प्रकाशित युक्रेनी समाचार एजेन्सी इन्टरफ्याक्सको रिपोर्ट पनि भेटिन्छ । रिपोर्टका अनुसार “युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार डिसेम्बर ६ मा युक्रेनको फ्रन्ट-लाइन पोजिसनहरूको भ्रमण गरे । डोनबासमा सेना, राष्ट्रपतिको प्रेस सेवा रिपोर्टले उल्लेख गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ “डोनेट्स्क क्षेत्रको आफ्नो कार्य यात्राको क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त सेना परिचालनको क्षेत्रमा युक्रेनी सेनाको अग्रपंक्तिको स्थितिको भ्रमण गरे र आफ्ना सेनालाई युक्रेनी सशस्त्र सेना दिवसको शुभकामना दिए ।”

रुसी आक्रमणको प्रतिक्रियामा जेलेन्स्कीले नागरिकहरूलाई लड्न आह्वान गरेका छन् । सरकार रूसी आक्रमणबाट आफ्नो देशको रक्षा गर्न तयार रहेको र नागरिकलाई हतियार दिन तयार रहेको बताएका छन् । उनले रुसीहरूलाई युक्रेनमा सैन्य बल पठाउने पुटिनको निर्णयको विरुद्ध आवाज उठाउन पनि आग्रह गरे ।

तपाइँको प्रतिक्रिया