शुक्रबार, वैशाख १४, २०८१

खाजा खर्च काटेर विद्यार्थीहरुद्वारा असहायहरुलाई सहयोग

नेपालप्लस संवाददाता / इटहरी२०७८ फागुन १४ गते १५:००

जनक स्मृति माविको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको पहलमा माया घर इटहरीलाई सहयोग हस्तान्तरण गरिएको छ । शनिवार विद्यार्थीहरु माया घर पुगेर त्यहाँका असहाय तथा अनाथ वालवालिका, परित्यक्त ज्येष्ठ नागरिक एवं मानसिक रोगीहरुका लागि सहयोग वितरण गरिएको कक्षा १० कि छात्रा निष्ठा निरौलाले बताइन् ।

विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटौतीगरी बचाएको रकमबाट यो सहयोग जुटाएको अर्की छात्रा अपेक्षा अधिकारीले बताइन् ।

सहयोग स्वरुप विद्यार्थीहरुले २५ केजि चामल, ५० केजि आलु, २० केजि कोभि, १२ केजि आँटा, ५ लिटर तोरीको तेल, एक कार्टुन फ्रुटी, ५ केजि स्याउ, २ केजि अंगुर, ५ केजि मसुरी दाल, दुई क्रेट अण्डा र चकलेटहरु हस्तान्तरण गरेका थिए । सोही अवसरमा विद्यार्थी सुदर्शन भट्टराईको जन्मदिन केक काटेर मनाइएको थियो ।

“विद्यार्थी भाइ बहिनीहरुमा यस्तो सहयोगको भावना सदैव रहिरहोस्” संस्थाकि सचिव सुभद्रा प्याकुरेलले बताईन् ।

त्यस्तै माया घर संचालन समितिका उपाध्यक्ष जनक कार्कीले विद्यार्थी भाइहरुले गरेको यो सहयोग धेरै ठूलो भएको र भगवानले सदैव आशिर्वाद दिइरहने उल्लेख गरे ।

विद्यार्थीहरुले आफ्नो पहलमा गरेको यस्तो सहयोगको सह्राहना गर्नुपर्ने र उनीहरुमा सदैव खान पुगोस् र दिन पुगोस् भन्ने भावनाको विकास भैरहोस भन्ने कामना शिक्षक सरोज बरालको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक