बिहीबार, वैशाख १३, २०८१

एनआरएनए उच्च स्तरिय समितिका संयोजक घलेद्वारा ९५६ प्रतिनिधि हटाउन निर्वाचन समितिमा दाबी बिरोध (सूची सहित)

नेपालप्लस संवाददाता२०७८ फागुन १५ गते १४:३२

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन गठित सात सदस्यिय उच्चस्तरिय समितिका संयोजक शेष घलेले  ९५६ महाधिवेशन प्रतिनिधि संख्या काट्नुपर्ने भन्दै निर्वाचन समितिमा दाबी बिरोध गरेका छन् ।

उक्त रिपोर्ट सहितको दाबी बिरोध उनले एनआरएनएको निर्वाचन समिति, अध्यक्ष कुमार पन्त, एनआरएनएको अन्तर्राष्ट्रिय सचिवालय, एनआरएनए राष्ट्रिय समन्वय समितिको सन् २०१९-२०२१ कार्यकालको समिति, सन् २०२१-२०२३ (नयाँ कार्य समिति एनसिसी) र परराष्ट्र मन्त्रालयसमेतलाई पठाएका हुन् ।

रिपोर्टमा ९५६ जना महाधिवेशन प्रतिनिधिको नाम काटिएको छ ।

घलेले पठाएको सूचीसहितको दाबि बिरोध पत्रमा एनआरएनए सचिवालयले २० फर्वरी २०२२ मा उच्चस्तरिय समितिलाई महाधिवेशन योग्य महाधिवेशन प्रतिनिधिको संख्या २४६३ भएको भन्ने सूचीसहित जानकारी गराइएको उल्लेख गरेका छन् । उनले पत्रमा ‘तर हाल आइसिसीले गठन गरेको भनिएको पाँच सदस्यिय समितिले योग्य महाधिवेशन प्रतिनिधिहरुको संख्या करिब ३६०० रहेको भन्ने जानकारि गराइएको हुँदा यसरि सचिवालयले जानकारि गराइएको संख्या भन्दा बढी हुने गरि पाँच सदस्यले दिएको संख्याको फरक संख्याको वैधानिकता प्रस्तुत गर्न नसकेको’ पनि घलेले उल्लेख गरेका छन् ।

घलेले आज माथि उल्लेखित निकायहरुलाई प्रतिनिधि सूचीसहित पठाएको पत्रमा निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको सूचीमाथि दाबीबिरोध गर्ने समय आइतवार २७ फर्वरीको अपरान्ह ५ बजेसम्म समय तोकिएकाले सोहि अनुसार दाबि बिरोध गरिएको उल्लेख गरेका छन् ।

घलेले निर्वाचन समितिलाई पठाएको दाबि बिरोध पत्र

उनले पठाएको पत्रमा उल्लेख छ “उक्त पाँच सदस्य मध्येबाट आइसिसीको पदाधिकारीको दाबेदार उमेदवार समेत हुने भन्ने जानकारि प्राप्त भएकोले उक्त पाँच सदस्यिय समितिको स्वार्थको द्वन्द भएको हुँदा उक्त महाधिवेशन प्रतिनिधि मतदाता नामावली विवादस्पद भएको प्रसङ्गमा दाबि बिरोध गर्ने सूचना अनुसार दाबी बिरोध जनाउनुपर्ने अवस्था स्रिजना भएको जानकारि गराइन्छ ।”

यस अघि उपाध्यक्ष सोनाम लामाले पठाएकै प्रतिनिधि सूचीलाई थोरै हेरफेर गरि सदर गरेर पठाएका छन् जुन सूचीका बारेमा यस अघिनै चर्को बिरोध र तिब्र आक्रोश पैदा भएको थियो ।  तर घलेले लामाको सूचीलाई हाल दाबी बिरोधका रुपमा पठाएका हुन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको ८१ औं बैठकले चार वटा सहमतिका बुँदा (टिओआर) सहित् उच्च स्तरिय समितिलाई काम गर्ने कार्यभार तोकेको थियो ।

उच्च स्तरिय समितिले बुझाउने सुझाव र रिपोर्ट अध्यक्ष कुमार पन्तलाई बुझाउने र अध्यक्षले आइसिसी, निर्वाचन समितिलाई बुझाउनुपर्ने भनिएको थियो ।

तर आज शेष घलेले आफ्नो दाबी बिरोध र प्रतिनिधिको सूचीसहितको रिपोर्ट निर्वाचन, समिति, आइसिसी, एनसिसी लगायतका निकायलाई सिधै पठाएका छन् ।

स्रोतका अनुसार शेष घलेले ८१ औं अन्तर्राष्ट्रिय समितिले निर्देशन (सहमतिका चार बुँदा) भन्दा बाहिर गएर निर्वाचन समिति लगायतका निकायलाई पठाएको हुँदा उनको रिपोर्ट निर्वाचन समितिले कार्यान्वयन नगर्ने स्रोतले बतायो ।

नेपालप्लस स्रोतका अनुसार शेष घलेले बनाएको रिपोर्ट उच्च स्तरिय सात सदस्यिय समितिमा छलफल भएको छैन । किनभने यो उच्चस्तरिय समितिको साझा रिपोर्ट होइन र घलेको निर्वाचन समितिमा दाबी बिरोध मात्रै हो ।

“निर्वाचन समितिले सूचना प्रकाशित गरे अनुसारको दाबी बिरोध जसलेपनि गर्न पाउँछ । घलेले गरेको दाबी बिरोधपनि स्वभाबिक छ । निर्वाचन समितिले आफ्नो नियमानुसार काम गर्छ” स्रोतले भन्यो ।

घलेले दाबी बिरोध गरे अनुसारको सूची हेर्नुस्

अफ्रिका

1 Botswana 0
2 Congo 0
3 Equatorial Guinea 0
4 Ghana 3
5 Kenya 2
8 Madagascar 0
10 Mozambique 0
11 Nigeria 1
12 Seychelles 2
13 South Africa 0
15 Tanzania 1
16 Uganda 2
17 Zambia 3
18 Rwanda 0
Total 14

अमेरिका

1 Canada 147
2 Chile 0
3 USA 189
4 Mexico 0
5 Costa Rica 0

Total 336

एशिया प्याशिफिक

1 Cambodia 0
2 China 18
3 Hong Kong 11
4 Japan 169
5 Korea South 102
6 Macau 32
7 Malaysia 152
8 Myanmar 0
9 Philippines 0
10 Singapore 0
11 Taiwan 0
12 Thailand 2
Total 486

युरोप
1 Austria 32
2 Belgium 121
3 Cyprus 36
4 Czech Republic 45
5 Denmark 45
6 Finland 11
7 France 49
8 Germany 98
9 Ireland 54
10 Israel 0
11 Italy 25
12 Luxembourg 1
13 Malta 50
14 Netherlands 51
15 Norway 46
16 Poland 46
17 Portugal 44
18 Russia 46
19 Turkey 0
20 Spain 125
21 Sweden 23
22 Switzerland 10
23 U.K. 175
Total 1133

मध्यपूर्व

1 Bahrain 111
2 Kuwait 11
3 Oman 11
4 Qatar 161
5 Saudi Arabia 133
6 UAE 0
Total 427

ओसेआनिया

1 Australia 182
2 New Zealand 50
3 Papua New Guinea 15

Total 247

ग्राफमा हेर्नुस्

तपाइँको प्रतिक्रिया