शुक्रबार, वैशाख १४, २०८१

रेस्टुरेन्ट बन्द गरेर द्वन्दग्रस्त नेपालीलाई उद्दार केन्द्र

नेपालप्लस संवाददाता२०७८ फागुन १६ गते १८:०५

स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा रहेको यहि ‘नेपाल रेस्टुरेन्ट’लाई उद्दार केन्द्र बनाइएको छ

रुस-युक्रेनबिच युद्द भड्किएपछि आपतबिपतमा परेका नेपालीहरुलाई सहयोग गर्न स्लोभाकियाका एक नेपालीले आफ्नो रेस्टुरेन्टलाई ‘उद्दार केन्द्र’ बनाएका छन् । उनले स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा रहेको ‘नेपाल रेस्टुरेन्ट’लाई १५ दिने सूचनानै टाँसेर ग्राहकहरु बन्द गर्दै नेपालीका लागि उद्दार केन्द्र बनाएका हुन् ।

स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा रहेको नेपाली रेस्टुरेन्ट ‘नेपाल रेस्टुरेन्ट’ लाई हाल पोल्याण्ड पुगेर जाममा परी फेरि फर्किएका र युक्रेनबाट सुरक्षित रहन अन्य देश जान खोजेका नेपालीलाई बस्ने खाने, आराम गर्ने, सूचना लिने, भागदौड गर्दा दुख पाएका तनाव कम गर्ने र आरामले बस्ने ठाउँका रुपमा उद्दार केन्द्र बनाउने त्यस्ता मनकारी नेपाली जय प्रसाद शिवाकोटी हुन् ।

युद्द भड्किएपछि धेरै नेपाली पहिले युक्रेनबाट नजिक पर्ने देश पोल्याण्ड तर्फ लागेका थिए । तर पोल्याण्ड तर्फ जानेको संख्या ब्यापक भएपछि युक्रेन र पोल्याण्डको सिमामा जाम भएको थियो । रातभरपनि जाममा परेपछि नेपालीहरु पुन फर्किएर हंगेरी, रोमानिया र स्लोभाकियतर्फ लाग्न थाले । त्यसपछि तिनलाई सहयोग गर्न उद्दार केन्द्रका रुपमा प्रयोग गरेको जय शिवाकोटीले सोमवार दिउँसो नेपालप्लसलाई बताए ।

उनका अनुसार हालसम्म स्लोभाकियामा एक मात्रै नेपाली रेस्टुरेन्ट भएकाले गुगल वा अन्य सर्च इन्जिनमा ‘नेपाल’ टाईप गर्नासाथ ‘नेपाल रेस्टुरेन्ट’ देखाउने हुनाले यो रेस्टुरेन्ट पुग्न सहज छ ।

“सुरक्षित स्थलतर्फ जान सजिलो, खोज्न सजिलो होस् भनेर रेस्टुरेन्टलाई उद्दार केन्द्र बनाउने निर्णय गरेको हुँ” शिवाकोटीले नेपालप्लससित भने ।

नेपाल रेस्टुरेन्ट पुग्ने नक्शा

स्लोभाकियाको राजधानी एक कुना र युक्रेनसितको सिमा अर्को पट्टीको छेउमा हुनाले राजधानी आउन अलि लामो समय लाग्छ । नेपालीहरुलाई सहयोग गर्न शिवाकोटी यतिखेर चौबिसै घण्टा खटिरहेका छन् । सिमा क्षेत्रबाट राजधानी आउने नेपालीहरुलाई रातीपनि सहयोग र उद्दार गरिरहेका छन् ।

युक्रेनको सिमा क्षेत्रबाट बाहिरिनेहरुको ताँती भएकाले सहयोग गर्न गाह्रो परेपछि शिवाकोटी लगायतका उनको टोलीले नेपाली दुतावासले उपलब्ध गराएको पत्र र ब्रातिस्लाभा आउनकालागि सिमाबाट कटेपछि गर्नुपर्ने सम्पर्कबारे कागजपत्रहरु उपलब्ध गराउने गरेका छन् । त्यसैको सहयोगमा अहिले नेपालीहरु ब्रातिस्लाभा आईरहेका छन् ।

यसरि उनीहरुले पहिलो खेपमा दुई जना नेपालीहरुलाई हंगेरी पठाए । त्यसपछि फेरि अर्को समुह आइपुग्यो आठ जनाको । तिनलाई पहिलो रात यहि रेस्टुरेन्टमा राखियो । खानपिन गराएर दुखसुख साटियो । तिनलाई शिवाकोटीले त्यहाँका सामाजिक संघसंस्थासित मिलेर अर्को ठाउँमा सुत्ने ब्यवस्था मिलाए । हाल युक्रेनको सिमा कटेर फेरि करिब १० नेपाली यहि ‘नेपाल रेस्टुरेन्ट’ तर्फ आउँदै छन् । ति नेपालीलेपनि यहि रेस्टुरेन्टलाई उद्दार केन्द्रका रुपमा प्रयोग गर्ने छन् ।

संवन्धितयुक्रेन-पोल्याण्डको सिमामा जाम, नेपालीहरु अन्य देशतिर फर्किँदै

जय शिवाकोटीका अनुसार युक्रेन आएका नेपालीहरुले धेरि पैसा खर्च गरेर काम र विद्यार्थी भिसामा आएका छन् । ति नेपाली तत्कालै नेपाल फर्किनुपरेमा यहाँको भन्दापनि अवस्था जटिल हुनसक्छ भनेर उनीहरु सचेत बनेका छन् ।

“मेरो उद्देश्य यो हो कि युद्दग्रस्त क्षेत्रबाट फर्किएकाले सामान्य तरिकाले सास फेर्न पाउन । मज्जाले आराम गरुन् । एक दिन मात्रै यहाँ बसेपछि दोस्रो दिनबाट नेपालीहरु हाँस्न थाल्छन् । हामीसित रमाउन, जिस्किन थाल्छन् । सुरक्षित बन्न भागदौड गर्दाको तनाव भुलेर सामान्य अवस्थामा फर्किएपछि उनीहरु अब के गर्ने भनेर निर्णय गर्नसक्ने अवस्थामा पुग्छन्” शिवाकोटीले सुनाए “हो त्यहि अनुसारको सूचना, जानकारी र सहयोग पुगोस भनेर मैले ‘रेस्ट पोईन्ट’ बनाउन खोजेको हो ।”

उनको रेस्टुरेन्टमा हाल नेपालीहरुलाई सहयोग गर्ने नेपाली स्वयंसेवकहरु छन् । तिनले नेपाली खाना, नास्ता, चिया बनाएर खुवाउने, गफगाफ गर्ने, नेपाली गित सुन्ने गरेका छन् । तिनलाई सकेसम्म नेपालकै जस्तो वातावरण दिन खोजिएको छ । अर्को ब्यवस्था नभएसम्मका लागि अर्थात् कम्तिमा पहिलो रात् आउने नेपालीहरुलाई रेस्टुरेन्टमै सुत्ने ब्यवस्था मिलाईएको छ ।

पोल्याण्ड वा अन्य देश जान गाह्रो छ भने किन स्लोभाकियानै बोलाएर सहयोग नगर्ने त भन्ने उद्देश्यले शिवाकोटीले आफ्नो क्षेत्रलाई उद्दार केन्द्र बनाएर सहयोग अगाडि बढाएका हुन् । नेपालप्लससित कुरा गर्दा उनले बताउँदै थिए ‘अहिले १० जनाको समुह यताइ आइरहेको छ, बाटोमा छ । अर्को ११-१२ जना पोल्याण्डको सिमामा छन् । तिपनि यतै आउनेतर्खरमा छन् । दुई जनालाई बुढापेस्ट पठायौं र १५ जना पोर्चुगल जानुभयो ।”

नेपालीहरुलाई केहि समयका लागि सहयोग गर्ने र केहि समयमा जता जान चाहन्छन् त्यतै जानको लागि सहयोग गर्ने गरेको शिवाकोटीको भनाई छ । नेपाल फर्किन चाहेमा बिभिन्न संघ संस्थासित मिलेर नेपाल जान सहयोग गर्ने र नेपाल नगएर अन्य कुनै देश जान चाहेमा संवन्धित मुलुकमा पुगिसकेका नेपालीहरुसित नवआगन्तुकहरुलाई संपर्क गराइदिएर साझा सन्जालमा जोडिदिने कामपनि शिवाकोटीले गरिरहेका छन् ।

“पुगिसकेकासित यहाँ आएकालाई सम्पर्क गराइदिने । बोर्डर पार गरेकालाई यहाई आइपुगेकासित सम्पर्क गराइदिने काम गरेको छु । यसो गर्दा भोग्नेलेनै दिएको अनुभव र सूचनाले भरपर्दो, राम्रो हुने रहेछ” उनले सुनाए “उद्दार केन्द्रमा मिठो मात्रै बोलिदिएपनि द्वन्दग्रस्तबाट फर्किएकाहरुको साहस बढ्ने रहेछ ।

“अहिले हाम्रो प्राथमिकता भनेको उता फसेकालाई निकाल्ने, दोस्रोमा यहाँ आएकालाई ब्यवस्थापन गर्ने, तेस्रोमा सूचना प्रवाह गर्ने र सान्त्वना दिने छ” नेपालप्लससित उनको थप भनाई थियो ।

तलको नंवर वा ईमेलमा संपर्क गरि सहयोग माग्न सकिने छ ।

– जय प्रसाद शिवाकोटी (स्लोभाकिया) – ००४२१९४०७८५९४४

-डा बोध राज सुवेदी (पोल्याण्ड)-००४८६०६८५२८३७

-जिवन कुमार क्षेत्री (पोल्याण्ड)-००४८७२९२१२६७३

-सुरेन्द्र श्रेष्ठ (हंगेरी)- ००३६७०५३०८७९३

-नेपाली दुतावास (बर्लिन, जर्मनी) Tel. +49 (030) 34 35 99 -20  अथवा +49 (030) 34 35 99 -21 अथवा +49 (030) 34 35 99 -22

 Email: [email protected] अथवा  [email protected]

संवन्धित

“युक्रेनबाट नेपाली लुकिछिपी सुरक्षित स्थलतर्फ लागिरहेका छन्”

युक्रेनका १९३ नेपाली दुतावासको सम्पर्कमा, सिमा पार गरेर सुरक्षित स्थल जान दुतावासद्वारा विशेष पत्रको ब्यवस्था

‘पर्ख र हेर’ को स्थितिमा युक्रेनका नेपाली

“युक्रेनमा रुसको हमला पछि नेपालीहरु सुरक्षित स्थलतर्फ लाग्दैछौं”

तपाइँको प्रतिक्रिया