शुक्रबार, चैत १६, २०८०

एनआरएनए फुटाउन नदिने कांग्रेस महामन्त्री थापाको दौडधुप

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन १८ गते ११:१६

गैर आवाशीय नेपाली संघ (एनआरएनए ) फुटाउन लागेको निस्चित देखिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनआरएनए फुटाउन नदिन दौडधुप शुरु गरेका छन् ।

एनआरएनएको विवाद उत्कर्षमा पुगेर एनआरएनएनै फुटाउन लागेको थाह पाएपछि उनले पार्टीको तर्फबाट कुनैपनि हालतमा एनआरएनए फुटाउन नदिने भन्दै दौडधुप शुरु गरेका हुन् ।

थापाले आज बुधवार विहान एनआरएनएका केहि नेताहरुलाई फोनमा सम्पर्क गरेर एनआरएनएको पछिल्लो वस्तुस्थितिका बारेमा जानकारि लिएका थिए । यस बारेमा बुझ्न थापाले बुधवार बिहानै एनआरएनए अध्यक्ष कुमार पन्तलाईपनि फोनमा सम्पर्क गरि पछिल्लो वस्तुस्थितिको जानकारि मागेका थिए ।

त्यसपछि थापाले एनआरएनए कुनैपनि हालतमा फुट्न दिन नहुने र नेपाली कांग्रेसले त्यस्तो जोखिम र त्यो बदनामको भारि नबोक्ने भन्दै अध्यक्ष कुमार पन्तलाई आस्वश्त पारेको थापाको सचिवालयका एक अधिकारीले नेपालप्लसलाई बताए ।

यसबारेमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष कुमार पन्तको फोन उठेन ।

थापाको सचिवालयका एक सदस्यले भने ‘थापा सरले विहानैदेखि एनआरएनएका नेताहरुर्लाई फोन गरेर सोध्नुभएको थियो । संस्था फुटाउन लागेका छन् भन्ने थाह पाएपछि उहाँले कुनैपनि हालतमा कांग्रेसले एनआरएनए फुट्न दिने छैनौं । कांग्रेसले त्यो जोखिम र कालो दाग बोक्न तयार छैन भन्नुभएको हो ।”

थापाको सचिवालय स्रोतका अनुसार आजै बुधवार गगन थापाले प्रधानमन्त्री शेर बहादुर थापासितपनि एनआरएनएकै बारेमा छलफल गर्न भेटघाट गर्ने भएका छन् ।

भेटमा नेपाली कांग्रेसलाई आफ्नो विधिविधान र प्रक्रिया अनुसार चल्न दिनुपर्ने, कुनैपनि हालतमा कुनै एक पक्षमा कांग्रेस लाग्न नहुने, एनआरएनए फुटाउने काममा कांग्रेस र कांग्रेस नेता लाग्न नहुने भन्दै भेटघाट गर्न लागेका हुन् ।

गगन थापाले एनआरएनए अभियन्ताहरुसितको फोन वार्तामा भनेका थिए “तपाईहरु ढुक्क हुनुस् । विधिविधान अनुसार महाधिवेशनन्, निर्वाचन के के गर्ने हो गर्नुस् । नेपाली कांग्रेस सिंगो पार्टी यो संस्था फुट्नुहुन्न र फुट्न दिन्न भन्नेमा म आस्वस्त गराउँछु । म कुनैपनि हालतमा नेपाली कांग्रेसको तर्फबाट एनआरएनए फुटाउन सहयोगि बन्न दिन्न” गगन थापाको भनाई उल्लेख गर्दै एनआरएनए स्रोतले नेपालप्लसलाई भन्यो ।

कांग्रेस नेता पूर्ण बहदुर खड्का, परराष्ट्रर मन्त्री डा. नारायण खड्कानै एनआरएनए फुटाउन सहयोगि बन्नुभएको छ तपाईले भनेर के गर्ने ?’ भन्ने प्रश्न थापालाई गरेका थिए ।

त्यसको जवाफमा थापाले भने “यो कांग्रेस एक दुई ब्यक्तिको मात्रै पार्टी होइन । एनआरएनए पनि एक दुई जनाको संस्था होइन । कसले के भनेको छ त्यतातिर म जान्न । कांग्रेसले कुनैपनि हालतमा फुट्न दिन्न, नेपाली कांग्रेस एनआरएनए एक हुनुपर्छ भन्ने अडानमा छ । यति दुख गरेर बनेको यति ठूलो संस्था फुट्न दिनै हुन्न । म आजै प्रधानमन्त्रीलाई भेटेर यसमा आस्वस्त पार्छु ।”

तपाइँको प्रतिक्रिया

फेसबुक