शनिबार, वैशाख ८, २०८१

एनआरएनए उच्च समितिलाई अपरान्ह पाँच बजेको अन्तिम म्याद, सहमति नभए संरक्षक समितिसमेत आजै बिघटन गरिने

नेपालप्लस संवाददाता२०७८ फागुन १८ गते ११:५१

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न बनेको उच्च स्तरिय समितिलाई बुधवार नेपालको समय अनुसार पाँच बजेसम्मको अन्तिम अल्टिमेटम दिँदै अध्यक्ष कुमार पन्तले सर्वसम्मत निर्णय दिन नसके आज बुधवारको आइसिसी बैठकले संरक्षक समिति र उच्चस्तरिय समितिसमेत बिघटन गरिदिने निर्णय सुनाएका छन् ।

बुधवार बसेको उच्चस्तरिय समितिको बैठकमा संयोजक शेष घलेले आफू खुशि एकतर्फि रुपमा निर्णय लाद्न खोजेको भन्दै त्यसमा आपत्ती जनाएर राजिनामा दिएका थिए ।

बैठकमा उच्चस्तरिय समितिका संयोजक शेष घले, देवमान हिराचन, जीवा लामिछाने, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र अध्यक्ष कुमार पन्त थिए । समितिका भवन भट्ट र रामप्रताप थापा भने अनुपस्थित थिए ।

पाँच जना उपस्थित बैठकमा संयोजक घलेले आफूखुशि निर्णयहरु गर्ने गरेको, उच्चस्तरिय समितिका सबै सदस्यबिच प्रस्ताबसम्म नगरि एक्लो निर्णय गरेको, बैठकमै आफ्नो मानमर्दन गर्ने हिसाबले बोलेको भन्दै राजिनामा दिने निर्णय सुनाएका थिए ।

“तपाईले बैठकमै तथाकथित अध्यक्ष (सो कल्ड प्रेसिडेन्ट) भनेर मेरो मान मर्दन गर्नुभयो । हेपेर, पेलेर जानुभयो । सदस्यका अरुको कुरो नसुन्ने आफ्नो कुरो मात्रै जतिखेरपनि लाद्ने गर्नु भयो । तैपनि मैले सहेर बसें । अझैपनि एक्लो निर्णय गर्नुहुन्छ भने म यस्तो समितिमा बस्नुको औचित्य छैन, म बाहिरिन्छु” भन्दै अनलाईन बैठकबाट बाहिरिएका थिए ।

महतोले आफ्नो मानमर्दन गरेको भन्दै सुनाएपछि उच्चस्तरिय समितिका संयोजक शेष घलेले त्यसमा आफ्नो कमजोरी रहेको स्विकार्दै भने “त्यस्तो अपमान गर्ने मेरो चाहना थिएन । म अष्ट्रेलियामा थिएँ । त्यो बेला म अलि तनावमा थिएँ र त्यहि बेला होस नपुर्‍याई बोल्दा फुत्कियो ।”

संस्थापक अध्यक्ष महतो बाहिरिन्छु भन्नासाथ शेष घलेले बैठकमा बस्न आग्रह गरेपनि महतो फर्किएनन् ।

त्यस लगत्तै बैठकमा रहेका अन्य चार जनाका बिचमा वार्तालाप भएको थियो ।

उच्चस्तरिय समितिका एक सदस्यका अनुसार वार्तामा अध्यक्ष कुमार पन्तले आज (बुधवार) को आ इसिसी बैठक आफैंले डाकेको खुलस्त पारेका थिए ।

“आजको आ ई सिसी बैठक मैलेनै डाकेको हो शेष दाई, यसमा भ्रममा नपर्नुस् । आज पाँच बजेसम्म उच्चस्तरिय समितिको सर्वसम्मातिमा यो समितिले निर्णय गरेर दिए ठिक छ । नत्र त्यो बैठकमा यो संरक्षक समिति र उच्चस्तरिय समिति दुबैले काम गर्न नसकेकाले यस्को औचित्य छैन भनेर मैलेनै प्रस्ताब गर्छु” अध्यक्ष कुमार पन्तको भनाई उल्लेख गर्दै स्रोतले भन्यो ।

अध्यक्ष पन्तले शेष घलेलाई थप भने “पाँच बजेसम्म नसके एक दुई घण्टा अझै बढाउनुस्, म आइसिसीका सदस्यलाई तम्तयारि अवस्थामा राख्छु । तर आज समाधानको मस्यौदा दिन नसके आज अन्तिम हो र यि दुबै समिति बिघटन हुन्छन्, यसमा स्पष्ठ हुनुस्, म स्पष्ठ छु ।”

आज बुधवार आईसिसीको बैठक नेपालको समय अनुसार साँझ ७ बजे डाकिएको छ । बैठकमा उच्चस्तरिय समितिको निर्णय दिन नसके संस्थापन पक्षलाई बैठकका सहभागिले पेल्ने मनशाय बनाएका छन् । आजै बैठकका सहभागिले संरक्षक समिति र उच्चस्तरिय समिति बिघटन गर्ने प्रस्ताबमा सहमति जुटाउने प्रायस गरिरहेको आन्तरिक बैठकहरुबाट थाह भएको छ । अध्यक्ष कुमार पन्तलेनै यसमा स्पष्ठ पारिसकेकापनि छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक