बिहीबार, वैशाख १३, २०८१

अन्तर्राष्ट्रिय बैंकिङ पद्दतीबाट रुसलाई कटौती

नेपालप्लस संवाददाता, अर्थ डेस्क२०७८ फागुन १८ गते १५:४३

रुसले युक्रेनमा आक्रमण शुरु गरेपछी त्यसको असर युक्रेन र रुसमा मात्र नभएर विश्वब्यापी रुपमा परेको छ । युद्दले फेरी एकपटक विश्वलाई झस्काएको छ । युद्द जारी रहँदा लक्षित पक्ष भन्दा पनि गैर सैनिक हताहत भएका समाचार र भिडियोहरुमा देखाइएको छ । हुन त गत आइतवारदेखि रुसी र युक्रेनी अधिकारीहरुबिच वार्ता पनि शुरु भएका छन । तर वार्ताले सकारात्मक परिणाम भने न्युन देखिएको छ ।

युक्रेनको राजधानी किभ र सिमा क्षेत्रहरुमा रुसी आक्रमण जारी छ । यसले युद्द अझै लम्बिने संकेत दिएको छ । तथापी अन्तर्राष्ट्रिय समुदायबाट अलग्याउन पश्चिमा ठुला देश र युरोपियन युनियन लगायतले रुस माथि विभिन्न प्रतिवन्धहरुको घोषणा गरेका छन । यसैक्रममा उनिहरुले रुसलाई स्विफ्टबाट हटाएको घोषणा गरेका छन । यसले बैदेशिक निर्यातमा धानिएको रुसी अर्थतन्त्रलाई धराशायी बनाउने निश्चित छ । स्विफ्ट के हो र यसले अर्थतन्त्रलाई कसरी प्रभाव पार्दछ ?

स्विफ्ट खासगरी अन्तरराष्ट्रिय बैंकिङ भुक्तान प्रणाली हो । सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन भनिने यो प्रणाली एउटा सुरक्षित विश्वव्यापी सन्देश नेटवर्क हो जुन बैंकहरूले सीमापार भुक्तानी गर्न प्रयोग गर्दछन् । नेटवर्कले वित्तीय संस्थाहरूलाई एकअर्कालाई पैसा पठाउन अनुमति दिन्छ । विश्वव्यापी व्यापार सुचारु रूपमा चलिरहेको छ भनी सुनिश्चित गर्न मद्दत गर्दछ।

बैदेशिक आयत तथा निर्यातमा यो प्रणाली सुरक्षित मानिन्छ । कुनै पनि देशको अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय लेनदेन धेरै महत्त्वपूर्ण हुन्छ । वैदेशिक व्यापारले देशको अर्थतन्त्र बलियो बनाउँछ । स्विफ्ट मार्फत अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक लगानी र विदेशबाट आउने रेमिट्यान्स जस्ता कार्यहरू व्यवस्थित हुन्छन् । स्विफ्ट जस्ता भुक्तानी प्रणालीबाट कुनै देशलाई बाहिर राखियो भने त्यसले देशको अर्थतन्त्रमा कसरी असर पार्दछ भने सम्बन्धित देशको कुनै पनि बैदेशिक भुक्तानी रोकिन्छ, वित्तिय कारोवारहरु ठप्प हुन्छन र अन्तरराष्ट्रिय अर्थ बजारबाट त्यहाँका बैंक लगायत सम्पूर्ण वित्तिय संस्थाहरु अलग्गिन्छन ।

सरल भाषामा भन्दा स्विफ्ट बाट हट्नु भनेको सबै खाले बैदेशिक भुक्तानिहरु रोकिनु हो र अन्तरराष्ट्रिय बजारमा रुसी उत्पादन शुन्यमा झर्नु हो । अन्तरराष्ट्रिय बजार ब्यवस्थामा निर्भर रुसी अर्थतन्त्रका लागि पश्चिमआ देशहरुको यो निर्णय गम्भिर मात्र होइन दिर्घकालिन रुपमा असर पार्ने खालको हो । विश्वभरका २०० देश र क्षेत्रहरूमा ११ हजार भन्दा बढी वित्तीय संस्थाहरूले सुरक्षित भुक्तान अर्डरहरू पठाउनका लागि स्विफ्टको प्रयोग गर्दछन ।

सन् २०२० मा यस प्लेटफर्मबाट दैनिक एक खर्च भन्दा बढी डलर ट्रान्सफर गर्ने निर्देशनसहित करिब ४ करोड सन्देश पठाइएको थियो । यसले पनि के देखाउँछ भने स्विफ्ट नै विश्वको सबैभन्दा ठुलो र विश्वासनिय भ्क्तान प्रणाली हो । यस प्लेटफर्ममा पठाइएका सन्देशहरू सुरक्षित मानिने तथ्यका कारण यसले बैंकहरूलाई भुक्तानी निर्देशनहरू छिटो पालना गर्न मद्दत गर्नुका साथै वित्तीय संस्थाहरूले हरेक दिन ठूलो मात्रामा कारोबार गर्ने कुरालाई सुनिश्चित गर्दछ ।

यो सोसाइटिको स्थापना सन १९७३ मा बेल्जियममा भएको थियो । जसलाई संयुक्त राज्य अमेरिका, क्यानडा र जापानका केन्द्रीय बैंकहरुले संयुक्त रूपमा निगरानी गर्ने गर्दछन । रसियालाई यस नेटवर्कबाट काट्दा यसको अर्थतन्त्रमा ठूलो अवरोध ल्याउनेछ । किनभने यसले विश्वव्यापी वित्तीय बजारहरूमा यसको पहुँचलाई गम्भीर रूपमा प्रतिबन्धित गर्नेछ । प्रतिबन्धले रूसी फर्महरू र व्यक्तिहरूलाई आयातित सामानहरूको लागि भुक्तान गर्न वा तिनीहरूको निर्यातको लागि भुक्तानी गर्न गाह्रो बनाउनेछ, जुन रूसको महत्त्वपूर्ण तेल र ग्यास क्षेत्रको लागि ठूलो धक्का हो ।

यसले रूसीहरूको विदेशमा लगानी वा ऋण लिनसक्ने क्षमतालाई पनि प्रतिबन्धित गर्दछ । यसअघि, २०१२ मा इरानी बैंकहरू पनि यस नेटवर्कबाट अलग गरिएका थिए जसले गर्दा इरानी तेल निर्यातमा गिरावट आएको थियो । त्यसो त, यस्तो अवस्थामा रुसी वित्तीय संस्थाहरूले विकल्पको रूपमा फोन, मेसेजिङ एप वा इमेल जस्ता अन्य च्यानलहरू प्रयोग गर्न सक्दछन । तर यी विकल्पहरू स्विफ्ट जत्तिकै प्रभावकारी र सुरक्षित भने हुने छैनन् । यसले उच्च लागत र लेनदेनको मात्रा घट्ने छ ।

तपाइँको प्रतिक्रिया