शनिबार, वैशाख १५, २०८१

किन पुटिन पछि हटिरहेका छैनन् ?

उमाईर हाक२०७८ फागुन १९ गते २०:०४

तपाई सायद चिन्तित हुनुहुन्छ, के यो तेस्रो विश्वयुद्धमा परिणत हुने त होईन ? त्यो प्रश्न अर्को तरिकाले सोधौं । के पुटिनलाई युद्दमै समावेश गर्ने पश्चिमा रणनीतिले काम गरिरहेको छ ?

घटनाहरू प्रकाशको गतिमा अघि बढिरहेका छन् । आज पश्चिमले सामूहिक रूपमा रुसको अर्थतन्त्रमा न्यूट्रोन बम जस्तै शक्तिशाली बराबर खसाले झै गरिरहेका छन् । स्विफ्टप्रतिबन्धहरू मात्र होइन कि केन्द्रीय बैंकहरूको प्रतिबन्धहरूपनि लगाएका छन् ।

त्यसको बावजुद पुटिनको अडान अलिकति पनि परिवर्तन भएको छैन । केहि कमजोर भएपनि उनी पहिले भन्दा धेरै निर्दिष्ठ देखिन्छन् । उनले युक्रेनलाई वार्ताको टेबुलमा ल्याए । रुसले युक्रेनमा वार्ता गरिरहँदा उनले थर्मोबारिक बम खसाले जसलाई जेनेभा सन्धीहरूले निषेध गरेको छ ।

यो यस्तो एक संकेत हो, पुटिन पछि हटिरहेका छैनन् । उनी लामो यात्राका लागि यसमा उभिएका छन् । यो युद्द एक लामो, रक्तपातपूर्ण हुनसक्छ । पुटिनको महत्वाकांक्षा जुन युक्रेनको सिमानाभन्दा बाहिर छ, निरुत्साहित छैन । रुसी अर्थतन्त्रमा न्युट्रोन बम बराबर खसालेपनि त्यो निरुत्साहित हुन्न ।

पुटिनको महत्वाकांक्षा सोभियत साम्राज्यको पुनर्गठन गर्नु हो । तर यो भन्दा गहिरो र फरक अर्को पाटो छ। पुटिन फेरि दोस्रो विश्व चाहन्छन् – पहिलो स्वतन्त्र आफ्नो प्रभावको विश्व । सोभियत शक्तिशाली कालको विश्व । आफ्नै भित्रिया, निकट र संभ्रान्तवर्ग (ओलिगार्च) को सत्ता । धेरैले दोस्रो विश्वको बारेमा बिर्सेका थिए, सोभियतले के गरेको थियो भनेर ।

पुटिनको साम्राज्यवादी, संभ्रान्त वर्गीय महत्वाकांक्षाहरू रूसका लागि एक प्रकारको तेस्रो राज्य (इमपायर) निर्माण गर्ने हो । पहिलो त्सारवादी रूस । दोस्रो सोभियत संघ जस्तै । यो दोस्रो विश्व भनेको सोभियतकालको जस्तै निर्माण गर्ने हो जसले विश्वको स्रोतहरूमा प्रभुत्व जमाउने लक्ष्य राखेको छ । रुसमा कुलिन, संभ्रान्त वर्ग, आफ्नै निकट र अझ खासमा भित्रिया (ओलिगार्च) को सत्ता निर्माण गर्न खोजेको छ ।

युक्रेन युरोपको ख्द्यान्नको स्रोत (ब्रेड बास्केट) हो । पस्चिमाहरुको स्वार्थपनि छ यसमा । रूसले पहिले नै विश्वको तेल र ग्यासको महत्त्वपूर्ण मात्रालाई नियन्त्रण गरेको छ । र हामी वरपरका सबै चीजहरू, जुत्तादेखि कारसम्म रुसबाट बनेका छन् । जसले स्रोतहरू नियन्त्रण गर्छ उसले मर्न लागेको ग्रहलाई नियन्त्रण गर्दछ । यो पुटिनको खेल हो ।

युद्धहरू सामान्यतया धनी राष्ट्रहरूद्वारा हुन्छन् । कारण सरल छ: ऋणी राष्ट्रहरू गरिब, हताश र एक समय पछि क्रोधित, त्रसित र ऋणको भारले हिंसात्मक हुन्छन् ।

म फेरि भन्न चाहन्छु, उनी यहीँ रोकिँदैनन् । पुटिन आफ्नो वरिपरि अहिले देखिएको अर्थतन्त्रको प्रभावबाट पनि विचलित छैनन् । यो परियोजना उनको लागि कति ठूलो र भव्य छ भन्ने उनले आँकलन गरेका छन् ।

त्यसोभए उनको अडान के हो ? उनी अहिलेको निर्णयबाट फिर्ता हुने संभावनाहरू कम थिए । जेसुकै बन्न परोस् पुटीन यस्ता निर्दिष्ट, हठी नेता हुन् जसले कहिल्यै कमजोरी अरुलाई देखाउँदैनन् । वा सबै गुमाउँदापनि पछि फर्किने, कमजोरी देखाउने योजना उनको देखिन ।

के पश्चिमको योजनाले पुटिनले समावेश गर्ने-योजना रोक्न सक्छ ? नयाँ साम्राज्य निर्माण गर्ने उनको महत्वाकांक्षालाई रोक्न संसारको स्रोत-साधनहरू नियन्त्रण गर्ने काम गर्न सक्छ ? त्यसले अहिलेसम्म काम गरिरहेको छैन । आएका समाचारले उसको अर्थतन्त्रलाई तहसनहस गर्छ भनेपनि उनलाई निरुत्साहित गरेको छैन । तर पश्चिमीहरुको खेल त्यो भन्दा गहिरो छ जसरी पुटिनको खेल कुनै प्रकारको जारवादी मूर्खता भन्दा गहिरो छ । पिटीनको ध्येय स्रोत नियन्त्रण र प्रभुत्वको बारेमा छ ।

सकारात्मक के हो भने पश्चिमले केहि गर्यो जुन दशकौंसम्म गरेको थिएन । जुन धेरैले कल्पना गरेकै थिएन्न् । पस्चिमी देश अब सक्षम छैनन् । विभाजित, कमजोर छन् भन्ने सोचेका थिए । यो एकताबद्ध भएको छ बिजुली चम्किएको गतीमा अहिले । यो दशकका शुरुमा भन्दा पछिल्ला दिनहरूमा छिटो परिवर्तन भयो । ईयुले रक्षामा लगानी गर्ने योजना घोषणा गरेको छ । स्विट्जरल्याण्ड जस्ता देशहरूले तटस्थताको लामो समयदेखिको अडानलाई त्यागेका छन् । र उनीहरु ईयुसित मिलेका छन् । स्विडेनले पनि युक्रेनलाई सैन्य सहायता पठाएको थियो । पश्चिमी देशका लडाकु विमानहरू अहिले युक्रेनी आकाशमा गस्ती गरिरहेका छन् । तर त्यो सिधा होइन युक्रेनकै तर्फबाट ।

पश्चिमी एकताबद्द भए । अचम्मको गतिमा । उत्कृष्ट संकल्प र साहसको साथ । साझा शत्रुसँग लड्न भन्दै । ईयु केवल एक शान्तिवादी परियोजना मात्र होइन साझा सूत्रहरूमा एकत्रित भएको छ । यसले आफ्नो शान्ति र उद्देश्यलाई पुन: प्राप्त गरेको जस्तो देखिएको छ । यसको प्रत्येक छिद्रबाट निस्कने आत्मविश्वास र शक्तिको नयाँ भावना पैदा गरेको छ ।

हामीले सस्तो रुसी उर्जा वा कमजोर रुसी पैसामा हाम्रो पश्चिमी लत छोड्नु पर्ने मात्र होइन चिनियाँ सामानहरूमा पनि तल छोड्नुपर्छ । यदि हामी वास्तवमै रूसको युद्ध मेसिन तोड्न चाहन्छौं भने ।

पुटिनलाई नियन्त्रणमा राख्न पश्चिमाहरूले एक निश्चित रणनीतिको लागि एकता गरेका हुन् । त्यो रणनीति युक्रेनलाई सशस्त्र बनाउने मात्र होइन कि त्यो भन्दा धेरैनै परसम्म जाने हो ।

पश्चिमा रणनीति यस्तै छ । पुटिनको युद्ध मेसिनलाई अपांग बनाउने ताकि यो युद्ध जारी रहन नसकोस् । युक्रेनको सिमाना भन्दा बाहिर फैलिरहोस् । यो पुटिनलाई आर्थिक रूपमा कमजोर गर्ने हो ताकी उनीसँग यो युद्ध धेरै लामो समयसम्म गर्न सक्ने क्षमता नहोस् । यो युद्ध महँगो छ । अविश्वसनीय रूपमा महँगो । यो समाजले गर्न सक्ने सबैभन्दा महँगो कुरानै युद्द हो । धेरै लामो दूरीबाटै गर्न सकिने काम । युक्रेनमा पुटिनको युद्धमा प्रति दिन अनुमानित २० अरब डलर खर्च हुन्छ । रुस जस्तो ठूलो राष्ट्रका लागि पनि यो ठूलो खर्च हो ।

त्यसैले पश्चिमको योजना रुसको अर्थतन्त्रलाई अपाङ्ग पार्ने हो । यो युद्ध लड्ने पुटिनको क्षमतालाई सीमित गर्ने हो । आशा गरेका छन्, यो आणविक युद्दमा परिणत हुनु अघिनै त्यो पुरा गर्न सकिन्छ । यो एक स्मार्ट र चतुर योजना ।

तपाईंले स्विफ्ट प्रतिबन्धहरूको बारेमा सुन्नुभएको छ । तर पश्चिमको योजनामा न्यूट्रोन बम त्यो होइन । यो ओलिगार्च (अल्पमतिय सरकार, हटवादी एकतन्त्रमा देश हाँक्ने नेत्रित्वकर्ता) विरुद्ध प्रतिबन्धहरू र तिनीहरूको माध्यमहरू कब्जा गर्ने हो । यो राम्रो हो । आवश्यक छ । तर ठूलो युद्ध रोक्न गाह्रो छ यसैका आधारमा ।

यो तरिका पहिले कहिल्यै प्रयोग गरिएको थिएन । यहि युद्दकोलागि हुनसक्छ, छ खरब डलर भन्दा बढी भण्डार निर्माण गर्यो रुसले । तीनै हुन् यस युद्धको मेरुदण्ड। रिजर्भहरू केन्द्रीय बैंकहरूले राख्ने जगेडा हुन् । यो ६ अर्ब रिजर्भेसन वा जगेडा हो जसले पुटिनको युद्धलाई आर्थिक सहयोग पुर्‍याउँछ ।

केन्द्रीय बैंकहरूले विभिन्न मुद्राहरूमा आफ्नो रिजर्भ राख्छन् । आफ्नै होइन तर रिजर्भ मुद्राहरूमा । रूसको भण्डार डलर, यूरो, येन र सुनमा राखिएको छ । तिनीहरू म ठूलो मात्रामा हुन्छन् । पश्चिममा ४० प्रतिशत वा सोभन्दा बढी राखिएका छन् । ती भण्डारहरू स्वीकृत गर्नु भनेको रूसी केन्द्रीय बैंकले ती रकम फिर्ता लिन पाउँछ भन्ने होइन । यदि हामीले तपाईंलाई अस्वीकृत वा रोक्का गर्यौं भने तपाईं आफ्नो बैंक खाता प्रयोग गर्न सक्षम हुनुहुने छैन ।

रुसले चीनलाई बिजुली, तेल, कोइला, ग्यास र खाद्यान्न आपूर्ति गर्छ । अमेरिकाले यसबाट किन्ने सस्तो सामानहरू बनाउनका लागि प्रयोग गर्ने धेरै स्रोतहरू त्यहिंबाट आउने हो । त्योपनि ऋण लिएर ।

रुसका केहि भण्डार चिनियाँ रेन्मिन्बीमा आधारित छन् । महत्त्वपूर्ण कुरा सुनमा धेरै रकम राखिएको छ । रुसले आफ्नो केन्द्रीय बैंकले जम्मा गरेको डलर र युरो फिर्ता लिन सक्षम नहुन सक्छ । तर यसले अझै पनि सुनको व्यापार गर्न भने सक्छ । हतियारको लागि, आपूर्तिको लागि, भाडाका लागि ।

रुसले अझै पनि त्यो ६ खर्ब डलरको ४० प्रतिशत पहुँच गर्न सक्छ । त्यो अझै ठूलो युद्धकालागि मेरुदण्ड हो । तर पुटिनको महत्वाकांक्षा जति छ यो कोषले त्यसलाई धान्न सक्ला ?

दोस्रो के भने रूससँग मात्र भण्डार छैन । यसमा वर्तमान जगेडा खाता (सरप्लस) भनिन्छ । यसको मतलब यो हो कि कुनै निश्चित समयमा एक महिना वा वर्षमा रुखका पात झरेभन्दा बढी पैसा यसको अर्थतन्त्रमा प्रवाह हुन्छ । यहि रकमबाट रुसले विश्वलाई ऊर्जा बेच्छ ।

पश्चिमले रुसलाई प्रतिबन्ध लगाउनु अघि युरोपले ठूलो मात्रामा रुसी ग्यास किनेको थियो । त्यो नगरि कुनै विकल्प थिएन तिसित । न्त्र युरोपको भान्छा तात्दैनथ्यो । घर न्यानो बनाउने हिटर काट्नुपर्थ्यो ।

रुस बिरुद्द पश्चिमले चाँडो कदम चालिरहेको छ । उदाहरणका लागि क्यानडाले भर्खर रूसी तेल र ग्याँस प्रतिबन्ध गर्‍यो । क्यानाडाको लागि यो सजिलो छ किनकि रूस जस्तै यी स्रोतहरूको शुद्ध निर्यातक हो ऊ । ऐतिहासिक रूपमा यी स्रोतहरूको आयातकर्ता देशहरूका लागि भने यो गाह्रो छ ।

दुर्भाग्यवश रुसको अर्थतन्त्रलाई पंगु बनाउनु त्यति सहज छैन । कम्तिमा तेस्रो विश्वयुद्ध रोक्न त्यति छिटो पर्याप्त छैन । पुटीनलाई यो थाहा छ ।

यसको मतलब यो होइन कि पश्चिमको रणनीति खराब छ । यो धेरै राम्रो छ । तर यो वास्तवमै प्रभावकारी हुन समय लाग्नेछ । जति प्रभावकारिरुपमा अगाडि बढाउँछन् त्यहिरुपमा यो लागू हुन्छ । त्यसको नतिजा यसरी नै अगाडि बढ्छ ।

तपाईले देख्न सक्नुहुन्छ कि रूबल पहिले नै कमजोर भएको छ । सेयर बजार आज खुल्दैन । भोलि पनि खुल्दैन । त्यो किनभने स्टक मार्केट बिग्रिएको छ । अब यो स्विफ्टले गर्दा रुसका बैंकहरू मात्रै चल्ने छन् जुन बैंक अन्तर् राष्ट्रिय मुद्रा बैंकिङमा असफल हुनेछ ।

रुसमा अर्थ फस्टाउनेछ । तर औसत व्यक्तिको लागि । दुर्भाग्यवश, रूससँग अझै पनि एक राष्ट्रको रूपमा आफ्नो युद्धको योजना तत्कालका लागि लगानी गर्न पर्याप्त आम्दानी छ ।

यदि पश्चिमले सबै रूसी तेल र ग्यासलाई प्रतिबन्ध लगाए पनि (जुन अहिलेसम्म भएको छैन) रुसले अझै पनि यसको अन्य स्रोतहरूबाट बाँकी विश्वलाई, विशेष गरी चीनलाई बेचेर आम्दानी गर्नेछ ।

युद्धहरू प्राय: धनी राष्ट्रहरूद्वारा सुरु हुन्छन् । यदि तपाइँ एक सुपर वामपन्थी बन्न चाहनुहुन्छ भने तपाइँ अमेरिकालाई ऋण बोकाउने राष्ट्रका रुपमा गाली गर्न सक्नुहुन्छ । । यो ऋण दिने राष्ट्रहरू हुन् जसले शान्ति र व्यवस्थाको नियमहरू उल्लङ्घन गर्ने, छिमेकीहरूबाट श्रोतहरू कब्जा गर्ने प्रयास गर्ने गर्छन् जुन उनीहरूले अब किन्न नसक्ने हुन्छन् ।

प्रख्यात अर्थशास्त्री साइमन जोन्सनले अनुमान गरेका छन् कि पश्चिमले पुटिनलाई दिनमा ५० करोड डलर पठाइरहेको छ । यो अझै पनि एक युद्ध लागनी कोषको लागी पर्याप्त छ जुन सजिलैसँग पश्चिमलाई अस्थिर बनाउन सक्छ । यसले पश्चिमलाई निकै कठिन अवस्थामा राख्छ ।

यो अझै पनि ऋण दिनसक्ने राष्ट्र हो । रूससँग कर लगायतका घरेलु आय मात्र छैन यसको विदेशी आम्दानी पनि छ । ऋणको प्रवाह गर्दैछ । र रूस ठ्याक्कै एक ऋणदाता राष्ट्र हो किनभने यसले हाम्रो पुरानो औद्योगिक अर्थतन्त्रहरू निर्भर हुने धेरै स्रोतहरू नियन्त्रण गर्दछ । तेल र ग्यासदेखि मल, अन्नदेखि फलाम र स्टिलसम्म । त्यो स्थितिमा रहनु पस्चिमाका लागि धेरै खराब स्थिति हो। यही कारण पुटिन पछि हट्दैनन् ।

हामीले उसको अर्थतन्त्रलाई क्षती पुर्‍याउने वा बेवास्ता गर्ने गरेका छौं । तर ती सबैको बावजुद रूस अझै पनि आर्थिक रुपमा युद्द गर्न सक्षम छ । यो एक लेनदार राष्ट्र हो । यसको मतलब योसँग युद्ध मात्र होइन युद्ध अभियानलाई कोष गर्ने शक्ति छ । यदि पश्चिमले सबै रूसी तेल र ग्यासलाई प्रतिबन्ध लगाए पनि (जुन अहिलेसम्म भएको छैन) रुसले अझै पनि यसको अन्य स्रोतहरूबाट बाँकी विश्वलाई, विशेष गरी चीनलाई बेचेर राष्ट्रको रूपमा आम्दानी गर्नेछ ।

र चीनमा को को निर्भर छ ? तपाईंले अनुमान गर्नुभयो, अमेरिका । अमेजन र वालमार्टमा बेचिने सबै सस्ता सामानहरुको लागि अमेरिका चीनप्रति ऋणी छ । त्यो पैसा चीनले रुसबाट स्रोतसाधन किन्न प्रयोग गर्छ । युद्ध कोषको पैसा कहाँ गएर समाप्त हुन्छ ? पुटिन । त्यही भएर पुटीन पछि हट्दैनन् ।

अमेरिका रुससँग व्यापार गर्ने चीनप्रति ऋणी छ । यस्ता धेरै उदाहरण छन् ।

रुस र चीनले सँगै अर्को एक वा दुई वर्षमा लगभग दुई खरब डलरको व्यापारमा पुग्ने आशा राखेका छन् । रूस चीनको सबैभन्दा ठूलो बिजुलीको स्रोत हो र कच्चा तेल र कोइलाको लागि दोस्रो वा तेस्रो हो । त्यो व्यापारले युद्दकालागि सजिलै स्रोत जुटाउँछ ।

रुसले चीनलाई बिजुली, तेल, कोइला, ग्यास र खाद्यान्न आपूर्ति गर्छ । अमेरिकाले यसबाट किन्ने सस्तो सामानहरू बनाउनका लागि प्रयोग गर्ने धेरै स्रोतहरू त्यहिंबाट आउने हो । त्योपनि ऋण लिएर ।

अमेरिकाबाट चीनमा पैसा आ उँछ ब्यापारको । ग्याजेट, घरायसी सामानहरू पैसाको लागि व्यापार गरिन्छ जुन चीनले तेल, ग्याँस, खाद्यान्न, कोइला र बिजुली बनाउन प्रयोग गर्दछ । त्यो अन्तत रुस पुग्छ । कमजोर अर्थतन्त्रको यो जघन्य जालो कस्तो रहेछ त ?

हामीले सस्तो रुसी उर्जा वा रुसी पैसामा हाम्रो पश्चिमी लत छोड्नु पर्ने मात्र होइन चिनियाँ सामानहरूमा पनि तल छोड्नुपर्छ । यदि हामी वास्तवमै रूसको युद्ध शक्ति तोड्न चाहन्छौं भने । यो त्रिकोणीय व्यापार – हामी चीनबाट घरायसी सामान किन्छौं, ऋण लिएर । चीनले रूसबाट स्रोतहरू किन्छ । यसले कसलाई फाइदा गर्छ ?

पुटिनको खेल यही हो । स्रोतको विश्वव्यापी प्रभुत्व । हाम्रो पश्चिमी लतहरू – सस्तो ऊर्जा, रुसी पैसा, सस्तो सामानमा प्रयोग । यो सबै उसले हाम्रो विरुद्धमा प्रयोग गरिरहेको छ । ती बानीहरूलाई लत्याउन, हाम्रो आफ्नै पूर्ववत अवस्थामा फर्किन र त्रिकोणीय व्यापारलाई पूर्ववत गर्नको लागि यो धेरै गाह्रो हुन गइरहेको छ । के हामीसँग त्यो सबै गर्ने इच्छाशक्ति छ ? यो पश्चिमको वास्तविक चुनौती हो । यसरी मात्रै हामी वास्तवमा पुटिनलाई अन्तमा पराजित गर्न सक्छौं ।

रूस चीनको सबैभन्दा ठूलो बिजुलीको स्रोत हो र कच्चा तेल र कोइलाको लागि दोस्रो वा तेस्रो हो । त्यो व्यापारनै रुसकालागि युद्द गर्न पर्याप्त छ ।

पश्चिमको रणनीति राम्रो छ । तर यो पर्याप्त छैन। पुटिनलाई थाहा छ यो । त्यही भएर उनी पछि हट्दैनन् । तर उनको शक्ति घट्दै भने छन । किन उनले युक्रेनीहरूलाई वार्ताको टेबलमा आमन्त्रित गरे ?

तपाईंले आफू कमजोर बहेको सन्देश पठाउन चाहनुभएन भने तपाईंले त्यसो गर्नुहुन्न । म तिमीसँग डराएको छैन । म तिमीलाई कब्जा गर्न सक्छु । म यो युद्ध लडिरहनेछु । यसलाई विस्तार गर्दैछु । नगल्ने हो भने यो भन्दै वार्ता गर्दै किन गर्नुपर्‍यो ?

पुटिनलाई रोक्न पश्चिम एकजुट भयो । कसैले केही हप्ता अघि मात्र पश्चिम सक्षम छ भनेर अनुमान गरेको भन्दा धेरै निपुण थिए पुटीन । अझै पनि पश्चिमले धेरै गर्न आवश्यक छ । धेरै नै गर्नुपर्छ यदि पस्चिम वास्तवमै अर्को विश्वयुद्ध जस्तो चीजबाट बच्न चाहन्छ भने ।

पुटिनले जति सक्दो चर्को स्वरमा भनेका छन्, उनी यहाँ रोकिने छैनन् । हामीले अहिलेसम्म गरेको कामको बाबजुद पनि उनको अर्थतन्त्रमाथि न्यूट्रोन बम खसाल्ने सम्म गर्न बाँकि छ ।

रुसले अहिले आर्थिकरुपमै उच्च स्थान ओगटेको छ । उसले चर्को स्वरमा भनेका कुराहरू मात्र गर्नेछ – एउटा साम्राज्य पुनर्गठन गर्ने प्रयास, संसारका स्रोतहरू नियन्त्रण गर्न । त्यसले उनलाई यो युद्ध लड्ने शक्ति दिएको छ । हामीले उनलाई फ्याँकेका सबै कुरा उनले सामना गर्दा पनि उनी अपमानजनक बनेका छन् । र आक्रामक छन् जुन आधुनिक इतिहासमा पहिले नै अभूतपूर्व देखिएको छ । तसर्थ, हामीले धेरै गर्न आवश्यक छ ।

पुटिनले हामीलाई भनेका छन्, उनी पछि हट्ने छैनन् । तपाईंले अर्को पक्षलाई बीचको औंला दिन नचाहनुभएसम्म तपाईं वार्तालाप गर्ने बहाना गर्दै शहरमा क्लस्टर बम हान्नुहुन्न। हाम्रो लागि प्रश्न अझै छ : के हामी सुनिरहेका छौं ?

(ईएण्ड डट कोमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

हाकको अघिल्ला लेखपनि हेर्नुस्

बेलायतको जीवनस्तरमा यसरि आउँदै छ विनाशकारी गिरावट

अमेरिकाको लागि ट्रम्प भन्दा बेलायतका लागि जोनसन खराब -१

मर्दै गरेको ग्रहमा बाँचिरहेका हामी

सभ्यता र नागरिक अधिकार अन्त्यका केहि संकेत

महामारीबाट प्लेग जस्तो बन्दै छ कोबिड

बेलायतले विश्वलाई देखाउँदैछ, कोभिडको तेस्रो छाल कस्तो हुन्छ

आर्थिक फाईदाकालागि पूर्णरुपमा निर्मूल पारिने छैन कोरोना भाईरस

विश्वको सबैभन्दा असफल राज्य बन्ने तरखरमा बेलायत !

तपाइँको प्रतिक्रिया