शुक्रबार, चैत १६, २०८०

फ्रान्सेली समाचारको लागि प्रकाशकहरूलाई भुक्तान गर्न गुगल सहमत

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन १९ गते २३:०८

गुगलले फ्रान्सेली प्रकाशकहरूलाई उनीहरूको समाचार सामग्री अनलाइनमा राख्ने अधिकारको लागि भुक्तान गर्न नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सम्झौताको अर्थ फ्रान्समा मिडिया संगठनहरूका समाचार वा लेखहरू खोज इन्जिनको पृष्ठहरूमा देखा पर्दा पुन: नामाकरण गरिने छ । गुगलले त्यसलाई नामाकरण गर्ने र खोजको नंवर बदल्ने छ । आफ्नो सर्च इन्जिन अनुसार उसले त्यसलाई परिस्क्रित वा खोजिमा सहज तरिका अपनाउने छ ।

युरो न्युजका अनुसार गुगल र अलाईन्स फर द जनरल इन्फर्मेशन प्रेस (एगिप) द्वारा बिहीवार एक नयाँ सम्झौता गरिएको थियो । यसले लगभग ३०० राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार समूहहरूलाई समेट्ने छ ।

यो सम्झौताले गत जनवरीमा घोषणा गरिएको अघिल्लो सम्झौतालाई प्रतिस्थापन गर्ने छ ।

यस अघि फेसबुकले फ्रान्सेली प्रकाशकहरूलाई उनीहरूको सामग्रीको प्रतिलिपि अधिकारकालागि भुक्तानी गर्न अक्टोबरमा अगिप सँग यस्तै सम्झौता गरेको थियो ।

तथाकथित ‘नाईबोरिङ राईट्स’ (छिमेकी अधिकार) को विवादले फ्रान्सेली समाचार संस्थाहरू र अमेरिकी प्रविधिको गुगलबीचको सम्बन्ध दुई वर्षभन्दा बढी समयदेखि बिग्रिएको थियो ।

गुगल र फेसबुकले लामो समयदेखि यस सिद्धान्तको विरुद्धमा तर्क गर्दै आएका थिए । फ्रान्सेली प्रकाशकहरू पहिले नै उनीहरूको प्लेटफर्ममा उजागर भइसकेको र त्यसले ग्राहकहरूलाई बढावा दिइरहेको दाबी उनीहरुको थियो ।

तर सन् २०१९ मा युरोपेली संघको निर्देशनले छिमेकी अधिकार (नाईबोरिङ राईट) लाई कानूनमा समावेश गरिदियो र त्यसलाई फ्रान्सले तुरुन्तै अपनायो ।

गुगल र अगिपले गत वर्ष सम्झौता गरे पनि अमेरिकी कम्पनीलाई फ्रान्सेली प्रकाशकहरूसँग राम्रोसित विश्वासपूर्ण तरिकाले वार्ता नगरेको भन्दै ५० करोड युरो जरिवाना गरिएको थियो।

एक फ्रान्सेली वाचडगले गुगललाई वार्ता पुनः सुरु गर्न र नयाँ क्षतिपूर्ति प्रस्ताव गर्न आग्रह गरेको थियो ।

गुगल र अगिपले संयुक्त विज्ञप्तिमा “छिमेकी अधिकार” सम्बन्धी नयाँ सम्झौतालाई ऐतिहासिक कदम भनेका छन् । फ्रान्सेली समाचार संस्थाहरूलाई प्रस्ताव गरिएको क्षतिपूर्तिको रकम कति हो भन्ने चाहिं सार्वजनिक गरिएको छैन ।

गुगलले भविष्यमा अर्को फ्रान्सेली मिडिया समूह एसइपिएमसँग पनि यस्तै सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक