शुक्रबार, चैत १६, २०८०

फ्रान्सद्वारा आफ्ना नागरिकहरूलाई जतिसक्दो छिटो रुस छाड्न आग्रह

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन २० गते १४:०१

फ्रान्सले आफ्ना नागरिकहरूलाई जतिसक्दो छिटो रुस छोड्न आग्रह गरेको छ ।

युक्रेनमाथि रुसको आक्रमणपछि रुस र युरोपेली युनियन बीचको हवाई क्षेत्र बन्द भएकालेपनि त्यहाँ उनीहरूको उपस्थिति आवश्यक नरहेको भन्दै रुस छोड्न आग्रह गरेको हो ।

“रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनु पर्छ” फ्रान्सको परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ ।

आइतवार नै फ्रान्सले रुस हुँदै अन्य देशतर्फ जाने फ्रान्सेली नागरिकलाई रुसबाट बाहिरिन सल्लाह दिएको थियो ।

युरोपेली युनियनका सदस्य राष्ट्रहरूले रूसी विमान र सेवाहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि आफ्ना नागरिकहरुलाई जतिसक्दो छिटो रुस छोड्न आग्रह गरेको हो ।

“हामीलाई थाहा छ कि त्यहाँ धेरै कम उडानहरू छन् । हाम्रो भनाई के छ भने फ्रान्सेलीहरु रुस बस्न आवश्यक छैन । उनीहरूले रुस छोड्ने विकल्प लिनुपर्छ “परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

फ्रान्सेली सरकारले आफ्ना नागरिकहरूलाई रूसको कुनै पनि यात्रा स्थगित गर्नसमेत आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक