बिहीबार, वैशाख २०, २०८१

किसानले दूध उत्पादन बढाउन गाईलाई चस्मा र टाउकामा ‘हेडसेट’

नेपालप्लस संवाददाता२०७८ फागुन २० गते १८:५८

गाईको टाउकोमा भिआर हेडसेट । फोटो-वन्डरफुल इन्जिनियरिङ डट कम

प्रविधिको प्रयोग सबै उद्योगहरूमा लागू भइरहेको छ । केही किसानहरूले समेत हाल यो सम्भावनाहरूको प्रशंसा गरिरहेका छन् । भर्चुअल वास्तविकताले उनीहरूको खेतीको दक्षता बढाउन मद्दत गरिरहेको छ । हालसालै टर्कीका एक किसानको एउटा ट्वीट भाइरल भएको छ । उनले आफ्नो एउटा गाईलाई भर्चुअल रियालिटी हेडसेट (भिआर हेड सेट) लगाएको भिडियो पोस्ट गरेपछि भाइरल भएको हो ।

टर्कीको समाचार एजेन्सी ‘आनादोलु अजान्सी’ ले एउटा रिपोर्ट बनाएको छ जसमा किसानले किन यस्तो गरिरहेका छन् भनेर बताईएको छ । किसानसँग जग्गा नहुँदा उनका अधिकांश गाई गोठमा राखिएका छन् । उनको एउटा गाईले औसतमा दिनमा २२ लिटर दूध दिन्छ भने भर्चुअलताभन्दा बाहिरको गाईले दैनिक २७ लिटर दूध दिन्छ । भिआर हेडसेटहरूलगाइ दिएपछि ति गाईहरूलाई आफूहरु बाहिर चरनमा वा खुला ठाउँमा भएको आभास हुन्छ । त्यो हेडसेट लगाइदिएपचि बाहिर खुला ठाउँमा भएको सोच्ने गाईहरुलाई बढी दुध उत्पादन गर्न उत्प्रेरित गर्छ ।

हेडसेटको प्रयोग गर्ने टर्कीका किसानको नाम इज्जेट कोकाक हो । उनले गाईको दूध उत्पादन बढाउन विभिन्न प्रयासहरू गर्दै आएका थिए । जस्तै- गाईहरूलाई शान्त पार्न, आनन्दित बनाउन शास्त्रीय संगीत बजाउने । भिआर चश्माहरू लगाइदिएर हरियो वातावरण बनाइदिने जसले गाईहरूलाई खुसी बनाउँछ । त्यसले तिनीहरूको चिन्ता कम गर्दै तिनीहरूलाई थप दूध उत्पादन गर्न प्रेरित गर्छ ।

यस्तो विषयबारे टर्कीमा धेरै वैज्ञानिक अध्ययनहरू भएका छन् । यि अध्ययन रुसमा झन धेरै भएका छन् जसले गाई भित्रको दूध उत्पादनलाई असर गर्ने सबैभन्दा ठूलो कारक तत्व तनाव मानिएको छ । गाई जति कम तनावमा हुन्छ, उति धेरै दूध दिने गर्छ ।

गाईको टाउकोमा भिआर भि आर चस्मा । फोटो-ए ए

दुई वर्षअघि एक रूसी किसानले आफ्ना गाईहरूलाई उनीहरूको चिन्ता कम गर्न भिआर हेडसेटहरू लगाइदिए ताकि तिनीहरूले धेरै दूध उत्पादन गर्न सकून् । मस्कोको कृषि र खाद्य मन्त्रालयका विशेषज्ञहरूले हाल गाईहरूमा भिआर हेडसेट अनुभवको प्रभावलाई दीर्घकालीन अध्ययनमा विश्लेषण गरिरहेका छन् । यो प्रविधिले वास्तवमा गाईले दिएको दूधको मात्रा बढाउन सक्छ कि सक्दैन ? बढाएमा खास कुन तत्व, कुन वस्तुले प्रेरित गर्छ ?

भर्चुअल रियालिटीमा समय बिताएपछि टर्कीका इज्जेट कोकाकको गाईले थप ५ लिटर दूध दिन थाले । त्यसपछि आफ्नो लागि यो राम्रो लगानी भएको इज्जेटले स्वीकार गरिसकेका छन् ।

तर समस्या एउट मात्रै देखिएको छ, गाईको टाउकाको आकार ठूलो हुनाले उनले प्रति गाई दुईवटा हेडसेट किन्नुपर्छ । भिआर हेडसेटको औसत लागत लगभग ३०० अमेरिकी डलर छ । उनसित १८० गाईहरू छन् । त्यसको अर्थ हेडसेटका लागि उनले एक लाख ८ हजार अमेरिकी डलर त हेडसेट किन्नैकालागि लगानी गर्नुपर्छ।

भर्चुअल रियालिटीमा समय बिताउँदा सबै गाईले बढी दूध दिन्छन् कि भनेर ति किसानले आफ्नो प्रयोगका लागि १० वटा गाई छनोट गरेका थिए । उनले भिआर हेडसेट उत्पादन गर्ने कम्पनीलाई पनि आफ्ना गाईमा प्रयोग भइरहेको बताएका थिए । यो अध्ययनले सकारात्मक देखाएमा धेरै हेडसेट किन्न तयार भएको बताएका थिए ।

“हामी हाम्रा जनावरहरूलाई भर्चुअल चश्मा लगाईदिएर आरामदायी संगीत सुन्न लगाउँछौं । उनीहरूलाई विशाल चरन वरिपरि हिंडाउँछौं । हामीले एउटा आँखामा मात्रै लगाइदिंदापनि यो सफलता हासिल गर्‍यौं । हामीले रूसमा चश्मा उत्पादन गर्ने कम्पनीलाई पनि सम्पर्क गर्यौं । आशा छ, यदि हामी १० वटै गाईमा सफल भयौं भने हामी हाम्रो बथानकै लागि रूसबाट चश्मा माग्नेछौं” उनले बताएका छन् ।

यी गाईहरू भर्चुअल वास्तविकता अनुभव गर्ने पहिलो जनावर हुन् । यो प्राविधिक युगमा हाम्रो समाजले के पर्खिरहेको छ, के खोजिरहेको छ र के आवश्यक छ भनेर हेर्न सक्नुपर्छ । यदि गाईहरू यो प्रविधिलाई अँगाल्न सक्षम हुन्छन् भने हाम्रोलागिपनि यो अनुसरणयोग्य बन्ने छ । प्रविधिको विकास भनेको त्यस्तो चीज हो जुन कसैले रोक्न सक्दैन। यो हाम्रो जीवनलाई धेरै सजिलो बनाउन र समय बचत गर्नको लागि ल्याइएको हो । किनकि समय हाम्रोलागि सबैभन्दा बहुमूल्य स्रोत हो ।

(स्रोत- मस्को डेली, डेली साभाहा, वन्डरफुल इन्जिनियरिङ डट कम र मेडियम डेली)

तपाइँको प्रतिक्रिया

फेसबुक