शुक्रबार, वैशाख ७, २०८१

एनआरएनए अमेरिकाका ६९ प्रतिशतको दाबी ‘केन्द्रलाई तिर्नुपर्ने दस्तुर देउ’

नेपालप्लस संवाददाता २०७८ फागुन २१ गते २०:२१

गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसिसी अमेरिका) ले केन्द्रलाई बुझाउनुपर्ने दस्तुर अभिलम्ब तिर्नुपर्ने भन्दै अमेरिकाका ६९ प्रतिशतले माग गरेको दाबी एनआरएनए केन्द्रिय समितिका मानार्थ सदस्य तथा एनआरएनए अमेरिकाका पूर्व केन्द्रिय सदस्य कृष्ण लामिछानेले दाबी गरेका छन् ।

लामिछानेले शनिवार नेपालप्लससित छोटो कुराकानी गर्दै भने ‘एनआरएनए केन्द्रलाई बुझाउने भनेरै प्रत्येक सदस्यबाट पाँच डलर लिएको हो । त्यो रकम बुझाउनुपर्छ भनेर ६९ प्रतिशतले भनिरहेका छन् । त्यो रकम अभिलम्ब बुझाउनुपर्छ ।’

कुराकानीका क्रममा उनले अमेरिकामा नयाँ र पुराना गरेर हजारौं संस्था रहेको तर नेपाल र नेपालीसित प्रत्यक्ष सरोकार राख्ने एक मात्र अनतर्राष्ट्रिय संस्था एनआरएनए रहेकैले केन्द्रलाई सदस्यता तिर्न राजी भएको उल्लेख गरे ।

उनले भने “केन्द्रलाई तिर्छौं भनेर राजिखुशिले तिरेको को रकम यो वा त्यो बहानामा रोक्न पाइन्छ ? जुन उद्देश्यकालागि लिएको रकम हो त्यो त तिर्नु पर्‍यो नी ।”

एनआरएनए एनसिसी अमेरिकाका बर्तमान अध्यक्ष बुद्दि सुबेदीले निर्वाचित हुने बेला जम्मा ३१ प्रतिशत मत ल्याएर जितेको, बाँकिले ६९ प्रतिशत ल्याएको र ति ६९ प्रतिशतले केन्द्रलाई तिर्नुपर्ने रकम तिर्न माग गरेको बताउँदै लामिछानेले भने ‘सुबेदी बाहेकका अध्यक्षका उम्मेदवारले ६९ प्रतिशत मत ल्याएएका थिए । ति ६९ प्रतिशतले एनआरएनए केन्द्रलाई तिर्नुपर्ने रकम तिर्नुपर्छ भनेर माग गरेका छन् । अत्यधिक बहुमत भन्दापनि बढी प्रतिधित्वले गरेको मागको सुनुवाई गर्नुपर्दैन ?’

लामिछानेले शनिवार एक बक्तब्यसमेत जारी गर्दै एनआरएनए अमेरिकाले केन्द्रलाई तिर्नुपर्ने रकम बुझाउन आव्हान गरेका छन् । उनले आफ्नो बक्तब्यमा भनेका छन् “एनआरएनए आइसिसी (एनआरएनए केन्द्रिय समिति) को सदस्य भएका हिसाबले अमेरिकाको समितिले मात्र नभएर संसारभरिका समितिहरूले नियमित रूपमा शुल्क तिर्नुपर्छ । शुल्क नतिरेमा सदस्यता स्वतः समाप्त हुन्छ ।”

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा आबद्ध रहेको र दोहोरो नागरिकता, नेपालमा लगानी, ज्ञानको हस्तान्तरण आदि जस्ता हाम्रो प्रत्यक्ष सरोकारका विषयहरुमा नेपाल सरकारसँग समन्वय गरि काम गरिरहेको उनले उल्लेख गरेका छन् ।

उनले बक्तब्यमा भनेका छन् “नेपाल सरकार र यसका आधिकारिक निकायहरुले गैर आवासीय नेपाली संघ अर्थात यसको अन्तर्राष्ट्रिय समन्वय समितिलाई मात्र चिन्दछ । अर्थात संसार भरि रहेका सम्पूर्ण नेपालीका सयौं हजारौं संस्थाहरुसँग प्रत्यक्ष समन्वय गर्न नसकिने हुनाले एउटा मात्र आधिकारिक संस्थाको रुपमा यो स्थापना भएको हो । ”

बक्तब्यमा अगाडी भनिएको छ “केही समय यता एनआरएनए, अमेरिका र आइसिसी बिच सदस्यता शुल्क बुझाउने बारेमा समस्या देखिएको छ । यस्तो भएको खण्डमा आइसिसीले एनआरएनए, अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्ने सम्मको पत्र काटीसकेको अवस्था छ । एनआरएनए, अमेरिकाको आफ्नै बिधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको पाँच डलर आइसिसीलाई बुझाउनुपर्ने स्पष्ट किटान छ । एनआरएनए, अमेरिकाले आफ्नो भवन खरिद गर्नको लागी सो रकम मिनाह गर्नको लागी आईसीसीलाई गरिएको अनुरोध अस्वीकार गरिसकेको छ । कुनै पनि वहानामा यो शुल्क तिर्नबाट उन्मुक्ती माग्नु जायज पनि होइन ।”

उनले त्यो रकम छुट दिने, नदिने भन्ने कुरा आइसिसीको क्षेत्राधिकारको विषय रहेकोसमेत उल्लेख गर्दै बक्तब्यमा भनेका छन् “हरेक सदस्यबाट आइसिसीको आवद्दताका लागि भनेर ५ डलर लिएपछि त्यो तिर्न वहानावाजी गर्नुलाई जायज ठान्न सकिंदैन ।’

उनले आफ्नो बक्तब्यमा उल्लेख गरेका छन् “आइसिसीको सदस्य नरहेको एनआरएनए समितिको न कुनै अस्तित्व हुन्छ न त भूमिका नै । तसर्थ यो शुल्क तुरून्त तिर्न म अनुरोध गर्दछु ।”

एनआरएनए अमेरिकाको भवनका लागि अमेरिकामा रहेका नेपाली समुदायसँग व्यापक अनुरोध गरेर ठूलो रकम जम्मा गर्नका लागि जिम्मेवारी लिन आफू व्यक्तिगत रूपमा तयार रहेको समेत उनले उल्लेख गरेका छन् ।

कृष्ण लामिछानेले एनआरएनए अमेरिकाको आफ्नै साख झर्ने काम, आइसिसीसँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप भएको र यसले सँस्था बिभाजनसम्म हुनसक्ने चिन्ता बढेको उनको भनाइ छ । त्यस्तो अवस्था स्रिजना भएमा एनआरएनए अमेरिकाले जिम्मेवारी लिनुपर्ने समेत उनले उल्लेख गरेका छन् ।

आम गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए अमेरिकालाई यस कठीन परिस्थितिबाट जोगाउनको लागी आम साधारण तथा आजीवन सदस्य, पत्रकार एबं सम्पूर्ण अमेरिकावासी नेपालीलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय सहभागिता जनाउनसमेत उनले अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक