शनिबार, वैशाख ८, २०८१

रबीना थापा र कुल आचार्यको तीन मन्त्रीसित भेट, के भने एनआरएनए निर्वाचनबारे

नेपालप्लस संवाददाता२०७८ फागुन २१ गते २२:५०

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को विवादसँगै निर्वाचन प्रक्रियासमेत अगाडि बढिरहेका बेला एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्य र रबीना थापाले नेपालका तीन मन्त्रीसित भेटघाट गरी राय लिएका छन् ।

सन्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पराराष्ग्ट्रमन्त्री डा नारायण खड्का र शिक्षा राज्य मन्त्री उमेश श्रेष्ठसितसित एनआरएनएको केन्द्रिय अध्यक्ष पदका उमेदवार कुल आचार्य, रबीना थापा र थापाकै टीमका बिनय अधिकारीले छलफल गरेका हुन् ।

सिंहदरबार मन्त्रीपरिषद कार्यालायभित्र प्रवेश गरेपछि आफूहरुले सबै मन्त्रीहरुको कार्यालय छिरेको र ति सबैले अबको विकल्प रविना थापा भएको बताएको थापाका सहयोगि बिनय अधिकारीले बताए ।

परराष्ट्र मन्त्री डा नारायण खड्काले त उनीहरुसित एनआरएनएकै कारण विवादमा ल्याइदिएको समेत गुनासो गरेका थिए । खड्काले भनेका थिए ‘तपाईहरुले विवादमा ल्याइदिनुभयो । म एनआरएए विवादमा पर्न चाहन्न । तपाईहरुले आफ्नो प्रक्रियागतरुपमा काम गर्नुस् । तपाईहरु मिलेर जानुस् “- अधिकारीले भने !

डा नारायण खड्काले भनेका थिए ‘मिलेर जानुस्, कांग्रेसको उम्मेदवार बन्नुस् । मेरो सहयोग हुन्छ । तपाईंहरु दुबैका पक्षमा मलाई हाम्रै पार्टीका नेताहरुले दवाव दिनु भएको छ । । अब म मन्त्रालयबाट कुनैपनि हस्तक्षेप गर्दिन । तपाईहरु प्रक्रियागतरुपमा अगाडी बढ्नुस् । चुनावी मैदानमा अगाडि जानुस् ।”

अध्यक्षका प्रत्याशी कुल आचार्यले मन्त्री ज्यु सँगको भेट चुनावी नभएर नियमित भएको बताए । उनले भने पक्कै पनि हामी आवद्द संस्थाका बारेमा कुरा भयो । उहाँले मिलेर जानुस् भन्नुभयो । रविना जी र मैले लामो समय देखी सँगै काम गरेका हौं । हामी विचमा त्यस्तो कुनै समस्या छैन । एक दुई दिनमा तपाईंहरुले सकारात्मक समाचार थाहा पाउनु हुनेछ- आचार्यले भने । उनले अगाडि भने- मन्त्रीज्युहरु सँगको भेट नियमित हो । अहिले मात्रै होइन हामी विचमा यस्ता भेटघाट भैरहन्छन् । त्यसकारण एनआरएनको मामिलामा कुनै पनि पार्टी अथवा सरकारलाई विचमा ल्याउनु गलत हो । तर रविनाजी र म मिलेरै अगाडि बढ्छौ । हामी दुबइको चाहना संस्थाको छवी नबिग्रियोस । यती धेरै नेपाली आवद्ध संस्था एकजुट रहोस् भन्ने नै हो ।

कांग्रेसका कार्यकर्ता मिलेर आउन र चुनावमा भाग लिन मन्त्रीले सन्देश दिएको अधिकारीले बताए । ‘यो एकदमै स्पष्ठ सन्देश चाहिं त्यहि हो’ उनले भने ।

शेष घलेकै कारण हजारौं गैर आवाशीय नेपाली संघको पन्जिक्रित सदस्यको पैसा बालुवाको पानी बनेको पनि उनले उल्लेख गरे ।

मन्त्रीसितको छलफलमा कुल आचार्यले आफूलाई अध्यक्षको पद छोडिदिन र बाँकी पदहरु आफू छोड्न तयार रहेको समेत बताएको अधिकारीले उल्लेख गरे । ‘अध्यक्षबाहेक सबै पद लिनुस्, कुल दाईले बाँकि सबै पद छोड्न तयार छु भन्नुभएको थियो । हामीले हामी पदका लोभी होइन । एनआरएन बचाउने अभियानमा जहिलेपनि लाग्छौं भन्यौं ।”

“कुलजीले बाहिर लिएर गएर मलाई अध्यक्ष छोड्नु । बाँकी पद तपाईहरु लिनुस् । कहाँ सहि गर्नुपर्छ म गर्छु भन्नुभएको थियो” बिनय अधिकारीले भने “तर मैले मानिन ।”

उनले भने ‘मैले कुललाई तपाईले बाटो बिराउनुभयो । बाटो बिराएर सारा गैर आवाशिय नेपालीको सपनालाई ध्वस्त बनाउनेलाई हामी अध्यक्ष दिन सक्दैनौं । हामीले दिने भनेको रबीना अध्यक्ष हो । तपाईलाई हाम्रो कमिटीले एक न एक पद दिएर राख्छ । तपाई अभियानमा आउनुपर्छ र चाहिन्छ । तपाई भन्दापनि हामीले त गैर आवाशीय नेपाली संघलाई हेर्नु पर्‍यो ।”

बिनय अधिकारीले भने “मलाई अध्यक्ष छोड्नुस्, बाँकी सबै तपाईहरु लिनुस् भन्नुभएको हो । तर मैले हामी त्यो गर्न सक्दैनौं, अध्यक्ष पदको लागि कुनै कम्प्रोमाईज हुन्न भन्दिएँ ।”

 

तपाइँको प्रतिक्रिया

फेसबुक