शुक्रबार, वैशाख ७, २०८१

पेरिसमा मनाईयो फागु पूर्णिमा

नेपालप्लस संवाददाता२०७८ फागुन २३ गते १३:२३

फ्रान्सको राजधानी पेरिसमा नेपालीहरुले रङ खेलेर फागु पूर्णीमा मनाएका छन् ।

नेपाली सांस्कृतिक गृहले आइतवार नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरुलाई फागु खेल्ने कार्यक्रम राखेको हो ।

कोरोना महामारीले लामो समयसम्म बाहिर निस्किन नपाएका धेरै नेपाली होलीमा सहभागि भएका थिए ।

नेपालीहरुसँगै नेपालप्रेमी फ्रान्सेलीहरुपनि होली खेल्न गएका थिए ।

‘आफ्नो धर्म, संस्कृति र पर्वहरुलाई जोगाईराख्न, नेपालको माया फ्रान्सेलीहरुप्रति राखिरहन र आफ्ना सन्ततीहरुकालागिपनि नेपालीपन चिनाई राख्न हामीले फागु पर्व मनाउने गरेका हौं’ नेपाली सांस्कृतिक गृहका हेमन्त उपाध्ययलेभने ।

होलीपछि नेपालीहरुले नेपाली सांगेतिक कार्यक्रम राखेका थिए ।

 

तपाइँको प्रतिक्रिया

फेसबुक