शुक्रबार, वैशाख १४, २०८१

मानिसले प्रयोग गर्ने एन्टिबायोटिक स्विस कुखुरालाई

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ फागुन २३ गते १४:२५

Photo Credit-Screen shot wikiwand.com

स्विस फार्महरूमा लाखौं कुखुराहरूलाई एन्टिबायोटिक दिन थालिएको छ । पस्चिमी देशहरुमा मानिसहरुमाथि निकै कम प्रयोग गरिने एन्टिबायोटिक कुखुराहरुको उपचारकालागि भने ब्यापकरुपमा प्रयोग गरिएको हो ।

ल माताँ दिमँस अखवारका अनुसार सन् २०२० मा मात्रै ५२ लाख कुखुरालाई अन्तिम उपायको रुपमा एन्टिबायोटिक्सद्वारा उपचार गरिएको थियो ।

कुखुरालाई प्रयोग गरिएका अन्टिबायोटिक औषधिहरू मानिसमा अन्य उपाय वा औषधीले काम नगर्ने भएपछि मात्रै प्रयोग गरिन्छ । तिनै औषधी जनावरहरूमा मात्र असाधारण रूपमा प्रयोग गरिएको छ । तर जथाभावि प्रयोग भने भएको छैन । किनकि तिनको अत्यधिक प्रयोगले एन्टिब्याक्टेरियल प्रतिरोधका नयाँ रूपहरू निम्त्याउन सक्ने ल दिमँश माताँमा उल्लेख छ ।

विगतका वर्षहरूमा तिनीहरूको प्रयोगबारे अनुमान गर्न गाह्रो भएको उल्लेख गरिएको छ । किनकि कृषकहरूलाई औषधि लेख्ने पशु चिकित्सकहरूले अक्टोबर २०१९ देखि मात्र त्यस्ता घटनाहरू रिपोर्ट गर्नुपर्ने नियम बनाईएको हो ।

स्विस फार्महरूमा सिफारिस गरिएका सामान्य औषधिहरूमा फ्लोरोक्विनोलोनहरू छन् जुन मानवमा पिसाव संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ । यद्यपि संघीय खाद्य सुरक्षा र भेटेरिनरी कार्यालयका अनुसार स्विस कुखुरामा यस वर्गको एन्टिबायोटिकको प्रतिरोध क्षमता उच्च स्तरमा देखिएको छ ।

कुखुरामा प्रयोग गरिएका धेरै खाले औषधिको प्रभावबाट उत्पन्न हुनसक्ने जीवहरूको सम्भावित प्रसारणबाट बच्न संक्रामक रोग विशेषज्ञ एन्ड्रियास विडमरले कुखुराको मासु राम्रोसित पकाउन सल्लाह दिएका छन् ।

स्विस अखवारहरुका अनुसार त्यस्ता एन्टिबायोटिकहरू अन्य फार्मका जनावरहरूमा पनि प्रयोग गरिन्छ । कुखुरामा ५९ प्रतिशतसम्म प्रयोग गरिन्छ भने गाईवस्तु र सुँगुरहरूमा प्रयोगको दर १० प्रतिशतमा झर्छ ।

तपाइँको प्रतिक्रिया