बिहीबार, वैशाख १३, २०८१

एनआरएनए जोगाउन एकता महाधिवेशन, उम्मेदवारी दर्ता तीन दिन सर्ने !

नेपालप्लस संवाददाता२०७८ फागुन २३ गते १५:३९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुग्यो भन्ने सार्वजनिक भैरहेका बेला अन्तत फुटको संघारबाट जोगिने संभावना बढेको छ ।

एनआरएनएलाई एकजुट राख्नकालागि एकताको महाधिवेशन गर्ने र अहिलेको उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बढाएर सबैलाई समेट्ने सहमति गर्ने प्रयास गरिएको छ ।

मध्यमार्गी भूमिका खेल्दै आएका एनआरएनएका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठले सोमवार नेपालप्लससित संक्षित कुराकानी गर्दै एकता महाधिवेशन कोलागि तीन दिन उम्मेदवारी मनोनयको समय तीन दिन बढाईने भएको बताए ।

उनले नेपालप्लससित भने “अब एकताको महाधिवेशन गर्ने र सबै पक्षलाई समेटेर सँगै निर्वाचनमा जाने संभावना बढेको हो छ । त्यसकोलागि तीन दिन मनोनयन दर्ताको समयपनि थप्ने सहमति गर्न लागिएको हो । अब सबै साथीहरु उम्मेदवारी दर्ता गर्दै निर्वाचनमा जाने वातावरण बन्दै छ ।”

अन्तिम समय सम्मपनि एकता, सहमति र सहकार्यकालागि मध्यमार्गी भूमिका खेल्दै आएका श्रेष्ठले पछिल्लो समयमापनि सबैलाई एकतामै जोड्न भूमिका खेल्दै आएका हुन् ।

श्रेष्ठले उच्चस्तरिय अभियन्ताहरुकाबिच सहमतिकालागि सकारात्मक वातावरण बनिरहेको नेपालप्लससित बताए । ‘निर्वाचन सहमतिमै हुन्छ । एकताको विशेष महाधिवेशन हुन्छ । एकढिक्का भएर जाने स्थिति बन्ने भयो । त्यसैले एनआरएनए फुट्छ कि भनेर गम्भिर बनेका साथीहरुलाई संस्था जोगाएर लैजाने अन्तिम प्रयास सकारात्मक बनेकाले नआत्तिन आग्रह गर्छु ”

श्रेष्ठले एनआरएनएका बिचमा सहमति नभएर टुटफुट र चिरा पर्ने स्थिति आएमा त्यस्तो संस्थामा आफू उम्मेदवार नबन्ने र सहमतिमै एक भएर निर्वाचन प्रक्रियामा हर्शोल्लासका साथ जान खोजेकोपनि स्पष्ठ पारे ।

तपाइँको प्रतिक्रिया