मंगलबार, वैशाख ४, २०८१

पासो थापेर जुका संकलन

नेपालप्लस संवाददाता२०७८ फागुन ३० गते १३:०५

१५ औं शताब्दीदेखि १९ औं शताब्दीसम्म युरोपमा जुगाको उच्च माग थियो । तिनीहरू हिस्टेरिया र टाउको दुखाइ जस्ता धेरै रोगहरूको उपचार गर्न प्रयोग गरिन्थ्यो । तर, जुगाहरू समात्नका लागि सङ्कलकहरुले आफूलाई मानव पासो बनाएर बस्नुपर्थ्यो ।

समुदाय भित्रका गरिब महिलाहरू जुकालाई आकर्षित गर्नका लागि फोहोर पोखरीमा बस्थे । पोखरी भित्र बस्दा धेरै जुकालाई आकर्षित गर्न सकिन्थ्यो । थोरै प्रयासमा एकैचोटि धेरै जुका आकर्षित गर्ने छिटोछरितो तरिका थियो त्यो ।

जुका पक्रनु अघि सङ्कलनकर्ताहरूले जुकाहरूलाई बीस मिनेट वा त्योभन्दा बढी समयसम्म चुस्न दिन्थे । मज्जाले रगत चुसेर मोटो भएका जुका टिप्न सजिलो हुन्थ्यो । यसरि जुका सङ्कलन गर्नेहरू खतरामा पर्थे । रोगी बन्थे । किनभने तिनीहरूले बिभिन्न संक्रामक रोग र अत्यधिक रगतको कमीको अनुभव गर्थे ।

(स्रोत- हिस्ट्री अफ येस्टरडे डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक