शुक्रबार, वैशाख १४, २०८१

रूसले कहिल्यै जित्ने छैन

रूसको आक्रमण परजयोन्मुख, असफल देखिएको छ अहिलेसम्म

सेयान केर्नान२०७८ फागुन २३ गते २२:४७

रुसी राष्ट्रपती पुटीन

सैन्य भाषामा रसियासँग “टाइमलाइन ल्याग” छ । जसको अर्थ चीजहरू योजना अनुसार भइरहेका छैनन् भन्ने हो । रुसीहरूले अझै पनि कुनै पनि महत्त्वपूर्ण शहर नियन्त्रण गर्न सकेका छैनन् । उनीहरु किभ एयरपोर्टमाथि नियन्त्रण कायम गर्न संघर्ष गरिरहेका छन् ।

यस बीचमा धेरै युक्रेनीहरू हतियार बोकेर लड्न उत्सुक छन्, आफ्नो देश जोगाउनकालागि ।

मेरो युक्रेनी साथीले भनेका छन्, युक्रेनमा धेरै चेकपोइन्टहरू छन् जहाँ दैनिक नागरिकहरूको लाइन लाग्छ, मेसिनगनहरू उठाउनकालागि ।

यदि तपाइँ यी चेकपोइन्टहरूमा जानुभयो भने त्यहाँ देख्नुहुने छ, जवान मानिसहरू मात्र छैनन् । त्यहाँ किशोर र वृद्धहरूसमेत सामेल छन् । पछाडी बसेका मानिसहरू अन्तिम समयसम्म लड्ने कसम खाएर लाम लाग्छन् । ७०, ८० वर्षका मानिसलेपनि स्वयंसेवा गरिरहेका छन् । आफ्ना नातिनातिनाहरूलाई जोगाउन आफू लड्न चाहेको भन्दै उनीहरुले स्वयंसेवा गरेका छन् ।

रुसकालागि कठिन समय

युक्रेनको पक्षमा अत्याधुनिक हतियार छ । उनीहरूले अमेरिका र अन्य सहयोगीहरूबाट उच्च स्तरको खुफिया, हातहतियार र सल्लाह प्राप्त गरिरहेका छन् । अमेरिकाका पक्कै पनि आफ्ना कमजोरी छन् । तर अमेरिकीहरु कसरी युद्ध गर्ने भन्ने राम्रो जान्दछन् । अमेरिकीहरुले धेरै अभ्यास गरेका छन् ।

मेरो बुबाले सन् २०२० सम्म गुप्तचर विभागमा उपसचिवको रूपमा सेवा गर्नुभयो । धेरै महत्वपूर्ण सैन्य नेतृत्व भूमिकामा हुनुहुन्थ्यो । उहाँले त्यो सेवाकालमा युक्रेनसँगपनि धेरै काम गर्नु भयो ।

उहाँले मलाई भन्नुहुन्थ्यो, यदि रूसले युक्रेनलाई पराजित गर्यो भने उनीहरूले निकट भविष्यमै ठूलो, विनाशकारी नोक्सान भोग्नेछन् । किनभने रुसले क्रिमिया कब्जा गरेपछि युक्रेनको सेनामा नाटकीय रूपमा सुधार भएको छ ।

यदि रूसी सेनाहरूले कीभमा आक्रमण गरे भने त्यसले संसारभरिनै समस्याहरू बनाउने छ । युक्रेनको सैन्य हतियार धेरै मानिसहरूले सोचेको भन्दा बढी छ । परिस्क्रितपनि छ । सयौं, हजारौं जाभालिन भनिने लामो दूरीसम्म हान्न सक्ने हतियार, बन्दुकहरु त किभमै भण्डार गरिएको छ भनिन्छ । यो जाभालिन विशेष महत्त्वपूर्ण हुन्छ किनभने तिनीहरूले रूसी रोजाइको हतियारलाई लक्षित गर्छन् । ति त्यस्ता ट्याङ्कहरूलाई लक्षित गर्न सक्ने हतियार हुन् ।

जाभालिन हतियार माथिबाट तलतिर हान्दा विशेष गरी प्रभावकारी हुन्छ । कीभ अग्लो भवनहरु भएको शहर हो । यो हतियार तिनले अग्लो ठाउँमा बसेर चलाउन सक्छन् । युक्रेनी सेना एकदमै निर्दिष्ठ, जोशीला र उत्प्रेरित हुन्छ, साहसले भरिएका ।

पोर्टेबल मिसाइल-फायरिङ यन्त्रले व्यक्तिलाई गोली हान्न र त्यसपछि गोली हान्नेबाट जोगिन सहयोग पुर्‍याउँछ । यसले अरुबाट गोली हानेको देख्नपनि सहज बनाउँछ । समग्रमा शत्रु पक्षलाई छिटो हराउनसक्ने बल दिन्छ ।

रुसी सैनिकहरूमा मनोबल कम

उनीहरूलाई थाहा छ, रुसीसित संसार रिसाएको छ । रुसीहरूमध्ये धेरैले वास्तवमा आक्रमण गर्नेछन् भन्ने सोचेका थिएनन् । त्यसैले धेरैले आफ्ना हतियारहरू उठाएका छैनन् । रुसी सैनिकहरूले खाना र इन्धन किन्न आग्रह गर्दै युक्रेनी ढोका ढकढकाएको भन्ने रिपोर्टहरू पनि छन् ।

रुसी सेनासित मनोबल कम छ । मनोबल बिना कुनै सेनासँग काम गर्ने शक्ति कम हुन्छ । त्यहाँ डर हुन्छ । तर केहि प्राप्त गर्ने उद्देश्यको भावना भने हुँदैन । हतियार त्यति नै उपयोगी हुन्छ जति यसको मालिक लड्न इच्छुक हुन्छ ।

युक्रेनीहरूले यसलाई अस्तित्वको संकटको रूपमा हेर्छन् । उनीहरूको जीवनको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो यो ।

रिपोर्टहरू आएका छन्, अहिलेसम्मको आक्रमण रूसको लागि एक बिपत भएको छ । रुसी विमान र हेलिकप्टर ध्वस्त भएका तस्बिर सामाजिक सञ्जालमा आइरहेका छन् । रुसी पोशाकहरू सडकमा छाडिएको फेला परेको छ ।

जनरल प्याट्रियसले भनेका छन् “उनीहरूले (रूस) मैले सोचेभन्दा धेरै प्रतिरोधको सामना गरिरहेका छन् ।”

मैले यो लेख्दै गर्दा युक्रेनले १५० रुसी प्याराट्रुपर बोकेको एक ट्रान्सपोर्ट प्लेनलाई किभमा अवतरण गर्न गइरहेको बेला खसालिदिएको एउटा रिपोर्ट आएको थियो ।

रूसकै कुरो गर्ने हो भने हजारौं मानिस सडकमा रुसी आक्रमणको विरोध गर्दै छन् । थाहा छ, उनीहरूले आफ्नो जीवन जोखिममा राखेका छन् । यो विशेष गरी पुटिनको चिन्ताको कारणले हो । किनकि यो सम्पूर्ण आक्रमणले उनको अनुकूलता अनुसारको मूल्याङ्कनलाई मद्दत गर्छ भन्ने ठानिएको थियो । तर गरेन । हामी के कुरामा स्पष्ट हुन जरुरि छ भने अवस्था अहिलेनै नाजुक छ । देशहरूले रुसबिरुद्द आफ्ना प्रतिबन्धहरू बढाउन र थप आपूर्तिहरू युक्रेन पठाउन आवश्यक छ ।

स्विफ्ट प्रतिबन्धहरू अहिले केहि छानिएका बैंकहरूमा मात्रै लागू भइरहेका छन् । तिनीहरूले रूसी अर्थतन्त्रलाई कमजोर बनाउनेछन् । तर यो लडाई धेरै लामो समयसम्म जानसक्छ । त्योबेला कसरि अगाडि बढ्छ भन्ने अर्को पाटो छ

पुटेन बिरुद्द विश्वभरका मानिसहरूलाई उतारेको छ । यस आक्रमणको विरुद्धमा जुलुसमा सहभागि भएको, युद्दको बिरोध गरेको देख्नु प्रेरणादायी भएको छ । युक्रेनले तानाशाहीको सामना गर्न विश्वलाई ‘मास्टर क्लास’ दिइरहेको छ ।

अब के होला ?

रुसले आगामी दिनहरूमा युक्रेन र विशेष गरी कीभलाई पराजित गर्न सम्भव छ । तर नियन्त्रणमा लिइरहन सक्छ ? त्यो संभव देखिंदैन ।

अहिले नेतृत्वलाई अक्षुण्ण राख्नु र राष्ट्रपति जेलेन्स्कीलाई मार्न नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यद्यपि, जेलेन्स्कीको हत्या भैहालेमा पुटिनका लागि त्यसको मूल्य भयानक हुनेछ ।

पुटिनले उनको पछि हत्याराहरू पठाए पनि अग्र मोर्चामा उभिएरै लड्न तयार हुनु, भाग्न र अन्य देशमा शरण लिन अस्विकार गरेकोमा जेलेन्स्की अन्तर्राष्ट्रिय नायकको रूपमा छाएका छन् ।

दूर्घटना भैहालेमा वा हत्या गरेमा जेलेन्स्की एक महान शहीद बन्ने छन् जसले युक्रेनी सेनालाई थप उत्प्रेरित गर्दछ । उर्जा थपिदिने छ । पहिले नै राक्षसीका रुपमा हेरिएका पुटिनलाई झनै खलनायक बनाउने छ ।

पुटिन युक्रेनबाट निकै टाढाको मस्कोस्थित सुविधा सम्पन्न ठाउँमा हिटर तापेर बसिरहेका छन् जबकि राष्ट्रपति जेलेन्क्सी आफ्नो सैनिक भेस्ट लगाएर सेनासित उभिएका छन् ।

यदि कीभलाई कब्जा गरेपनि, कीभ पतन भएपनि कब्जामा लिने रूसी सैनिकहरूलाई कीभमा बस्न अत्यन्तै खराब स्थिति हुने छ । उनीहरूसँग विद्रोह नियन्त्रण गर्न सक्ने जनशक्तिको अभाव छ । र त्यहाँका प्रत्येक नागरिकले तिनीहरूलाई गोली हान्ने अवसरहरू खोज्नेछन् । त्यहाँ सहजै रुसी सेनालाई बस्न दिने छैनन् ।

यो युद्ध चलिरहँदा निर्दोष व्यक्तिहरूले भयानक मृत्यु ब्यहोर्नुपर्ने छ । थप क्षतीका तस्विरहहरु, अप्रिय घटनाहरु सतहमा आउनेछन् । यो पुटिनका लागि सबै खाले प्रकोपहरूको अब्बल रुप, चुकाउनुपर्ने उच्च मूल्य हुनेछ ।

हामीले भवनहरू भत्किएको र सडकहरूमा लाशहरू चकनाचुर भएको देख्ने छौं । वालवालिका मारिने छन् । पुटिनबिरुद्द विश्वको घृणा मात्र बढ्ने छ । तर दुखको कुरा, अब जे भयो त्यसभन्दा पछाडी फर्किने अवस्था छैन ।

महत्त्वपूर्ण के छ भने हामीले यो द्वन्द्वलाई दृश्यात्मक र अन्तरदृष्टिमा राख्छौं । कतै बाहिर देखिन्छ र पीडा दिन्छ । कतै भित्रि दिलमा चसक्क दुख्छ र पीडा भैराख्छ ।

सम्झनुहुन्छ ? पुटिनले आक्रमण गर्ने आफ्नो मनसायको बारेमा पुरै झूट बोलेका थिए । युद्दको चाख र तयारि नभएको बताउँदै आए । र त्यसपछि नाजी शासन, नाजी शक्तिलाई कमजोर पार्ने (डिनाजिफाङ्ग) को बहाना बनाए । बरु उनैको आक्रमण, हस्तक्षेप र युद्दनादले नाजिवादी हर्कत पो देखायो । उनले नाजीवाद बिरुद्दको आफ्नो प्रयास जे भनेका थिए कतै सिद्द गर्न, विश्वासयोग्य बनाउन सकेनन् ।

कल्पना गर्नुहोस्, तपाईंले त्यस्तो देशलाई निन्दा गर्दै हुनुहुन्छ जसको राष्ट्रपति शाब्दिक रूपमा यहूदी हुन् । युक्रेनमा के भइरहेको छ भनेर मलाई डर लाग्छ । त्रासदीको महसुस गर्छु ।

हुन त यो रूसी जनताको गल्ती पनि होइन । यो एक नीच नेताको कारणले हो जसले आफूलाई मात्र केही शक्तिशाली मुक्तिदाताको रूपमा सम्झिनेछन् भन्ने महत्वाकांक्षाको ख्याल राख्छ ।

नक्कली समाचार, जानकारिहरूको भुलभुलैयामा नपर्नुस् । रूसी विकृत अभियानहरू अहिले चलिरहेका छन् । तिनले यस्तै फैलाउने छन् । यो युद्दले वास्तवमा पुटिनकै अन्त्य गराउन सक्छ ।

(मेडियम डटकमको आलेखलाई भावानुवाद गरिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया