शनिबार, वैशाख ८, २०८१

फेरि सर्‍यो एनआरएनए निर्वाचन

नेपालप्लस संवाददाता२०७८ फागुन २४ गते १०:०९

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को मार्च २२ र २३ मा हुने भनिएको निर्वाचन फेरि सरेको छ । निर्वाचन समितिका प्रमुख अधिक्रित भीमसेन बजाराले आज मंगलवार एक सूचना प्रकाशित गर्दै निर्वाचन मार्च २४ र २५ मार्चमा सारेको जानकारि गराएका हुन् ।

निर्वाचनको अनलाईन मतदान गराउने भेण्डर कम्पनीले २२ र २३ मा निर्वाचन हुन नसक्ने एनआरएनए सचिवालयलाई जानकारि गराएको हुँदा निर्वाचन समितिले उक्त मितिमा निर्वाचन गराउन नसक्ने सूचनामा उल्लेख छ ।

निर्वाचनको मिति र उम्मेदवारी दर्ताको समय थप्ने निर्णय गरेकोले सचिवालयले निर्वाचन समय सार्न निर्वाचन समितिलाई पत्र पठाएको बन्जाराको पत्रबाट खुल्छ ।

नेपालप्लसको उच्च स्रोतका अनुसार भेण्डर कम्पनीले मतदान गराउन नसक्ने भनेको होइन । निर्वाचन सार्नकालागि भेण्डर कम्पनीको हवाला दिएर बच्ने प्रयास गरिएको हो ।

खासमा कुल आचार्य पक्षलाईपनि निर्वाचनमा सहभागि गराउने अन्तिम प्रयास भैरहेको छ । अर्को पक्षका मतदाताले मतदान गर्न अनिवार्य मानिएको सेल्फीपनि दिएका छैनन् । तिनलाई कसरि सहभागि गराउने, एकता कसरि कायम गर्ने भन्ने विषयमा अहिले अभियन्ताहरु अन्तिम वार्ता गरिरहेका छन् ।

निर्वाचन समितिको सूचना

त्यसैले एकताको सन्देश दिने, एनआरएनए एकजुट राख्ने प्रयास स्वरुप कुनै न कुनै खालको सहमति गरेर निर्वाचनपनि सहमतिमै गर्नकालागि यो निर्वाचनको मिति सारिएको हो ।

हालसम्म निर्वाचनको मिति घोषणा गरेर पाँच पटक सारिसकिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक