शुक्रबार, वैशाख १४, २०८१

आफैंले डुंगा बनाएर पानीमा तैरिन्छन् कमिला

नेपालप्लस संवाददाता२०७८ फागुन २४ गते १४:०५

Flicker photo

केहि कमिलाहरुले पातका डुंगा बनाएर पानीमा तैरिने र बाढीबाट बच्ने गरेको पत्ता लागेको छ । फायर आन्ट भनिने कमिलाहरुले पानीमा तैरिन सक्ने डुंगा बनाउने गरेको अनुसन्धानबाट पत्ता लागेको हो।

अमेरिकी अन्वेषकहरूले रेड आन्ट नामका कमिलाले पानीमा तरिने साना डुंगा (फ्लोटिंग राफ्ट्स) बनाउने प्रक्रियाहरू पत्ता लगाउन मोडलिङ प्रयोग गरेका छन् जसले रेड आन्ट कमिलाहरूलाई बाढीबाट बच्न मद्दत गर्दछ ।

अनुसन्धानदाताहरुले उल्लुको पखेंटाका हल्का प्वाँख देखि कमलको पातको चाक्लो परेको मोडेल प्रयोग गरेका छन् । कमलको पातले पानी तर्काउँछ र आफ्नो पात आफैं सफा गर्छ । कमिलाले प्वाँख र कमलको पात प्रयोग गरेका छन् कि भनेरपनि अध्ययन गरेका छन् । प्रकृतिबाट प्रेरणा लिनु इन्जिनियरिङ अनुसन्धानको लागि फलदायी माध्यम भएको भन्दै तिनले अनुसन्धान गरेका हुन् । यसबाट बिभिन्न खाले डिजाईन गरेर मानव हितकालागि प्रयोग गर्न सकिन्छ भन्ने ध्येय बैज्ञानिकहरुको छ ।

भर्खरैको अध्ययनमा अमेरिकाको कोलोराडो स्थित बोल्डर विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका दुई अनुसन्धानकर्ताहरूले फायर आन्ट (कमिला) हरूले कसरी पानीनसक्ने डुंगा जस्तो संरचनाहरू बनाउँछन् भनेर अनुसन्धानको काम गरे ।

‘फायर आन्ट’ कमिलाले बनाउने डुंगा गतिशील हुन्छन् । समयसँगै आकारपनि परिवर्तन हुन्छन् । डुंगामा कमिलाका दुई तह मिलेर बनेका हुन्छन् । एउटा तहले डुंगाको आकार बनाउँछ । अर्थात् ति तल्लो तहमा बस्छन् र सतह (पिंध) को काम गर्छन् । पानीमा उचालिने, तरिने आधार बनाउँछन् डुंगाको । दोस्रो खाले तह हुन्छ कमिलाको ति त्यसमाथि हुन्छन् जो आफ्ना साथीहरुर्माथि चलायमान रहन्छन् । ति तल बसेका आफ्ना साथीहरुमाथि टेकेर यता र उति घुमिरहन्छन् ।

समय बित्दै जाँदा कमिलाहरू माथिल्लो तहबाट झरेर आधार वा पिंधमा जान्छन् । पिंधमा हुनेहरु माथि लाग्छन् । यसरि बस्ने ठाउँ बदलिरहन्छन् ।

कमिलाले आफ्नो डुंगा दुनोट जस्तै आकारको बनाउँछन् ।

त्यो तरिका बुझ्न अनुसन्धनाकर्मीहरुले गणितीय मोडेलहरू डिजाइन गरे जसले कमिलाको व्यवहारलाई नक्कल गर्ने प्रयास गर्छ ।

अनुसन्धानकर्मीहरुले वास्तविक कमिलाहरूको सट्टामा कमिलाले जस्तै क्रियाकलाप गर्ने वा कमिलाको भूमिका खेल्ने (सिमुलेशन) हरू निर्माण गरे । तिनले कमिलाका लगभग २,००० ‘एजेन्टहरू’ प्रयोग गरे जुन केही सरल नियमहरू पालना गर्न प्रोग्राम गरिएको थियो । उदाहरणका लागि, माथिल्लो तहमा भएका एजेन्टहरूले तल्लो तहमा बसेका एजेन्टहरूले तोकेको ठाउँ मात्र ओगट्न सक्ने बनाइएको थियो । अन्यथा कमिलाहरू पानीमा खस्न सक्छन् ।

कमिलाहरुले आफूहरु बसेको ठाउँबाट अलिकति बाहिरी भाग निस्किने गरि बनाएको पाए । कमिलाहरु त्यसरि एकमाथि अर्को खाँदिएर वा थुप्रो लागेर बस्दा ननिस्सासिने गरि बनाए । कमिलाहरु बढी सक्रिया हुँदा त्यस्ता भाग बढी गठन हुने रहेछन् ।

कोलोराडोस्थित बोल्डर विश्वविद्यालयका अनुसन्धान दाता वाग्नर भन्छन्, “यी प्रोट्रुसन (हावा छिर्ने, बाहिर निस्किएको त्यो भाग जसलाई नेपालीमा बहिक्षेपण, बहिसरणपनि भनिन्छ) को छेउमा रहेका कमिलाहरू लगभग किनारबाट पानीमा धकेलिन्छन् जसले भाग्न सहज पार्छ”।

त्यस्ता खाली भाग वा बाहिर निस्किएको भागले कमिलाहरुलाई कुनै भग्नावशेष वा सुख्खा जमिन फेला पार्न मद्दत गर्छ । त्यस्तो बाहिर निस्किएको भाग भग्नावशेषमा पुगेर छोइन्छ र कमिलाले त्यो थाह पाएर त्यहिंबाट बाहिर निस्किन्छन् ।

वरिष्ठ लेखक फ्रान्क भेर्नेरे भन्छन्, “एकल कमिलाहरू सोचेजस्तो तगडा, चलाख, अक्किल भएका हुँदैनन् । तर सामूहिक रूपमा तिनीहरू धेरै बुद्धिमान हुन्छन् । तिनले लचिलो समुदाय बनाउँछन्।”

यो खोजले कमिलाहरू जस्तै नियमहरू पालना गर्ने झुण्डहरूमा काम गर्ने रोबोटहरूको डिजाइनमा मद्दत गर्न सक्छ भन्ने आशा अन्वेषकहरूको छ ।

तपाइँको प्रतिक्रिया