शुक्रबार, जेठ १३, २०७९

जेलेन्स्की पथका खतरा

कोरी साकोता दातेर२०७८ फागुन २४ गते २१:११

Screen shot via dailynigerian.com

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निस्सन्देह युद्धकालका एक अभूतपूर्व नेता हुन् । तर उनले अन्य क्षेत्रहरूमा गहिरो त्रुटिपूर्ण काम गरेका छन् । हामीले उनलाई मूर्ति पूजा गरे जस्तो बनाउने प्रलोभनको प्रतिरोध गर्नुपर्छ ।

पश्चिमी संसारका चौर, चोक, सडकका भीडहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बोलेको हेर्न ब्यस्त छन् । ठूला टिभी पर्दाहरूका अगाडि भेला भएका छन् ती ।

केही वर्षअघि मात्रै कोभिड–१९ को नियमका कारण यस्ता जमघटमा रोक लगाइएको थियो । अहिले धेरै मानिस रुसको बिरोध गर्न भेला भएका छन् । स्वास्थ्यको डर वा कोरोनाको खतरा बाँकीनै रहेपनि ति मध्ये धेरै मानिसहरूले मूर्खतापूर्ण र सार्वजनिक स्वास्थ्यको खतरा निम्त्याउने कामको उपहास गरेको देखिएको छ । रुसको बिरोध र जेलेन्स्कीको प्रशंसा गर्दा कोरोनाले छुन्न जस्तो ठानेका छन् । कतिपय देशमा स्वास्थ्यका नियमहरुलाई ति भेला हुनेले खारेज गरेका छन् ।

तर अहिले यस्तो देखिन्छ, सामूहिक समाजले अँगालो हाल्नकालागि नयाँ कारणसहितको पात्र फेला पारेको छ । मूर्ति बनाएर पूजा गर्ने नयाँ व्यक्तित्व । मेरो आफ्नै देश अमेरिकामा वर्षौंको दौडानमा मैले हेरेको छु, समाजको ठूलो भागले बराक ओबामा, एन्ड्रयू कुमो वा डोनाल्ड ट्रम्पलाई पुज्ने गरेका छन् । भिड लाग्ने गरेको छ, तिनका कुरा सुन्न । ति बहुचर्चित व्यक्तित्वहरूको फ्यान बनेका छन् ।

मलाई लाग्छ, यो राम्रोसँग स्थापित पश्चिमी सेलिब्रिटी संस्कृतिको तार्किक परिणाम हो । यो संस्कृति फ्रान्सेली दार्शनिक गी देबोर्डले आफ्नो उपनाम पुस्तकमा ‘सोसाईटी अफ स्पेक्टेकल’ (तस्माको समाज) भनेर उल्लेख गरेको जस्तो देखिन्छ । यस्तो समाजमा मानिसहरू वस्तुको सट्टा फोटोमा आकर्षित हुन्छन् । हाउभाउमा झुम्मिन्छन् । प्रतिनिधित्वमा बढी चिन्तित हुन्छन् । जालेन्स्कीको पक्षमा त्यस्तै भएको छ ।

जेलेन्स्कीलाई मूर्तिकरण गरिने यस्तै धेरै पक्षहरू छन् । स्पष्ट रूपमा भन्ने हो भने उनको ब्यक्तित्वको अति चर्चा र वास्तबिकतामा ठूलो भिन्नताहरू छन् । उनको व्यक्तित्वको वरिपरि विकास भइरहेको अहिलेको पथमा झुटा नेत्रित्वको महत्वाकांक्षा र चर्चित नेत्रित्वकर्ताको भोग, काल्पनिक नेत्रित्व वा काल्पनिक स्थलमा पुर्‍याउने (डिस्टोपिया) को हावा छ । पश्चिमी समाजले नयाँ मूर्तिको खोजी गर्दा तिनीहरूले जेलेन्स्कीमा भेट्टाए । उनले त्यहि मूल्यको लागि आफ्नो देशमा रूसी आक्रमणको प्रभावशाली प्रतिरोध गर्दै छन् ।

कुनै न कुनै एक ब्यक्तिले श्रेय पाउनुपर्छ । जेलेन्स्की एक अभूतपूर्व युद्धकालको नेता हो भनेर चिन्नुपनि पर्छ । तर अनावस्यक प्रशंसा, चर्चा भने गरिनुहुन्न । हामीले उनका कमजोरीहरू पहिचान गर्न सक्नुपर्छ । उनलाई मूर्ति बनाउने प्रलोभनको प्रतिरोध गर्न इच्छुक हुनुपर्छ।

वास्तवमा उनले रुसी सेनाहरू विरुद्ध साहसी र अत्यन्त प्रभावकारी प्रतिरोधको नेतृत्व गरे । जेलेन्स्की लोकतन्त्र वा मानव अधिकारको रक्षा गर्न आइपुगेको चम्किलो कवचमा उभिएका पात्र भने होइनन् । उनी संक्षेपमा भन्नुपर्दा स्वतन्त्र संसारको अनुहारपनि होइनन् । वा विश्वका नायकपनि होइनन् । युक्रेनका राष्ट्रपति हुन् । अर्को राजनीतिज्ञ हुन् । र रुसी आक्रमण नभएसम्म युक्रेनमा अत्यन्त अलोकप्रिय पात्र हुन् ।

युक्रेन लगातार विश्वको सबैभन्दा भ्रष्ट देशको सूचीमा रहेको छ । यस तथ्यलाई रोक्छु भन्ने उनको बाचा थियो । निराशा र भ्रष्टाचारलाई रोक्ने उनको वाचाको कारणले जेलेस्न्कीलाई आंशिक रूपमा सत्तामा पुर्‍यायो । केही हदसम्म उनले गरेपनि । तर ओल्गा रुडेन्कोले न्यूयोर्क टाइम्समा उल्लेख गरेझैं यो काम उनले चयन गरिगरि फत्ते गरेका थिए । उनले त्यो काम गर्दापनि निकट र टाढाका पात्र हेरिहेरि छानेका थिए ।

भ्रष्टाचारले जेलेन्स्कीलाई धेरै चिन्ता मानेको देखिँदैन । कमसेकम जब भ्रस्टाचारमै संलग्न व्यक्तिहरू उनको नजिक छन् । मार्च २०२० मा उनको चीफ अफ स्टाफको भाइले पैसाको लागि सरकारी पदहरू प्रस्ताव गर्दै गरेका बेला समातिए । त्यो बेला जेलेन्स्कीले केही गरेनन् ।

युद्द अघि भर्खरै, एक शीर्ष सांसदले मादक पदार्थ सेवन गरी एक प्रहरी अधिकारीलाई कार दुर्घटना भएको ठाउँमा घुस दिएको खुल्यो । क्यामेरामै खिचिएको थियो र उनलाई समातिएको थियो । जनता आक्रोशित थिए । तर कारवाहिकालागि जेलेन्स्कीले एक अस्वीकृत टिप्पणी गरे उल्टो । गनगन गरे । कुनै कारवाहि नगरि आफ्नै तालले अगाडि बढे । राष्ट्रपतिले निर्माण गरेको सुन्दर नवनिर्मित सडक पनि विवादमा परेको छ । खरिद प्रकृयामा धाँधली भएको भनिएको छ । लागत मुल्य भन्दा खर्च भएको भनिएको मूल्य निकै चर्को भएको मानिन्छ ।

जेलेन्स्की आफैंले ओलिगार्च (कुलिन, घरानिया, संभ्रान्त वर्ग) को लागी काम गरे । आफ्नो धेरै सम्पत्ति जोगाएर, लुकाएर वा स्रोत नखुलाई राखे । यस अभ्यासको बिरूद्ध विरोध गरे तापनि आफूले त्यहि गरे । उनको भ्रष्टाचार अनुसन्धानहरु धेरै राजनीतिक प्रकृतिका भएकोपनि देखिन्छ ।

जेलेन्स्कीसँग मिलेर उनको सरकारको भ्रष्टाचार र कुलीन वर्गको खोजी गर्ने प्रयास गर्ने पत्रकारहरूलाई सताईयो । जबकि विपक्षी टिभी आउटलेटहरूलाई स्वीकृत गरियो । उनीहरूले रूसबारे सरकारी लाइनमाथि औंला नउठाएमा स्विक्रित गरियो । जसले आलोचना गर्छ सताउने काम भयो । यसबाहेक उनले अरू धेरैजस्तै आतंकवाद शब्दलाई दयनीय बनाए । तर शक्तिशाली बनाउने बहानाको रूपमा राजनीतिकरण गरे जसमा विपक्षी सांसदहरूलाई आर्थिक सहयोग गरेको आरोप लगाइएको थियो । कुनै प्रमाण भने कहिल्यै दिइएन ।

जुन २०२१ सम्म जेलेन्स्कीको पक्षमा जम्मा करिब २० प्रतिशत मत थियो । युद्ध सुरु भएदेखि केही सर्वेक्षणहरूले उनलाई ९० प्रतिशतमा राखे। उनी दिनप्रतिदिन शक्ति र लोकप्रियता गुमाउने क्रममा थिए । उनले आफूलाई सम्भावित रूपमा निर्वासित सरकारको नेतृत्व गरिरहेको जस्तो बनाए । वा लिभिभमा रहेको सानो बिभाजित राज्य जसरि युक्रेनलाई चलाउन खोजे ।

अभिव्यक्ति स्वतन्त्रता र भेलाको सन्दर्भमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनका रूपमा संयुक्त राष्ट्र संघले उनको अधिनायकवादी अभ्यासहरूको निन्दा गरिसकेका हुन् । तैपनि धेरै पश्चिमीले बेवास्ता गरेका छन् । वा अपमानित राजनीतिज्ञको उनको छबीलाई युद्ध नायकमा रुपान्तरण गरेर प्रोपोगाण्डा फैलाएका छन् । उनको राजनीतिक रूपान्तरण गराएर प्रचारको प्रोपोगाण्डा खरिद गरेका छन् ।

युद्ध नायकको रूपमा उनको नयाँ छबी बनाइएको छ । तथापि, यस युद्धमा संकट वृद्धि भएको छ । त्यो संकटले आफ्नै भूमिकालाई बेवास्ता मात्र गर्दैन कि यसले यो अँध्यारो अतीतलाई देखाउँछ । र खतरनाक रूपमा अस्पष्टपनि बनाउँछ ।

कसै-कसैले प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्न युक्रेनमा आफ्नो संलग्नता बढाउन पश्चिमलाई आह्वान गरेका छन् । युद्ध अघि युक्रेनमा त्यो थिएन । केहि मानिसहरू यस्तो अवस्थासम्म पुगेका छन् कि ‘हामीले आणविक युद्धको जोखिम लिनुपर्छ, नत्र युरोपका बाँकी लोकतन्त्रहरू एक-एक गरेर रूसी भालुको पन्जामा पुग्छ’ भन्छन् । आणविक युद्दमा पुगेपछि रूससँग त्यसबिरुद्द परिचालन क्षमता छैन भन्ने सोच्छन् ।

जेलेन्स्की पथ पश्चिमका लागि आफ्ना नागरिकहरूलाई आश्वस्त पार्न उपयोगी हुन सक्छ । यो खराबी विरुद्धको लडाईमा असल पक्षमा छ । अन्ततः यसले एक मनोवैज्ञानिक असर पार्न सक्छ । यो पथले हामीलाई अन्ततः विनाशको बाटोमा तान्न सक्छ । जेलेन्स्कीले आफ्नो सिमानाभन्दा धेरै टाढा समर्थन जुटाउँदै छन् । उनीहरूभन्दा बाहिरका मानिसहरूसँग प्रत्यक्ष कुरा गर्दै आफ्नै राजनीतिक फाइदामा चासो राख्ने अदूरदर्शी राजनीतिज्ञहरूसित आस्वस्त हुन खोजेका छन् । सहयोगको याचना गरेका छन् । ‘युक्रेनलाई नो-फ्लाई जोन” घोषणागर्ने जस्ता लापरवाह निर्णय लिन सक्छन् ।

तर कुनै जादूको छडी हल्लाएर ‘नो-फ्लाइ जोन’ बन्ने होइन । यसले परमाणु सशस्त्र शक्तिसँग प्रत्यक्ष टकराव भएको हुनुपर्ने मान्यता राख्छ । नाटो मार्फत पश्चिमी राष्ट्रहरूले हवाई सर्वोच्चता कायम राख्न रूसी जेट विमानहरू खसाल्न र रूसी ‘एन्टी-एयर डिफेन्स’ हरूमा बमबारी गर्न आफूलाई प्रतिबद्ध गर्नुपर्नेछ । यसबाहेक तिनीहरूले जमिनमा सैन्य बुट बजार्ने प्रतिबद्दता गर्नुपर्छ । यो भयो भने झन स्पष्ट छ, यसले एक ठूलो युद्दलाई वृद्धि गराउने छ जसलाई रूसले जवाफ दिने स्पष्ट छ।

तैपनि जेलेन्स्कीलाई युद्धले बनाएको होइन । कुशल युद्धकर्ताको रूपमा स्थापित बनाउँदैनन् भन्ने कथालाई स्वीकार गर्ने छन् मानिसहरुले । युक्रेनलाई युरोपमा समाहित गराउने र रुसी साम्राज्यवादी महत्वाकांक्षाहरूबाट अलग राख्ने उनको प्रमुख कथा टुट्नेछ । उनको यस पथलाई अलग गर्नु अत्यावश्यक हुन्छ । किनकि यो पथ एउटा ठूलो मिथकको अंशको रूपमा रहेको छ । यहि मिथकले यो बेतुकको युद्धलाई असल र खराबको रूपमा हेर्छ । त्यसको सट्टा यो युद्ध भनेको ईतिहासका, अघिला युद्धहरू जस्तै युद्ध हो । सधैंको लागि युद्ध हो र यो शक्तिकालागि हो।

(मेडियम डेली डटकमबाट भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक