मंगलबार, वैशाख ११, २०८१

रुसी सेना घेरा हाल्दै युक्रेनको राजधानी नजिक

नेपालप्लस संवाददाता२०७८ फागुन २४ गते २२:४४

रूसी सेनाको गोलाबारी पछि कीभ नजिकैको बुचामा विनाशको दृश्य . foto- screen shot worldcrunch.com

फर्वरी २४ मा युक्रेनमा रुसी आक्रमण सुरु भएदेखि हरेक दिन बित्दै जाँदा रुसी सेना राजधानीलाई घेरा हाल्दै कीभको नजिक पुगेको छ । अहिले सबैभन्दा कठोर लडाईहरू शहरको उत्तरपश्चिममा भएको छ । राजधानी किभबाट लगभग ३० किलोमिटर टाढा ।

रुसी सेनाको मुख्य उद्देश्य युक्रेनको राजधानी कीभलाई घेरा हालेर कब्जा गर्नु हो। फर्वरी २४ मा द्वन्द्व सुरु भएको धेरै घण्टा पछि रुसीहरूले राजधानीबाट मात्र २७ किलोमिटर टाढाको साइटलाई कब्जा गर्ने उद्देश्यले हेलिकप्टरबाट हमला गरेका थिए । उनीहरुले होस्टमेल नजिकैको विमानस्थललाई निशाना बनाएका थिए ।

फ्रँस २४ न्युजका अनुसार कीभको उत्तरपश्चिममा रहेको सोही विमानस्थल नजिक अझै भीषण लडाइँ भइरहेको छ । मार्च ३ मा युक्रेनी विशेष सैनिक बलहरूले भिडियोहरू खिचेका थिए जसमा रूसी सैनिकहरू मारिएको देखिएको छ । तिनीहरूका ट्याङ्कहरू उल्लेखनीय रूपमा क्षतिग्रस्त भएका थिए । भिडियोहरू बिभिन्न स्थानमा राखिएका थिए, किभबाट २० किलोमिटर टाढा । होस्टोमेल र इप्रिन शहरको बीचको सिमानामा उनीहरुले तस्विर खिचेका थिए।

मार्च ३ मा युक्रेनको उत्तरमा खिचिएको भिडियोले युक्रेनी सैनिकहरू चारवटा नष्ट गरिएका रुसी बि एम डी ब्लम्ड् एयरबोर्न लडाकू गाडीहरूसँगै उभिएको देखाएको छ ।

इरपिनमा आइतवार मार्च ६ मा सैन्य अपरेसनबाट भाग्न खोजिरहेका कम्तिमा चार जना नागरिकको मृत्यु भएको थियो । रूसी सेनाको आगमनलाई रोक्न वा ढिलो पारिदिन युक्रेनी सेनाले शहरको दक्षिणमा रहेको एउटा पुल ध्वस्त पार्यो ।

फ्रँस न्युज २४ का पत्रकारहरु अहिलेपनि युद्दग्रस्त क्षेत्रमा रिपोर्टिङमा छन् । फ्रँस २४ न्युजका अनुसार रुसी सेना अझै अगाडि बढिरहेको छ । नागरिक पहिचानको रक्षा गर्न युक्रेनी सेनाले खिचेका भिडियोहरु सावजनिक नगरेको उल्लेख गरेको छ ।

इरपिन रुसी सेनाले ताकेको एक मात्र सहर होइन बरु ति राजधानीको पश्चिमतर्फ पनि अगाडि बढिरहेका छन् । बरु तिनको उद्देश्य किभलाई घेर्नु हो । हवाई हमला, तोप फायर र लडाइँले त्यो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। लडाईबाट निस्किएको आगो नाफासको उपकरणमा देख्न सकिन्छ । नासाको उपकरणले उपग्रहहरुबाट आगोको फोटोहरु खिच्ने गर्छ ।

लडाइँले किभको उत्तरपश्चिम इरपिनको छिमेकी सहर बुचाको पूर्वाधार पनि ध्वस्त पारेको छ । स्थानियबाट लिएको भिडियोहरूले सडकमा सैनिक र बुचाको केन्द्रबाट धुवाँको ठूलो मुस्लो निस्किरहेको देखाएको छ ।

“बुचामा मेरा धेरै परिवारका सदस्यहरू अहिले बिजुली, तातो, ग्यास र सञ्चारविहीन छन् । तिनीहरू सारा संसारबाट बिच्छेद देखिन्छन् । उनीहरूसँग मद्दतको लागि कतै पनि कोहि छैन । त्यही कारणले गर्दा मेरा आमाबुबा र म बुचाबाट भाग्नुपर्‍यो । हाम्रो घर बिजुलीमा निर्भर थियो । त्यसैले यो बिना हामीसँग न हिटर छ न तातो खाना पानीनै” बुचाबाट भागेकी एक महिलाको भनाई भन्दै फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।
उत्तरतर्फ रुसी सेना चेचेन लडाकुहरूलाई सुदृढ भएर आउन पर्खिरहेको छ। मार्च ७ मा प्रकाशित दुई भिडियोहरूले चेचेन सहायक सेनाहरू मुस्कुराउँदै, सामान्य रूसी सैनिकहरू भन्दा धेरै उन्नत उपकरणहरूले सुसज्जित भएको देखाउँछन्।

किभको पश्चिम र उत्तरपश्चिममा सेनालाई अगाडि बढाउनुका साथै रुसी सेनाले तोपखाना र क्रुज मिसाइलहरू प्रयोग गरेर आक्रमण गरिरहेको छ ।

भिडियोहरूले रुसका धेरै रकेट लन्चरहरूले शहरको लगभग ५० किलोमिटर पूर्वबाट कीभतर्फ फायर गरिरहेको देखाउँछन् ।

रुसीहरूले युक्रेनी सेनालाई नागरिकको पछाडि बसेर आक्रमण गरेको समाचारमा उल्लेख गरिएको छ । ड्रोनद्वारा लिएको भिडियो फुटेजमा हवाई माध्यम द्वारा गोलाबारी गरेको देखाईएको छ । गोलाबारी रुसी सेनाद्वारा सिधै गाउँबाट गरिएको थियो ।

क्रुज मिसाइलहरू मार्च ६ मा कीभबाट १८० किलोमिटर दक्षिणपश्चिममा रहेको विनितसिया एयरपोर्टतर्फ प्रहार गरिएको थियो । युक्रेनी अखबार कीभ इन्डिपेन्डेन्टले यी आक्रमणहरूले विमानस्थल ध्वस्त भएको बताएको छ ।

यो हमला राजधानीबाट धेरै टाढा भएको भएपनि यो रुसी सेनाले युक्रेनी सेनालाई कमजोर बनाउन र राजधानीमा ओर्लिने समग्र रणनीतिको एक हिस्सा हो । यद्यपि, रूसी आक्रमणको १३ औं दिनमा कीभ अझै पनि स्वतन्त्र छ ।

(स्रोत-फ्रँस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक