शनिबार, वैशाख ८, २०८१

एनआरएनएमा तीन दर्जन भन्दा बढीको उमेदवारी, आचार्य पक्षका शुन्य

नेपालप्लस संवाददाता२०७८ फागुन २५ गते १७:०७

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनका लागि तीन दर्जनभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएपनि कुल आचार्य पक्षका भने एक जनालेपनि दर्ता गराएका छैनन् ।

एनआरएनएलाई एक ढिक्का राख्न कुल आचार्य र शेष घले पक्षसहित सहमति गराएर सहमतिमै निर्वाचन गराउने भन्दै मनोनयनको समय तीन दिन बढाएर शुक्रवारसम्म पुर्‍याइएको छ ।

कुल आचार्य पक्षसित वार्ता गरेर सहमति जुटाउन भन्दै मध्यमार्गी भूमिका खेल्दै आएका महेश श्रेष्ठ बुधववारनै काठमाडौं पुग्ने कार्यक्रम तय भएको थियो । अध्यक्ष कुमार पन्तपनि अन्तिम वार्ताकालागि अकस्मात काठमाडौं जाने तरखरमा थिए ।

एनआरएनए निर्वाचनकालागि अन्तिम वार्ताकोलागि तयारी भैरहेकाले उम्मेदवारी दर्ताकालागि केहि उच्चस्तरिय पदका संभावित उम्मेदवारेहरुले मंगलवारसम्म उम्मेदवारी दर्ता गराएका थिएनन् ।

अन्तिमा वार्त अभएर सहमति भैहाल्छ कि भनेर कुर्नेहरुमा डा. बद्रि केसी, गौरीराज जोशी, महेश श्रेष्ठ, डा. हेमराज शर्मा लगायत थिए ।

तर रबीना थापाले भने अध्यक्ष पदमा मंगलवारनै उम्मेदवारी दर्ता गराएकि थिईन् । आज बुधवार अध्यक्ष पदमै डा. बद्रि केसीले अध्यक्ष पदमा र डा. हेमराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । बद्रि केसी र शर्माले उम्मेदवारी दर्ता गराएपछि सहमति नभन्ने स्थितिले हो कि भन्ने आँकलनसमेत गरिएको छ ।

हालसम्म परेको उम्मेदवारीमा कुल आचार्य पक्षको कोहिपनि सम्पग्न छैन । यसले अझैपनि एनआरएनएमा अन्तिम सहमति नभएको बुझिएको छ । तर नेपालप्लस स्रोतका अनुसार भोली बिहिवार काठमाडौंमा उपलब्ध उच्च पदका आकांक्षीका साथै जीवा लामिछाने, डा. उपेन्द्र महतो, कुमार पन्त, महेश श्रेष्ठ, कुल आचार्य, रबीना थापाबिचमा अन्तिम वार्ता गर्ने तयारि भैरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक