शुक्रबार, जेठ १३, २०७९

पुटिनले पहिले नै जितिसके, तर कोहि स्वीकार्न चाहन्न

जेसिका वाईल्डफायर२०७८ फागुन २५ गते १८:३१

रुसी राष्ट्रपती पुटीन

भ्लादिमीर पुटिनले पुस्तकहरूमा हरेक युद्ध अपराध गरिरहँदा पनि जर्मनीले रूसबाट तेल र प्राकृतिक ग्यास किन्न जारी राख्ने योजना घोषणा गर्‍यो । त्यसैले पुटीनको बिरोधको आजसम्म कुनै पनि अर्थ भएन । चीनले हालै रुसको समर्थनमा युक्रेनमाथिको आक्रमणको निन्दा गर्न अस्वीकार गर्‍यो । र उनीहरूलाई प्रमुख रणनीतिक साझेदार भनेको छ । यसबाट सबै कुराको अर्थ खुल्छ ।

जर्मन चान्सलर स्कोल्जको टिप्पणीले मलाई २००८ को सम्झना दिलाउँछ, जब अमेरिकीहरूलाई आफ्नो अर्थतन्त्रलाई धराशायी बनाउने धेरै बैंक र शिकारी ऋणदाताहरू (प्रिडेटोरी लेन्न्डर्स) लाई जमानत दिन भनिएको थियो । ती सीईओहरूले हाम्रो पैसालाई ठूलो बोनस दिएर पुरस्कृत गर्न र स्टकहरू किन्नको लागि प्रयोग गरे । यद्यपि उनीहरूले मूल्य बढाए । कामदारहरूलाई हटाए । तिनीहरूमध्ये कसैले एक दिन पनि न्याय देखेनन् । तिनीहरू अर्थतन्त्रलाई फेरि ध्वस्त पार्ने सबै हतकण्डा अपनाए । हामीले किन भनेर सोध्यौं । हामीलाई भनिएको थियो “यी बैंकहरू असफल हुन सक्दैनन् । किनकि ति धेरै ठूला बैंक हुन् । अर्को शब्दमा भन्नुपर्दा हामी हाम्रो शत्रुमा भर पर्यौं । तिनैका कुरा पत्यायौं । यो हुनु एक खराब स्थिति हो । र अझै, हामी त्यहि स्थितिमै छौं ।

विश्वका अन्य धेरै नेता भन्दा पुटीन फरक छन् । उनलाई आफूले के गरिरहेको छु भन्ने कुरा राम्ररी थाहा छ ।

मैले यसो भनिरहँदा तपाईले मलाई असत्य, निराशावादी भन्न सक्नुहुन्छ । ठिक छ । मलाई लाग्छ कि मानव अधिकार र लोकतन्त्र बारेमा ओंठे जवाफ दिनु मूर्खतापूर्ण हुन्छ । नबोलिएको सत्य के हो भने तथाकथित “स्वतन्त्र संसार” ले आफैलाई एक घातक कुनामा लगेर चित्रित गरेको छ । मानव अधिकार र लोकतन्त्रले अहिलेको यो जीवन बचाउने काम गर्नका लागि असक्षम देखिएको छ । हामी युक्रेन र भविष्यमा युक्रेन बन्ने सबैकालागि धेरै कुरा गर्न सक्दैनौं जबसम्म हामीले रुसलाई आर्थिक रूपमा वा अन्यथा खतरामा पार्ने नाटक गर्न छोड्दैनौं । हामीले कत्ति नराम्रो रूपमा फस्यौं र रुसलाई फसाउन खोज्यौं भनेर स्वीकार गर्न थाल्दैनौं ।

त्यसैले मेरो लेखन पुटिनले युक्रेनमा आक्रमण गरेको ठूलो गल्तीको बारेमा कुरा गर्दै यस महिना धेरै विश्वस्त हुन सकिने तर्कहरुको सन्तुलित प्रवाह गर्नु हो । केहि मानिसहरु, पुटीन बिरोधीहरु आफैं घमण्डी तर पुटीनलाई घमण्डी भन्ने स्वरमा बोल्छन्। यी तिनै स्तम्भकारहरू हुन् जसले महामारीको अन्त्यको भविष्यवाणी गरिरहन्छन् । तिनीहरू भन्छन् कि पुटिनले आफ्नो हात आफैंले छोप्ने काम गरे । अर्थात् आफूले आफैंलाई हराउने खेल खेले ।

तिनीहरू भन्छन् कि पुटिनले नाटोलाई कम आँकलन गरे । उसले पश्चिमी लचिलोपन र संकल्पलाई कम मूल्याङ्कन गर्यो । तिनीहरू भन्छन् कि उनी मानसिक रुपमा रोगी, दम्भी, अबुझ हुन् । उनले संसारबाट एक्लै रहेर धेरै समय बिताएका छन् । त्यसैले उनी एकलकाटे हुन् । सायद हामी गलत छौं ।

हुनसक्छ हामी पुटिनको योजना बुझ्दैनौं । किनभने हामीले अलि फराकिलो तस्वीर हेरिरहेका छैनौं । सायद हामीले बुझेनौं । पुटिनले चरम, यथार्थरुपमा गणना र आँकलनसहितको जोखिम उठाइरहेका छन् ।

बारम्बार, पश्चिमी र विशेष गरी अमेरिकीहरू ट्रम्प र पुटिन जस्ता पुरुषहरूको दिमाग बुझ्न असफल हुन्छन् । धेरै अमेरिकीहरू अल्छी, अहंकारी, हठी, आफ्नै हकमात्रै हेर्ने र स्वार्थी छन् । तर तिनीहरू मनोरोगी भने होइनन् । मनोरोगका अछुतो भने छैनन् ।

संवन्धित : रूसले कहिल्यै जित्ने छैन

तिनीहरूसँग एक खाले तर्क छ जुन स्तरहरूमा काम गर्दछन् जुन हामी मध्ये धेरैले बुझ्न सक्दैनौं । एक मिनेटको लागि विचार गर्नुहोस् कि एनरहोडारको जापोरिज्जिया आणविक ऊर्जा प्लान्टमा गोलाबारी पूर्ण रूपमा जानाजानी गरिएको थियो । त्यो अनियमित, विचारहीन हिंसा मात्र होइन । यो के हो भने यसले नाटकीय रूपमा पुटीनले सम्पूर्ण विश्वलाई पठाएको सन्देशलाई मुखरित गरेको हो । उसले आफ्नो बाटोमा आउने जो कोहीलाई पूर्ण विनाश ल्याइदिने छ भन्ने सन्देश हो । उसले सम्पूर्ण महादेशलाई जलाउनेछ । हेर्दा अभिनय गरे जस्तो लाग्छ । तर बकवास होइन कि तपाईंलाई एक राम्रो शक्तिशाली स्थितिमा राख्छ त्यसले । पुटीनले त्यहि गरे ।

पक्कैपनि यो आतंककारी कार्य थियो । शान्ति वार्ता र मानवीय सहायतामा पनि यही रणनीति लागू हुन्छ । तिनीहरूले शान्ति र निकासी मार्गहरू थुन्छन् । त्यसपछि उनीहरू भाग्न खोज्दा नागरिकहरूलाई बमबारी गर्छन् । छोडिएको एउटा बाटो पनि बारुदी सुरंगले भरिएको थियो त्यहाँ । यो जानाजानी गरिएको लाग्छ ।

यो सबै मनोवैज्ञानिक युद्ध को एक धेरै क्रूर रूप हो । त्यहि रूपमा महसुस गरिन्छ । पीडाको अधिकतम मात्राको लागी डिजाइन गरिएको हो यो युद्ध । जुनसुकै युद्धमा पीडा हुन्छ । युद्ध भन्नुनै पीडा हो ।

संवन्धित : जेलेन्स्की पथका खतरा

रुसी सेनाले युक्रेनलाई छिटो नियन्त्रणमा लिएको छैन । यो पुटिनको अनाड़ी रणनीतिको संकेत हो भन्ने तर्क गर्नेपनि छन् । अमेरिकाको ट्र्याक रेकर्डलाई विचार गर्नुहोस् । सन् २००३ मा इराकमा प्रारम्भिक चरणकै अमेरिकी आक्रमण एक महिना भन्दा बढी चल्यो । हामीले त्यहाँ कब्जा गर्न अर्को १७ वर्ष बितायौं । र त्यसपछिपनि लगभग केहि पनि हासिल गर्न सकेनौं, त्यतिका वर्ष लड्दापनि ।

अमेरिकाले आफ्नो सेनाकोलागि खरब डलर खर्च गर्छ । र हामी पनि मुकदर्शक बन्नुबाहेक धेरै गर्न सक्दैनौं । यदि तपाईंले मलाई सोध्नुभयो भने हामी अर्को विश्व नेताको सैन्य क्षमता कति छ भनेर आँकलन गर्न, सैन्य क्षमताको न्याय गर्न योग्य छैनौं ।

पुटिनले सबैलाई विभाजित गरे

अमेरिकामा रिपब्लिकनहरूले हालै केही रोचक कुराहरू गरिरहेका छन् । एकातिर तिनीहरूमध्ये केहीले पुटिनको हत्याको लागि सार्वजनिक रूपमा चिच्याइरहेका छन्। तिनीहरूमध्ये केहीले ‘युक्रेनलाई धेरै मद्दत गरौं’ भनेर माग गरिरहेका छन् । ति फेरि अर्कोतिर ग्यासको मूल्यको बारेमा रोइरहेका छन् । तिनीहरूमध्ये केहीले पुटिनको आक्रमणलाई दोष दिइरहेका छन् । यसको कुनै अर्थ छैन । यो मुर्ख काम, बहुलठ्ठी रुवाई देखिन्छ।

रिपब्लिकनहरूले भनेका वा गरेका कुनैपनि कुराको कुनै अर्थ छैन जबसम्म तपाईं हराएको दिशाहिनता यथार्थपूर्ण शान्तिमा बदलिँदैन । यी यस्ता गधाहरू हुन् जो अझै पनि पुटिनको पेरोलमा छन् । र तिनीहरू जानाजानी विभाजनको बिउ रोपिरहेका छन्।
यदि तपाईं अमेरिकी देशभक्त जस्तो देखिएर रूसलाई मद्दत गर्न चाहनुहुन्छ भने तपाईंले आफैंलाई तमाशा बनाउनुपर्छ । तपाईले आफैंबिरुद्द चर्को आवाज उठाएको हुनुपर्छ । कुनै पनि कार्यकालागि योग्य योजना प्रस्ताव नगर्दाको परिणाम । यदि तपाईंले पुटिनबाट सबैलाई विचलित गर्न सक्नुहुन्छ भने बोनस पाउन लायक हुनुहुन्छ । ग्यासको मूल्य वा अन्य चीजहरूको बारेमा कुराकानी गर्न सक्नुहुन्छ । रुसी वस्तु अस्विकार गर्नसक्नुपर्छ । अनि हेर्नुस् बल्ल त्यसको अर्थ लाग्छ ।

पुटिनले युरोप जित्न आवश्यक छैन

गत हप्ता मैले पुटिनको अन्तिम खेलको बारेमा सोचें । मैले एक मिनेटको लागि मेरो मानशिक रोगको टोपी नफुकालेसम्म यसको कुनै अर्थ थिएन । पुटिनले अर्को देशमा आक्रमण गर्ने कि नगर्ने भनेर हामीले बहस गरिरहेका छौं । त्यसको पनि कुनै अर्थ छैन ।

पुटिनले अन्य देशहरूमा आक्रमण गर्नुपर्दैन । उसले वास्तवमा युक्रेनको सरकार कब्जा गर्न आवश्यकपनि छैन । उनले तिनीहरूलाई बाहिर एउटा उदाहरण देखाउनु मात्रै आवश्यक छ।

यो युद्ध वर्षौंदेखि चलिरहेको जस्तो लाग्छ । वास्तवमा यो अझै दुई हप्ता पनि भएको छैन । पुटिनलाई यो थाहा छ । उसलाई थाहा छ संसार महामारीबाट तनावग्रस्त र थकित छ। उसले वास्तवमा एन्टि-भ्याक्सर प्रचार प्रसारको सुविधा दिएर यसलाई बढाउँदै र लम्ब्याउन मद्दत गर्‍यो ।

पुटिनलाई यो पनि थाहा छ, विश्व अत्यावश्यक आपूर्तिको अभावमा चलिरहेको छ । किनभने हामीले हाम्रा स्रोतहरू घटाउँदैछौं । यसको अर्थ अति दोहनले स्रोत घटिरहेको छ । त्यो सिमित छ । सिमित स्रोतमा धेरैको लुछाचुँडी छ । रुस तेल, स्टिल, अनाज (गहुँ, मकै, कोदो, फापर, दाल आदि) काठ, मल र आल्युमिनियमको एक शिर्ष निर्यातकर्ता हो । विश्वलाई रुसका यि चिज नभैहुन्न ।

दुर्भाग्यवश ति वस्तु यस्ता छन् जुन बिना संसार चलाउनै सकिन्न । पेय पदार्थ, विमान र कारहरू जस्ता शीर्ष अमेरिकी निर्यातहरूसँग तुलना गर्नुहोस् । तपाईं एल्युमिनियम बिना पेय पदार्थ बनाउन सक्नुहुन्न । तपाईं तेल बिना प्लास्टिकको बोतल बनाउन सक्नुहुन्न । तपाईं यो बिना कार चलाउन वा विमानहरू उडान गर्न सक्नुहुन्न ।

पश्चिमी देशहरूले नाकाबन्दीको बारेमा आफ्नै छातीमा थप्पड हानेका छन् । अझै पण्डितहरू भन्छन् ‘पुटिनले आफ्नो हात आफैंले छोप्ने, दबाउने गरेका छन् ।’ के थाह छ वास्तबिकता ति पण्डितलाई ?

विश्वले बिस्तारै क्रूर तथ्यमा ध्यान दिँदैछ कि हामी हाम्रा धेरै कच्चा स्रोतहरूको लागि रूसमा निर्भर छौं । हामीले नवीकरणीय ऊर्जा स्रोतहरूलाई दोब्बर बनाउनको लागि ठोस दस वर्ष थियो । त्यसो गर्न सकेको भए त्यो हामी बस्ने ग्रहको लागि मात्र राम्रो कुरा थिएन कि एक आवश्यक रणनीतिक कदम पनि थियो । तर गरिएन । हामीले अनावश्यकरुपमा धेरै लामो समय गुजार्‍यौं ।

जलवायु युद्धलाई स्वागत

रुस अहिले फरक किसिमको युद्धमा संलग्न छ । त्यहाँका सबै पण्डितहरूले जलवायु परिवर्तनलाई छलफलबाटै बाहिर राख्छन् । यो वास्तवमा सबैभन्दा महत्त्वपूर्ण भाग हो ।

पुटिनले जलवायु युद्धलाई धकेलेका छन् । यो द्वन्द्वको एक श्रृंखला हो जुन विज्ञहरूले अबको दशकको लागि भविष्यवाणी गर्दै आएका छन् । युक्रेन केवल सुरुवात हो । प्राकृतिक स्रोतहरू नियन्त्रण गर्ने समाजले सबैभन्दा बढी शक्तिको उपभोग गर्नेछ । आयातमा निर्भर हुनेहरूले आफ्नो शक्ति गुमाउनेछन् । दिगो ऊर्जा योजना बिना सबैभन्दा ठूलो हानि ग्रहलाई हुने छ । त्यसपछि हाम्रो भविष्यलाई ।

पुटिनले अहिलेसम्म जितेका छन्, जीवनको सबै मूल्य लगाएर ।

पुटीनले नयाँ विश्व अर्थतन्त्रलाई पश्चिमाहरूले सोचेभन्दा धेरै राम्रोसँग बुझेका छन् । उनले बुझ्छन्, आफ्नै नागरिकहरूले दुःख पाए पनि उसको देशले हामीलाई चाहिने कच्चा, प्राकृतिक स्रोतहरू नियन्त्रण गर्दछ । उनको सहयोगी चीनले बाँकी स्रोतलाई नियन्त्रण गर्छ ।

स्मरण रहोस्, चीनले अझै पनि रुसलाई आफ्नो प्रमुख सहयोगी ठानेको छ । क्रूर र मानव अधिकार उल्लंघनको दृश्यको बाबजुदपनि । यदि चीनले तपाइँको मेरुदण्डमा चिसो (चीनिया वस्तु) पठाउँदैन भने मलाई थाहा छैन के हुन्छ तपाईको ज्यान । रुस र चीनको बीचको सहकार्य, समर्थनले अमेरिकी चिल्लाहटको अर्थ राख्दैन । हामीले दोस्रो विश्वयुद्दकालको महिमाका दिनहरू पुन: जीवित गर्ने प्रयास गर्दैछौं । ती दिनहरु धेरै बितिसकेका छन् । ति दिन धेरै टाढा पुगिसकेका छन्, फर्किनेवाला छैनन् । हाम्रो प्रभुत्वको दिन सकियो । पुटिनलाई यो कुरापनि राम्रोसित थाहा छ।

एप्पल जस्ता कम्पनीहरूले आफ्नो स्मार्टफोनको बिक्री निलम्बन गर्छौं भन्ने घमण्ड गर्न सक्छन् । उनीहरूले बनाउन प्रयोग गर्ने दुर्लभ पृथ्वीका तत्वहरू हुन् । ति आउँदै नआउने हुन धेरैबेर लाग्दैन अनि केले बनाउँछन् ?

कठोर सत्य यो हो, रूस असफल हुन धेरै गाह्रो छ । हामीले त्यसरी नै बनायौं । यदि हामी जित्न चाहन्छौं भने हामीले वास्तविक त्यागहरू गर्नुपर्दछ जुन हामी दावी गरिरहन्छौं कि हामी तयार छौं । तर गर्दैनौं । हामीले पुटिनलाई अप्रासंगिक बनाउनु पर्छ । यसको अर्थ हाम्रो मूल्यमान्यता र अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्नुपर्छ । अन्यथा हामी हराइरहनेछौं । सधैंभरि हराइरहने छौं, रुसले जितिरहने छ ।

(मेडियम डेलीमा प्रकाशित लेखको भावानुवाद-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक