बिहीबार, वैशाख १३, २०८१

परराष्ट्र मन्त्री खड्काले भ्रम फैलाएको भन्दै प्रवाशी नेपालीद्वारा कडा आपत्ती

नेपालप्लस संवाददाता२०७८ फागुन २५ गते १९:४३

Image Credit-newstracklive.com

परराष्ट्र मन्त्री डा. नारायण खड्काले युक्रेनका नेपालीहरुलाई गरिएको उद्दारमा प्रमाणहिन, लज्जास्पद भनाई राखेको भन्दै प्रवाशी नेपालीले बिरोध गरेका छन् ।

गैर आवाशीय नेपाली संघ (एनआरएनए) पोल्याण्डले एक बिज्ञप्ती जारी गर्दै सोमवार आफ्नै कार्यालयमा पत्रकार सामु युक्रेनमा अलपत्र नेपालीहरुको भारत लगायत देशले उद्दार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानन्तरण गरिएको भन्ने भनाई राखेको र ति भनाई प्रमाणबिहिन, हाँस्यास्पद र लज्जाबोध भएको भन्दै बिरोध गरेको हो ।

युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको आरोप समेत लगाउँदै बिज्ञप्तीमा भनिएको छ “नेपाली संस्था र समुदायको प्रयासले उद्दार गरिएका नेपालीलाई छिमेकि देशको मद्दतले भएको भन्ने भनाईले सरकारी शंयन्त्रनै नेपाली संस्था र गैर आवाशीय नेपाली संघ माथि अविश्वाश पैदा गर्न लागेको भान हामीलाइ भएको छ ।”

गैर आवाशीय नेपाली संघ पोल्याण्डले गरेको अथक प्रयासलाई नजर अन्दाज गरिएको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काको भनाईमा कडा आपत्ती एनआरएनए पोल्याण्डले जनाएको छ ।

एन आर एन ए पोल्याण्डको बिज्ञप्ती

एनआरएनए पोल्याण्डका अध्यक्ष जिवन केसी र महासचिव पवन खड्काद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा संघले जर्मनीको बर्लिनस्थित नेपाली दुतावाससँगको समन्वयमा पोल्याण्डमा रहेका १५ नेपालीलाई विशेष पहल गरि पोल्याण्ड ल्याएको, २९८ जना भन्दा बढी नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रवन्ध मिलाएको, युक्रेनबाट बिस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्कफोर्स गठन गरिएको उल्लेख छ ।

बिज्ञप्तीमा अहिलेपनि १०० जना भन्दा धेरै नेपाली एनआरएनए पोल्याण्डकै ब्यवस्थापनमा रहेकोसमेत उल्लेख छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का यस अघिपनि एनआरएनएको निर्वाचन रोक्ने, संघमा राजनिति गराउने, सरकारी शक्तिको दुरुपयोग गर्ने र संघमा विवाद तथा फुट ल्याउन अग्रसर भएको भन्दै उनको बिरोध हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया