मंगलबार, वैशाख ११, २०८१

आगामी निर्वाचनमा नवलपुर एक नंवरबाट चौधरी र कोइराला भिड्दै, को बलियो ?

नेपालप्लस संवाददाता / नवलपुर२०७८ फागुन २६ गते १४:१२

नेपाली कांग्रेस नवलपुर जिल्ला अधिवेशनमा शशांक कोइराला पक्ष निकै सानो समुहमा खुम्चिएको छ । बरु अहिलेको जिल्ला अधिवेशनमा विनोद चौधरी नेताका रुपमा उदाएका छन । उनले डा. शशांक कोइरालाको १५ वर्ष लामो वर्चस्वलाई चिर्दै जिल्ला उपाध्यक्षका लागि आफ्नो उम्मेद्वार चन्द्र बहादुर रानालाई जिताउन सफल भए ।

डा. शशांक कोइरालाका कडा आलोचक मानिने जिल्लाका पुराना नेता महेन्द्रध्वज जीसी जिल्ला अध्यक्षमा निर्विरिध निर्वाचित भए । ४१ सदस्य रहेको कार्य समितिमा शशांक पक्षबाट जम्माजम्मी १० प्रतिशत उम्मेद्वारले मात्र जितेको एक जना जिल्ला नेता बताउँछन ।

विगतका तीन कार्यकाल लगातार नवलपुर १ नम्बर क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै आएका कोइराला केही वर्ष यता आलोचित बन्दै आएका छन । उनी माथि चुनाव जितेपछी जिल्लालाई बेवास्ता गरेको, जिल्लाको बिकास र उन्नतिका लागि कुनै काम नगरेको, चुनावका बेला दिएका आश्वासअन पुरा नगरेको र पार्टीको संगठन गर्ने भन्दा ‘ग्रुप’ बनाउन केन्द्रित भएको लगायतका आरोपहरु लाग्दै आएका छन । अझ महाधिवेशनमा उनले शेखर कोइरालालाई हराउन भूमिका खेले पछी शशांकको छवी झन विग्रिएको छ ।

जिल्लाका ति नेताका अनुसार महाअधिवेशन पछी जिल्लामा कोइरालाको पकड नराम्रो सँग क्षय भएको छ । अधिवेशनका दौरान शशांकका पीए भरत तिवारीलाई कार्यकर्ताहरुले हातपात समेत् गरेका छन । शशांकको पक्षमा माहौल बनाउन जिल्ला आएका तिवारीलाई उनकै सहयोगी रहेका कार्यकर्ताहरुले पिटेको बताइन्छ । विगत केही वर्ष यता कोइरालाका सहयोगी रहेका र जिल्ला राजनीतिमा प्रभाव पार्ने बिभिन्न नेताहरुले उनको साथ छोडिसकेका छन ।

जिल्लाकै अर्का एक जना नेता भन्छन “जिल्लामा शशांकको उपस्थिती मजबुत हुन नसक्नुका पछाडि सानो दायरा भित्र बस्न रुचाउने उहाँको बानीले पनि हो । जसले उहाँलाई मात्र होइन कांग्रेसको संगठनलाई समेत प्रभाव पारिरहेको छ ।”

अहिले बनेको जिल्ला कार्य समितिलाई आगामी स्थानिय र संसदिय निर्वाचनको परिणामका लागि समेत जोडेर हेरिएको छ । खास गरेर नवलपुर एक नम्बर क्षेत्र नेपाली कांग्रेसको पकड क्षेत्रका रुपमा परिचित हो । गैंडाकोट नगरपालिका कांग्रेस संगठनको पिलर पनि हो र गैंडाकोटले नै यो क्षेत्रलाई अगाडि डोर्‍याउँदछ ।

०४६ पछिका हरेक हरेक संसदिय निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जित हासिल गर्दै आइरहेको छ । शशांक कोइराला यहि क्षेत्रबाट तीन पटकसम्म विजयी भएका हुन । तर पछिल्लो स्थानिय निर्वाचनमा गैंडाकोट नगरपालिकामा नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपर्‍यो । गैंडाकोट नगरपालिकामा कांग्रेसले ब्यहोरेको हार चुनावी माहौलसँग मात्र सिमित थिएन । त्यो परिणामको लागि नेपाली कांग्रेसले निरन्तर गुमाइरहेको आफ्नो सांगठनिक प्रभाव थियो ।

र अर्को महत्वपूर्ण कुरा भनेको संगठनमा लाग्ने कार्यकर्ताहरु डा. शशांक कोइरालासँग असन्तुष्ट थिए । अहिले पनि जिल्लाको राजनीती गर्नेहरु धेरैलाई के लाग्दछ भने सांगठनिक रुपमा जिल्ला सबैभन्दा कमजोर भएको बेला यहि हो । यसकै कारण अहिलेको जिल्ला अधिवेशनमा कोइराला समर्थक अधिकांश उम्मेद्वारहरु चुनावी प्रतिस्पर्धामा पछारिए ।

“धेरै कार्यकर्ता महाधिवेशनमा कोइरालाको भूमिका प्रती असन्तुष्ट थिए । त्यसले पनि जिल्लामा उहाँका समर्थकहरुलाई अप्ठ्यारो पर्‍यो” एक जिल्ला नेताको भनाइ छ ।

कोइरालाले अबको संसदिय निर्वाचनमा समेत नवलपुर क्षेत्र नंबर १ बाट नै चुनाव लड्ने तयारी गरिरहेका छन । त्यहि माहौल बनाउनका लागि उनका पीए भरत तिवारीको जिल्लामा आवतजावत बढीरहेको छ । तर अवस्था कस्तो छ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा धनाढ्य विनोद चौधरिले पनि त्यही क्षेत्र ताकिरहेका छन जहाँँबाट कोइरालाले जित्दै आइरहेका थिए । महेन्द्रध्वज जीसी जिल्लाका कार्यकर्तामा गहिरो प्रभाव पार्ने नेता हुन । जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएर उनले के बताएका छन भने जीसीसँग प्रतिस्पर्धा गर्नसक्ने कार्कर्ताको तह अझै बनिसकेको छैन ।

अबको संसदिय निर्वाचनमा जीसीले पनि एक नम्बर क्षेत्रलाई नै ताक्ने छन । त्रिपक्षिय प्रतिस्पर्धा भयो भने टिकट प्रतिस्पर्धामा शशांक अगाडि पनि आउन सक्लान । तर नेपाली कांग्रेसको आधार क्षेत्र भनिएको एक नम्बरबाट चुनाव जित्न कत्तिको सहज छ त कोइरालालाई ?

जिल्लाका एकजना नेता करुणा सागर सुबेदी भन्छन “मलाई जहाँँसम्म लाग्छ अबको चुनावमा डाक्टर साहेव नवलपुर आउनु हुँदैन । उहाँलाई यहीँबाट चुनाव लड्न मनलाग्यो भने पनि जित हासिल गर्न त्यति सहज छैन । १० वर्ष अगाडिको जस्तो संगठन हामीले गुमाइसकेका छौं । डा. साहव यदि त्यहि सोचमा हुनुहुन्छ भने ठूलो भ्रममा हुनुहुन्छ ।”

तपाइँको प्रतिक्रिया

फेसबुक