मंगलबार, वैशाख ४, २०८१

रुस-युक्रेन युद्द पिडित झण्डै २५० नेपाली फ्रान्समा, पाँच दर्जन बढीलाई एनआरएनए फ्रान्सको सहयोग

नेपालप्लस संवाददाता / पेरिस२०७८ फागुन २६ गते १८:१७

रुस र युक्रेनबिचको युद्दमा परेर फ्रान्स आइपुगेका २५० भन्दा बढी नेपाली मध्ये पाँच दर्जन भन्दा बढीलाई गैर आवाशीय नेपाली संघ (एनआरएनए) फ्रान्सले सहयोग गरेको छ ।

एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापा खनालले पोल्याण्ड, जर्मनी लगायतका देश हुँदै कम्तिमा २५० भन्दा बढी नेपाली फ्रान्स आईपुगेको र ति मध्ये करिब ६३ जनालाई खान, बस्न लगायतको सहयोग गरेको बताईन् । बाँकी करिब दुई दर्जन नेपालीलाई बस, रेल स्टेशनमा पुर्‍याउने, रेडक्रससित सम्पर्क गराउने, होटेलमा जान र स्टेशनहरुमा पुग्न सहजिकरण गर्ने लगायत अन्य जानकारिकालागि सहयोग दिईएको थियो ।

फ्रान्स आइपुगेका नेपालीहरुलाई मुख्य रुपमा सहयोग गर्न अध्यक्ष गीता थापा खनाल र एनआरएनएका उपाध्यक्ष लोक पुन खटिएका थिए ।

ति नेपालीको सहयोगकालागि लक्ष्मण मल्ल, शिवराम भण्डारी, नारायण आचार्य र दिलिप गुरुङ लगायतका नेपालीहरुसमेत लागेका थिए ।

फ्रान्स आइपुगेका नेपालीहरु आआफ्नै समुहुमा थिए । एनआरएनए फ्रान्सले ति मध्ये ३५ जना, १३ जना, नौ जना, अर्को ३५ जना, चार जना, सात जना, आठ जनामा बिभाजित नेपालीहरुलाई बिभिन्न नेपालीका घरमा राखेर सहयोगको ब्यवस्था मिलाएको हो ।

फ्रान्स आइपुगेका नेपाली मध्ये अधिकांशसित पोल्याण्ड, जर्मनी वा फ्रान्स सरकारले युरोपेली मुलुकको गन्तब्य देशसम्म उपलब्ध गराएको रेलको टिकट थियो । केहिलाई रेडक्रस सोसाईटीले ब्यवस्था गरिदिएको थियो । ति मध्ये केहि नेपाली विमान, केहि बस र केहि रेलमा तन्तब्यतर्फ लागेका छन् ।

केहि नेपालीले भने आफैंले १०० देखि ११९ युरोसम्म तिरेर स्पेन, पोर्चुगलतिर लागेका छन् ।

टिकट नभएका थोरै नेपालीहरुले फ्रान्समै टिकट काटेर आफ्नो गन्तब्यतर्फ लागेका छन् । नेपालीहरु आउने र्कम जारि रहेको र आएका मध्ये केहि अझै फ्रान्समै रहेको गीता थापा खनालले बताईन् ।

“धेरै नेपालीहरु आउनुभएको छ । सबै जना त हाम्रो सम्पर्कमा आउने कुरो भएन । हाम्रो सम्पर्कमा २५० भन्दा बढी आउनुभयो । जसलाई जेजस्तो सहयोगको खाँचो छ हामीले त्यस्तै सहयोग जेजसरि सकिन्छ गर्‍यौं । साथीहरुले साथ दिनुभयों” एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापाले भनिन् ” भर्खरैपनि मलाई सहयोग गर्नुपर्‍यो भन्दै फोन आएको छ । जर्मनीको सिमाबाट हिंडेका चार नेपाली फ्रान्स आउँदै रहेछन् । अब उहाँहरुलाई ल्याएर सहयोग गर्नु छ ।”

एनआरएनए फ्रान्सका उपाध्यक्ष लोक पुनले करिब २७ जना नेपालीलाई पोर्चुगल तर्फ लाग्न रेल स्टेशन, बस पार्क, रेडक्रस तर्फ जान साथ दिएका थिए । उनले केहि नेपालीहरुलाई नेपाली रेस्टुरेन्टमा नेपाली खाना र बस्नकालागिसमेत पुर्‍याएका थिए ।

एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापाले २७ जना, उपाध्यक्ष लोक पुनले २३ जना, सदस्य लक्ष्मण मल्लले नौ जना र शिवराम भण्डारीले ४ जना गरि ६३ जनालाई त वासको ब्यवस्था मिलाएका थिए ।

त्यस बाहेक पेरिसस्थित नेपाली रेस्टुरेन्ट कामरानका सन्चालक नारायण आचार्यले आठ जनालाई रेस्टुरेन्टमै खान र बस्नकालागि ब्यवस्था मिलाएका थिए । नेपाली सांस्क्रितिक ग्रिह, फ्रान्सलेपनि केहि नेपालीलाई सहयोग गरेको थियो ।

पेरिसको बेर्सी स्टेशनमा पुग्दा तीस भन्दा बढी नेपालीहरुको समुह देखेर आफू अचम्मित परेको लोक पुनले नेपालप्लसलाई बताए ।

“मैले पानी र नेपाली चाउचाउ लगेर गएको थिएँ । त्यहाँ त मैले सोचे भन्दा बढी नेपाली रहेछन् । निकै दिनपछिको कष्ट र दुख झेलेर आएका नेपालीले नेपाली चाउ चाउ पाउँदा ठूलो राहतको महसुस गरे” लोक पुनले नेपालप्लसलाई सुनाए ।

यसैबिच रुस-युक्रेन युद्द पिडित नेपालीहरुलाई सहयोग गर्न बनेको भनिएको उच्चस्तरिय सहयोग समितिले एनआरएनए फ्रान्सले गरेको सहयोग बारे कहिं कतै उल्लेख नगरेको, फ्रान्स आइपुगेका नेपालीको गन्तिसम्म नगरेको, उच्चस्तरिय समितिको बैठकमा एनआरएनए फ्रान्सको नामसम्म नलिएको भन्दै केहिले गुनासो गरेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक