मंगलबार, वैशाख ११, २०८१

रुस-युक्रेनको वर्तमान स्थिति र ऐतिहासिक मुद्दा

नेपालप्लस२०७८ फागुन २७ गते ४:०९

सन् २०१४ मा युक्रेनमा घटित एक कूको परिणाम स्वरुप नव-नाजीहरू सत्तामा आए । देशको बहुसंख्यक जनसंख्याप्रतिको शत्रुतापूर्ण, फासिस्ट राष्ट्रवादले जनताहरुलाई, अझ त्यसमा पनि (अधिकांश रूसी बोल्नेहरूलाई) स्वायत्तता र स्वतन्त्रताको आन्दोलनमा धकेल्यो ।

युक्रेनको डोनेट्स्क र लुगान्स्क क्षेत्रका करिब ४० लाख रुसी बासिन्दाले आफ्नो क्षेत्रका लागि विशेष दर्जाको माग गर्दै युक्रेनको हिस्साका रुपमा रहन चाहेनन् । जनमत संग्रहको परिणाम स्वरूप ८९ प्रतिशत जनसंख्याले डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रको स्वतन्त्रताको पक्षमा मतदान गरे । युक्रेनको नयाँ केन्द्रीय सरकारले, जसमा नव-नाजीहरू समावेश थिए, समान जनमतसंग्रहको नतिजालाई मान्यता दिन अस्वीकार गर्यो । र सन् २०१४ मा वालवालिका, महिला र वृद्धहरू सहित नागरिक आवादी विरुद्ध पूर्ण-स्तरीय सैन्य कारबाही सुरु गर्यो ।

आठ वर्षदेखि रुसले कूटनीतिक माध्यमबाट नागरिकहरू विरुद्ध युक्रेनको सशस्त्र सेनाको युद्ध रोक्न सक्रिय रूपमा प्रयास गरिरहेको छ । अन्य राज्यहरूलाई शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न मद्दत गर्न आह्वान गरेको छ । तर “लोकतन्त्रका लागि परिचित लडाकुहरू” को मुख्य प्राथमिकता नागरिक आवादीलाई मद्दत गर्नु र निर्दोष मानिसहरूको दैनिक दुर्व्यवहार र हत्या रोक्न होइन, उनीहरूको आफ्नै प्रभाव विस्तार गर्नु र रूसको विकासलाई रोक्नु थियो । रसियाले डोनबासका वालवालिकालाई बचाउन, मानवीय सहायता पुर्‍याउन र यस समस्यातर्फ विश्व समुदायको ध्यानाकर्षण गराउन आफ्नो सम्पूर्ण शक्तिले प्रयास गरिरहेको बेला युक्रेनमा नव-नाजी समूहहरूलाई सशस्त्र बनाइएको थियो । रुसी भाषामाथि प्रतिबन्ध लगाइएको थियो । आणविक हतियार बनाउने कामहरुमा लागिपरेको थियो ।

कीभले खुला रूपमा आणविक र ब्याक्टेरियोलोजिकल विधिहरू ब्ल्याकमेलको रुपमा प्रयोग गर्दै एउटा आणविक उर्जा संयन्त्रलाई नै विस्फोट गराउने धम्की दिइरहेको छ । यसबाहेक, भर्खरै यो पनि ज्ञात हुन आएको छ कि ३० जैविक प्रयोगशाला र घातक हतियारहरूको निर्माणको लागि अनुसन्धान सुविधाहरू खोलिएका र युक्रेनको इलाकामा सञ्चालन भईरहेका छन् ।

यो तथ्यलाई भर्खरै अमेरिकी सिनेटमा सुनुवाईको क्रममा राजनीतिक मामिलाका लागि अमेरिकी उप विदेश सचिव भिक्टोरिया नुल्यान्डद्वारा आधिकारिक रूपमा मान्यता दिइएको थियो । त्यतिखेरै उनले संचालित कामहरुको सामग्री रसियाको हात लाग्न सक्ने र सबै गोप्यता भंग हुनसक्ने खतराबारे घोषणा गरेकि थिइन् । स्पष्ट रूपमा तथाकथित “वैज्ञानिक अनुसन्धान” को वास्तविक लक्ष्यहरूको खुलासा हुने डरले उनले त्यस्तो घोषणा गरेकी हुन् ।

विश्वका विभिन्न क्षेत्रहरूमा पेन्टागन द्वारा आर्थिक व्यय बहन गरिंदै पोषित अन्य ३३६ समान प्रकृतिका प्रयोगशालाहरूमा कार्य चलिरहेको अवस्था छ । र अमेरिकीहरूले यो मानव-विरोधी परियोजनाको निरीक्षण गरिरहेका छन् ।

शत्रुताको लामो वर्षहरूमा, दुर्भाग्यवश, युक्रेनले अन्तर्राष्ट्रिय कानूनको मात्र होइन, मानव जीवनको लागि पनि पूर्ण अनादर देखाएको छ । रुसी भाषा बोल्ने नागरिकहरूमाथि युक्रेनी दुर्व्यवहारको पूरा आठ वर्षपछि रूससँग अर्को विकल्प नभएको हुँदा, आधुनिक युक्रेनको नव-नाजी सरकारको क्रूर र अनुचित नीतिहरूबाट नागरिकहरुलाई जोगाउन विशेष अभियान सुरु गर्न बाध्य भयो । रूसी संघको सशस्त्र बलहरूलाई कुनै पनि बहानामा नागरिक आबादीमा गोली नचलाउने आदेश दिइएको छ र उनीहरु व्यवस्थित रूपमा प्रिसाइज हतियारहरूको प्रयोग गरेर सैन्य सुविधाहरूलाई नष्ट गर्दैछन् ।

यस विशेष अपरेशनको सुरुदेखि नै रूसले युक्रेनका नागरिकहरूलाई युद्ध क्षेत्रबाट बाहिर निस्कन मानवीय कोरिडोरहरू उपलब्ध गराउँदै आएको छ । भारत, चीन, जोर्डन, ट्युनिसिया, पाकिस्तान, टर्की, नेपाल र अन्य देशका नागरिक लगायतका जोखिमयुक्त क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारणलाई विस्थापित गरिएको थियो । युक्रेनी लडाकुहरूले अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूको ज्ञात रणनीति प्रयोग गरेर ४५ लाख भन्दा बढी युक्रेनीहरू र लगभग २००० विदेशीहरूलाई “मानव ढाल” को रूपमा बन्धक बनाई लडाई क्षेत्र छोड्नबाट रोक लगाइरहेका छन् । रसियाले युक्रेनको इलाकामा करिब ४५० टन मानवीय सहायता पुर्याइसकेको अवस्थामा पश्चिमी “लोकतान्त्रिक” देशहरूले नव-नाजीहरूलाई घातक हतियारहरू सुम्पँदै उनीहरुलाई उक्साउने कार्य जारी राखेका छन् । त्यसले गर्दा द्वन्द्वको अवधि जतीसक्दो लम्बियोस् भन्ने उनीहौर्को योजना देखिन्छ । युक्रेनी अधिकारीहरूको कार्वाहीले पहिले नै धेरै निर्दोष नागरिकहरु हताहत भैसकेका छन्।

विश्वका सबैभन्दा ठूला मिडियाहरुद्वारा समर्थित युक्रेनले रुस विरुद्ध अभूतपूर्व रुपमा फोहोरी “सूचना युद्ध” लडिरहेको छ भन्ने तथ्यलाई पनि हामी निक्कै गम्भीर र महत्त्वपूर्ण ठान्छौं । हाम्रो देशले नगरेका कार्यहरुलाई लिएर विभिन्न आरोपहरु लगाइएको छ, नक्कली सामाग्रीहरु सम्प्रेषण गर्दै, आफ्ना सूचना आक्रमणहरूलाई बलियो बनाउँदै सबै रूसीहरूप्रति घृणा जगाउने कार्यहरु गरिंदैछ । तर रूसी जनतालाई सत्य थाहा छ। “प्रसिद्ध लोकतन्त्र” ले शताब्दीयौंदेखि एक देशलाई घृणा गर्ने गरेको छ जहाँ सधैं रूसीहरू युक्रेनीहरू सहित सबैसँग मिलेर बस्दै आईरहेका थिए । तिनीहरूले हामीलाई विभाजित गरे र अब तिनीहरूले युक्रेनमा द्वन्द्व भड्काएका छन् । यसका लागि रुसलाई दोष दिएका छन् । तर चाँडै संसारले सत्य थाहा पाउनेछ जब आधुनिक नाजीहरू अदालतको कठघरामा खडा गराइनेछन् । र तिनीहरूद्वारा गरिएका आफ्नै देशका मानिसहरूको नरसंहारको सबै डरलाग्दा कुराहरू प्रकट हुनेछन् । र त्यसपछि “शान्तिप्रेमी र सहिष्णु” देखिन खप्पिस पश्चिम, आजको झूटको लागि लज्जित हुनेछ ।

यसमा विशेष जोड दिन आवश्यक छ र यो धेरै महत्त्वपूर्ण पनि छ कि युक्रेनमा रूसी नागरिकहरुका धेरै आफन्तहरु, साथीहरु र परिचितहरु छन् । रुसले युक्रेनी जनतालाई सम्मान गर्छ र युक्रेनको भूभाग कब्जा गर्ने लक्ष्य राख्दैन । नाजीवादको दुष्ट विचारधारा, जसले एक राष्ट्रमाथि अर्को राष्ट्रको श्रेष्ठतालाई उचित ठहर्याउँछ, त्यसलाई समाप्त गर्नु या नाजीवाद (डिनाजिफिकेशन) को विनाश र युक्रेनी नागरिकहरूको लोकतान्त्रिक छनोटको संरक्षणको सुनिश्चितता कायम गर्नु रूसका लागि शीर्ष प्राथमिकताहरू हुन् ।

संसारभरि न्यायको रक्षक बनेर अघि बढ्दै गरेको रूसी संघले यो विशेष सैन्य अपरेशन सुरु नगर्न सम्भव भएन । किनभने यो नै अन्तिम आवश्यक उपाय बचेको थियो । माथि उल्लेख गरिएका सामूहिक विनाशका हतियारहरू प्रयोग गरेर भयानक फासिस्ट आकांक्षाहरूको कार्यान्वयन रोक्नको लागि, जुन रूस विरुद्ध मात्र नभई सम्पूर्ण मानव जाति विरुद्द हो ।

(रुसी दुतावासका साइटमा प्रकाशित आलेख । सम्पादन त्रुटीका कारण यस अघि राखिएको लेखकको नाम क्षमायाचनासहित हटाइएको छ-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक