शुक्रबार, वैशाख ७, २०८१

नाटोले युक्रेनमा ‘नो-फ्लाई जोन’ घोषणा गर्न किन मानिरहेको छैन ?

जोर्गे लिबोरेइरो२०७८ फागुन २८ गते २२:४८

हाउस अफ कमन्समा बेलायती सांसदहरूलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने “कृपया सुनिश्चित गर्नुहोस् कि हाम्रो युक्रेनी आकाश सुरक्षित छ । कृपया तपाईंले के गर्नुपर्ने हो त्यो गर्न आवश्यक छ । त्यसको सुनिश्चित गर्नुहोस् ।”

भिडियो लिङ्क मार्फत पठाइएको उनको भावपूर्ण निवेदनमा जेलेन्स्कीले फेरि एक पटक ‘नो-फ्लाइ जोन’ को लागि आह्वान गर्दै थिए जसअन्तर्गत उनका पश्चिमी सहयोगीहरूले रूसी सेनाहरूलाई पछ्याउन आफ्ना लडाकु विमानहरू तैनाथ गर्नुपर्छ ।

देशको दोस्रो ठूलो सहर खार्किभ अन्धाधुन्ध हवाई आक्रमणबाट ध्वस्त भएको छ । सडकहरू भग्नावशेष र बम क्रेटरहरूले भरिएको छ । द्रुत पुनर्निर्माणका सबै आशा ध्वस्त पारेको छ । घेराबन्दीमा परेको सहर मारिओपोलमा वालवालिकाको अस्पतालमा बम विष्फोट हुँदा एक वालिकासहित तीन जनाको मृत्यु भएको थियो ।

“आतंकलाई बेवास्ता गर्ने संसार कहिलेसम्म सहयोगी बन्ने ? अहिले नै आकाश बन्द गर ! हत्या बन्द गर !” जेलेन्स्कीले ट्वीटरमा लेखेका छन् । यद्यपि अहिलेसम्म राष्ट्रपतिको आह्वानलाई अस्वीकार गरिएको छ ।

पश्चिमी देशहरूले मस्कोको सैन्य आक्रामकताको निन्दा गर्ने अटल संकल्प देखाईरहेका छन् । साथै रुसको सैन्य उपकरणलाई अपांग बनाउन विनाशकारी प्रतिबन्धहरूको घोषणा गरेका छन् । तर नो-फ्लाई जोन घोषणा गर्दा जितिन्छ भन्ने द्विविधा छ वा अझै खराब हुनसक्छ जसले लोकतन्त्रका मान्यता पार गर्न सक्छ भन्ने डरले त्यसो गर्न इच्छुक छैनन् ।

यो नयाँ अवधारणा नो-फ्लाइ जोन (एन एफ जेड) खाडी युद्धमा १९९० को शुरुवातमा अगाडि सारिएको थियो जब ३५ राष्ट्रको गठबन्धनले सद्दाम हुसेनको इराकी सेनालाई कुवेतबाट च्युत गर्न खोजेको थियो ।

नो फाई जोनको सिद्धान्त सरल छ: नो-फ्लाइ जोन भनेको सीमित क्षेत्र हो जसमा विशिष्ट खालको विमान (युद्दक विमान) उडान गर्न अनुमति हुँदैन । यसलाई असैनिकीकृत क्षेत्रको हवाई बराबरको रूपमा लिईन्छ । अर्थात् नो फाई जोन घोषणा गरेपछि युद्दक, लडाकू, सैन्य विमानहरु उडाउन पाइन्न । यद्यपि यो व्यवहारिक र अवधारणा दुवैमा जटिल र जोखिमपूर्ण छ ।

यो लागू भएपछि यसलाई लागू गर्नको लागि कडा निगरानी गर्नुपर्छ । लडाकू जेटहरू पत्ता लगाउन, पहिचान गर्न र आवश्यक भएमा सर्तहरू उल्लङ्घन गर्ने सबैलाई गोली हानेर ध्वस्त पार्नेसम्मको प्रयोग गर्न आवश्यक पर्छ ।

सन् १९९१ मा अमेरिका, बेलायत र फ्रान्सले उत्तरी इराकमा यो लागू गरेका थिए । यस क्षेत्रमा बसोबास गर्ने जातीय कुर्दिश अल्पसंख्यकहरू विरुद्ध इराकी अत्याचार रोक्नको लागि । दक्षिणमा शिया मुस्लिमहरूका लागि छुट्टै क्षेत्रको सुरक्षा गर्नको लागि नो-फ्लाई क्षेत्रको घोषणा गरेका थिए ।

पेन्टागनका अनुसार, ईराकमा २००३ आक्रमण सम्म दश वर्ष अमेरिका र यसका सहयोगीहरूले दुई लाख ८० हजार भन्दा बढी उडानहरू गरेका थिए ।

बोस्नियाली युद्धको समयमा नाटोद्वारा सन् १९९३ मा ‘नो-फ्लाई जोन’ क्षेत्रहरू घोषणा गरिएको थियो । यो गठबन्धनको पहिलो सशस्त्र द्वन्द्वमा अपनाईएको थियो । सन् २०११ मा फेरि लिबियाको गृहयुद्धको समयमा प्रयोग गरिएको थियो जसले विद्रोही सेनाहरूलाई मुअम्मर गद्दाफीको सरकारलाई पराजित गर्न मार्ग प्रशस्त गर्यो ।

अहिले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट निरुत्साहित हुँदै स्थल, समुद्र र वायुबाट आफ्नो आक्रमण जारी राखेको छ । त्यसैले जेलेन्स्कीले युक्रेनमा गठबन्धनले नो-फ्लाई जोन लगाउने आफ्नो मागलाई दोब्बर बनाईरहेका छन् ।

“हामी हरेक दिन दोहोर्याउँछौं: युक्रेनको आकाश बन्द गर्नुहोस्” जेलेन्स्कीले भनेका छन् ।

“यदि तपाईले हामीलाई कम्तिमा विमानहरू दिनुभएन भने नो फ्लाई जोन घोषणा गरिदिने हो भने हामी आफैलाई सुरक्षित गर्न सक्छौं । यदि विमानहरुद्वारा सहयोगपनि गर्नुहुन्न र नो फ्लाई जोनपनि घोषणा गर्नुहुन्न भने निष्कर्षमा पुगिने एउटा मात्र कुरा छ : तपाईहरु हामीलाई बिस्तारै मार्न चाहनुहुन्छ।”

तैपनि किन जेलेन्स्कीले हारगुहार गर्दापनि नो फ्लाईजोन घोषणा गर्दैनन् त ?

अप्ठेरो बाटो, कठिन शर्त

इराक, बोस्निया र लिबियाको विपरित युक्रेनको ‘नो-फ्लाई जोन’ क्षेत्रले नेटोलाई परमाणु शक्ति, रूस संसारको दोस्रो सबैभन्दा शक्तिशाली सेनाको विरुद्धमा खडा गर्नेछ । विश्वको यति शक्तिशाली सेनासित नो फ्लाई जोन घोषणा गरेपछि सिधै युद्दको दोहोरो घोषणा गरेजस्तै हुन्छ । ईयुका नेताहरू यहि कारणले स्पष्ट रूपमा त्यो जोखिम लिन चाहँदैनन् ।

“मलाई विश्वास छ कि नाटोलाई अब सैन्य द्वन्द्वमा संलग्न गराउनकालागि सबै खाले प्रोत्साहन गैरजिम्मेवारपूर्ण हुन्छ” लिथुआनियाका प्रधानमन्त्री इन्ग्रिडा सिमोनिटेले भनेका छन् ।

ब्रसेल्समा नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले हरेक पटक पत्रकारले यस विषयबारे सोध्दा भन्नेगरेका छन् “हामी उहाँको निराशा बुझ्छौं । तर यदि हामीले त्यसो गर्‍यौं भने हामीले युरोपमा धेरै देशहरू र धेरै पीडाहरू समावेश गर्ने पूर्ण युद्धको नेतृत्व गर्ने कुरातिर लाग्नेछौं ।”

जेलेन्स्कीको अनुरोधलाई कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूले आफ्ना लडाकु विमानहरू युक्रेनको हवाई क्षेत्रभित्र तैनाथ गर्न र रुसी सेनाहरूलाई पछ्याउन आवश्यक हुने छ । ६०३ वर्ग किलोमिटरको विशाल सतहमा फैलिएको क्षेत्रमा निगरानीका कार्यहरू स्थिर र प्रणालीगत हुनुपर्छ ।

त्यति मात्रै होइन, पश्चिमी देशहरू पनि मस्कोको भू-आधारित वायु रक्षा प्रणालीमा आक्रमण गर्न बाध्य हुनेछन् । त्यसो गरेर मात्रै तिनीहरूका आफ्नै विमानहरूलाई गोली हान्नबाट बचाउन सकिन्छ । यसले ईयु गठबन्धनका लागि महत्त्वपूर्ण चुनौतीहरू खडा गर्न सक्छ । किनभने यी मध्ये केही प्रणालीहरू युक्रेन बाहिर राखिएको हुनसक्छ । त्यसले नाटोलाई हवाई सर्वोच्चताको ग्यारेन्टी गर्न रूसी वा बेलारूसी क्षेत्रमा आक्रमण गर्न बाध्य पार्छ ।

यस परिदृश्यले सबै सम्भावनाहरूलाइ खुला र प्रत्यक्ष टकरावको स्थिति उत्पन्न गरिदिन्छ । जुन नाटोका सहयोगीहरू बेवास्ता गर्न चाहन्छन् । सम्भवतः नाटोको सामूहिक रक्षाको धारा ५ लाई सक्रिय गराउन सहयोगि देशहरु उत्सुक छन् । नो फ्लाई जोनको निर्णयले अन्तत रातारात टाढैबाट विनाशकारी आणविक युद्धको डरलाई सम्भव बनाइदिने छ ।

“हामी यस द्वन्द्वको हिस्सा होइनौं । र यो युक्रेनभन्दा बाहिर नफैलियोस् भनेर सुनिश्चित गर्ने जिम्मेवारी हामीसँग छ” स्टोल्टेनबर्गले पत्रकारहरुलाई भने ।

जोखिम यति उच्च छ कि जर्मनीमा रहेको अमेरिकी बेस मार्फत युक्रेनमा आफ्ना सबै एमआइजी-२९ लडाकु विमानहरू पठाउने पोलिश प्रस्तावलाई पेन्टागनले अस्वीकार गर्‍यो । किनभने यसले क्रेमलिन बिरुद्द सम्पूर्ण नाटो गठबन्धनका लागि गम्भिर चिन्ताहरू खडा गरेको थियो ।

मस्कोमा पुटीनले पहिले नै कुनै पनि तेस्रो-पक्षद्वारा ‘नो-फ्लाइ जोन’ क्षेत्र घोषणा गरिएमा सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागिताको रूपमा हेरिने चेतावनी दिएका छन् । यद्यपि उनले पश्चिमले बैंकदेखि हाईटेक सामानमाथि लगाएको प्रतिबन्धले रूसी केन्द्रमा सबैतिरबाट लक्षित गरेको भन्दै त्योपनि युद्धको घोषणा जस्तै हो भनेका छन् ।
गठबन्धनको सहभागिताले पुटिनलाई युक्रेनको आक्रमणमाथि नाटोको अतिक्रमण विरुद्ध आफ्नो अस्तित्वको युद्धको रूपमा पुन: परिभाषित गर्न वा दोष लगाउन सजिलो बहाना बनाईदिनेछ । र आफ्ना सहयोगि नागरिकहरूलाई सैन्य अभियानको पक्षमा अझ बलियो बनाउनेछ ।

तर कीभमा जेलेन्स्कीले सबै चिन्ता र अन्य यस्ता भविष्यवाणीहरूलाई अस्वीकार गर्छन् । युक्रेनी आकाशलाई सबै रूसी मिसाइलहरू र रूसी सैन्य विमानहरू बन्द गर्ने मुद्दा बनाईरहन्छन् । स्टोल्टेनबर्गलाई कडा प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपतिले नागरिक हताहतको दोष पश्चिमाहरुमाथि थोपारे ।

राष्ट्रपतिले भने “आजदेखि मर्ने सबै मानिसहरू पनि तपाईंको कारणले, तपाईंको कमजोरीले, तपाईंको एकताको अभावले मर्नेछन्” राष्ट्रपतिले भने।

अवसरको चर

आक्रमण सुरु भएको दुई हप्तामा संयुक्त राष्ट्र संघले देश भित्र १,३०० भन्दा बढी नागरिक हताहत भएको रेकर्ड गरेको छ जसमा झण्डै ५०० जना मारिएका छन् । तर स्थलमा चरम युद्दको स्थितिले मारिएकाको यकिन गणना गर्न गाह्रो छ ।

“धेरैजसो नागरिकको हताहति रेकर्ड गरिएको व्यापक प्रभाव क्षेत्र भएको ठाउँमा विस्फोटक हतियारको प्रयोगले भएको हो जसमा भारी तोपखाना र बहु-प्रक्षेपण रकेट प्रणालीहरूबाट गोलाबारी, मिसाइल र हवाई हमलाहरू समावेश छन् । वास्तविक संख्या अझै धेरै हुनसक्छ” संयुक्त राष्ट्रले भनेको छ।

रुसले युक्रेनी सुविधाहरूमा आक्रमण गर्न युद्धविमान र कालिब्र क्रूज मिसाइलहरू तैनाथ गरेको छ । यसले ठूलो रकेट र तोपखाना बमबारीहरू सञ्चालन गर्न हजारौं ट्याङ्क, तोपखाना र सैन्य सवारी साधनहरू पठाएको छ । आवासीय भवनहरूमा हान्ने र देशभरि सयौं नागरिकहरूलाई मारेको छ ।

बदलामा युक्रेनले संयुक्त राज्य अमेरिका र नाटो द्वारा तोकिएको समयमा प्रदान गरिएको एन्टि-ट्याङ्क र एन्टी-एयरक्राफ्ट मिसाइलहरू प्रयोग गरेर हमलाकारी सेनामाथि आक्रमण गरेको छ । युक्रेनको भयंकर प्रतिरोधले रुसको आक्रमणको प्रगतिलाई सुस्त बनाउन सफल त भएको छ । तर त्यसले लामो र रक्तपातपूर्ण द्वन्द्वको चरण तय गरेको छ ।

“युद्ध थप लम्बिंदै जाँदा क्रूर हुँदै जान्छ । यो आज भोली निकट भविष्यमै समाप्त नहुने स्पष्ट हुन्छ । मानवीय क्षतीहरु उच्च, झन उच्च र ज्यादै उच्च हुनेछ” संयुक्त राज्य अमेरिकाको जर्मन मार्शल कोषका वरिष्ठ फेलो ब्रुनोलेटे भन्छन् ।

तर नाटोकोलागि अर्को चुनौतिपूर्ण प्रश्न हुने छ- उभिने र हेर्ने मात्रै कि केहि गर्ने ?

यो हिंसाले दोस्रो विश्वयुद्धको अन्त्य पछिको सबैभन्दा ठूलो मानव पलायन भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई साताभन्दा कम अवधिमा २० लाख युक्रेनीहरू देश छोडेर छिमेकी राज्यहरूमा प्रवेश गरेका छन् । युरोपेली संघले शरणार्थीहरूलाई सहयोग गर्न पहिले कहिल्यै प्रयोग नगरिएको कानून सक्रिय बनाएको छ ।

लेटे भन्छन् “द्रुत रूपमा बिग्रँदै गएको अवस्थाले नाटोलाई युक्रेनको पश्चिमी भागमा ‘नो-फ्लाई जोन’ घोषणा गर्न ‘अवसरको चर’ प्रदान गर्दछ जसमा रूसी सेनाहरू अझै पुग्न सकेका छैनन् । त्यसले मानवीय कोरिडोर सिर्जना गर्न अनुमति दिन्छ । त्यसोगर्दा नागरिकहरूको सुरक्षित निकास हुन्छ ।”

“यो अहिले कम जोखिमकासाथ सम्भव छ । हामी देख्छौं कि रूसी सेनाहरू हाल पूर्वी युक्रेन र कीभ वरपर केन्द्रित छन्” लेटेले युरोन्यूजलाई भने । उनले भर्खरै नाटोको रेड लाईन (कडा लाईन) मा थोरै सोचाई परिवर्तन भएको स्वीकार गरे ।

युद्धमा भएको धेरै ढिलो प्रगतिलाई ध्यानमा राख्दै रूससँग अहिले पूर्वमा ‘नो-फ्लाई जोन’ को कार्यान्वयनलाई रोक्न सक्ने क्षमता नभएकोपनि उनले अनुमान गरे ।

‘नो-फ्लाई जोन’ भौगोलिक रूपमा लक्षित भए पनि लेटेले टिप्पणी गरे “यो अपरेशनलाई अझै पनि प्रत्येक नाटो सदस्य राष्ट्रबाट हरियो बत्ती चाहिन्छ । कुनै पनि प्रयासको लागि कम राजनीतिक स्वार्थलाई ध्यानमा राखेर हेर्दा अहिले यो असम्भव कुरा हो । किनकि यसले जोखिम बढाउन सक्छ । किनभने स्पष्टरुपमा कुनैपनि आँकलन नगरिको कुरामा प्रतिबद्धता जनाउनु सजिलो हुन्न ।”

अझ गठबन्धनले स्विकार गरेर मात्रै हुन्न । यो मामिलाहरूलाई अझ गाह्रो बनाउने संयुक्त राश्ट्र संघको अनुमतिले हो । ‘नो-फ्लाई जोन’ लगाउने कुनै पनि प्रयासलाई सैद्धान्तिक रूपमा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावद्वारा समर्थित हुनुपर्छ । जस्तै- यो बोस्निया र लिबियाको आक्रमणमा भएको थियो ।

संयुक्त राष्ट्र सुरक्षा परिषदको एक स्थायी सदस्यको रूपमा रूसले आक्रमणको निन्दा गर्ने वा सैन्य हस्तक्षेपलाई अधिकृत गर्ने कुनै पनि प्रस्तावलाई प्रहार गर्न आफ्नो भिटो शक्ति प्रयोग गर्ने निश्चित छ ।

बरु वैकल्पिक रूपमा युक्रेनी सरकारले औपचारिक रूपमा विदेशी सेनाहरूलाई देशमा प्रवेश गर्न आमन्त्रित गर्न सक्छ जुन इराकी सरकारले अमेरिकी नेतृत्वको गठबन्धनसँग गरेको थियो । सन् २०१४ मा तथाकथित इस्लामिक राज्यसँग लड्न पठाइएको थियो ।

जेलेन्स्कीको पछिल्लो भाषणलाई हेर्दा ‘नो फ्लाई जोन’ घोषणा गराईदिने प्रस्ताव अझै पनि उनले यथावत राखेका छन् । पश्चिमाहरूले यसलाई अस्वीकार गर्न बारम्बार प्रयास गरे पनि उनले त्यो प्रस्ताव दोहोर्‍याईरहेका छन् ।

(युरोन्युजको आलेखलाई नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक