बुधबार, वैशाख १२, २०८१

रुसमाथिको प्रतिबन्धले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दुर्घटनामा पर्नसक्ने रुसको चेतावनी

नेपालप्लस संवाददाता२०७८ फागुन २९ गते ०:२१

रुस विरुद्ध पश्चिमी देशहरुले प्रतिबन्धहरू लगाएमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दुर्घटना हुनसक्ने रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुखले शनिवार चेतावनी दिएका छन् ।

उनले त्यस्तो चेतावनी दिंदै रुसबिरुद्द दण्डात्मक उपायहरू हटाउन आह्वान गरेका छन् ।

दिमित्री रोगोजिनका अनुसार प्रतिबन्धहरू मध्ये केही युक्रेनमा मस्कोको आक्रमणको अघिनै लगाइएको थियो । त्यसले अन्तरिक्षको सेवा गर्ने आईएसएसलाई बाधा पार्ने र रूसी अन्तरिक्ष यानको सञ्चालनमा बाधा पुर्‍याउन सक्छ ।

“त्यसको परिणाम स्वरुप स्टेशनको रूसी खण्ड जसले यसको कक्ष ठीक गर्न मद्दत गर्दछ त्यसलाई प्रभावित पार्नसक्छ । त्यसको कारण ५०० टन संरचना समुद्रमा वा जमिनमा खस्छ” रोजकोसमोस प्रमुखले टेलिग्राममा लेखेका छन् ।

“रूसी खण्डले स्टेशनको कक्ष (औसतमा एक वर्षमा ११ पटक) सच्याएको सुनिश्चित गर्दछ । त्यसले अन्तरिक्ष भग्नावशेषबाट बच्न समेर मद्दत गर्छ । सामाजिक सञ्जालहरूमा युक्रेनमा रूसी सेनाको लागि नियमित रूपमा आफ्नो समर्थन व्यक्त गर्दै आएका रोगोजिनले भनेका छन् ।

आइएसएस सम्भवतः तल झर्न सक्ने स्थानहरूको नक्सा प्रकाशित गर्दै उनले यो रूसमा नखस्ने औंल्याए ।

“तर रोस्कोसमोस विरुद्ध प्रतिबन्ध लगाउँदा अन्य देशहरूको जनसंख्या, विशेष गरी ‘युद्धका कुकुरहरू’ को नेतृत्वमा रहेकाहरुको मूल्यका बारेमा सोच्नुपर्छ” उनले भने । उनले प्रतिबन्ध लगाउने देशहरूलाई ‘पागल’ को संज्ञा दिए ।

रोगोजिनले गत महिना ट्वीटरमा पश्चिमी प्रतिबन्धहरू ध्वस्त पार्दै अन्तरिक्ष स्टेशन पृथ्वीमा खस्ने खतरा रहेको बताएका थिए ।

मार्च १ मा नासाले रुसको सहयोग बिना आईएसएसलाई कक्षमा राख्न समाधान खोज्ने प्रयास गरिरहेको बताएको थियो ।

रुसी खण्डमा सोयुज अन्तरिक्ष यानद्वारा चालक दल र आपूर्तिहरू ढुवानी गरिन्छ ।

तर रोगोजिनले टेक अफको लागि प्रयोग गरिएको लन्चर २०२१ देखि अमेरिकी प्रतिबन्ध र २०२२ देखि ईयू र क्यानाडाको प्रतिबन्धमा रहेको बताए ।

रोसकोसमोसले नासा, क्यानाडाको अन्तरिक्ष एजेन्सी र युरोपेली अन्तरिक्ष एजेन्सीलाई आफ्ना कम्पनीहरू विरुद्ध अवैध प्रतिबन्ध हटाउन माग गरेको छ ।

अन्तरिक्ष अन्तिम बाँकी क्षेत्रहरू मध्ये यस्तो एक स्थल हो जहाँ संयुक्त राज्य अमेरिका र रुसले एक अर्कामा सहयोग जारी राखेका छन् ।

मार्चको सुरुमा, रोसकोसमोसले सैन्य उपग्रहहरूको निर्माणलाई प्राथमिकता दिने आफ्नो योजना घोषणा गर्‍यो । किनभने रूसले युक्रेनमा युद्धको परिणाम स्वरूप आफूलाई झनझन् एक्लो पारिएको बुझेको छ ।

रोगोजिनले अब रुसले अमेरिकी एटलस र एन्टारेस रकेटहरूको लागि इन्जिनहरू आपूर्ति नगर्ने पनि घोषणा गरे ।

“उनीहरूलाई आफ्नो ब्रुमस्टिकमै अन्तरिक्षमा उड्न दिनुपर्छ” उनले लेखेका छन् ।

मार्च ३० मा अमेरिकी अन्तरिक्ष यात्री मार्क भान्डे हेई र दुई अन्तरिक्ष सहायक यात्री एन्टोन स्केपलेरोभ र प्योटर डुब्रोभ सोयुज अन्तरिक्ष यानमा आईएसएसबाट पृथ्वीमा फर्कने कार्यक्रम छ ।

(एएफपी र फ्रंस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया