शुक्रबार, वैशाख १४, २०८१

‘एनआरएनए पूर्व अध्यक्ष घलेद्वारा चालिएका गतिविधिले सम्मानित अदालतको अपहेलना’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ फागुन ३० गते ०:५८

गैर आवाशीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदम अदालतको अपहेलना भएको संघका अध्यक्ष कुमार पन्तले बताएका छन् ।

एनआरएनएका अध्यक्ष पन्तले आइतवार एक प्रेस विज्ञप्ती जारि गर्दै अहिलेको समस्या समाधान गर्न आपसी सहमति भैरहेका बेला संघका पूर्व अध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।

बिज्ञप्तीमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको समेत उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ “अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं वैठकले संरक्षक परिषद र उच्च स्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षहरुलाई कुनैपनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित छन् ।”

केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्द दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरेकाले घलेले चालेको कदमले अदालतको अपहेलना गरेको समेत बिज्ञप्तीमा जनाईएको छ ।

“पूर्व अध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरुले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौं” प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्न र गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोजेको भन्दै त्यसलाई खेदजनक भनिएको छ ।

संघमा विभाजन ल्याउने र समाजमा फुट ल्याउने गतिविधिहरु बन्द गरी सहमतिको वातावरण बनाउनका लागि संवन्धित सबैलाई विज्ञप्तीमार्फत् आग्रहसमेत गरिएको छ ।

संघका अध्यक्ष कुमार पन्तले संघका विधान विपरितका गतिविधीहरुमा नलाग्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषद एवं संघका सदस्यहरुलाई हार्दिक अनुरोध समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया