शनिबार, वैशाख ८, २०८१

जनसम्पर्क समिति फ्रान्सद्वारा संरक्षक भण्डारीलाई सम्मान

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन ३० गते १:३५

प्रवाशकालागि नेपाली कांग्रेसको भात्री संगठन जनसम्पर्क समिति फ्रान्सले समाजसेवी तथा जनसंपर्क समिति फ्रान्सका संरक्षक तप्त भण्डारीलाई आइतवार सम्मान गरेको छ ।

जनसम्पर्क समिति फ्रान्सको सबैभन्दा सर्बोच्च सम्मानित र अभिभावकीय पद संरक्षकमा निष्ठाका प्रतिक, निस्वार्थी सामाजिक व्यक्तित्व भन्दै एकता समाज फ्रान्सका संस्थापक अध्यक्षक तप्त भण्डारीलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

भण्डारीले मातृभुमिबाट टाढा रहेर पनि नेपाली कांग्रेसको राष्ट्रियता, लोकत्रन्त्र र समाजवादको भावनालाई बिदेशी भूमिमा नेपालीहरु माझ संगठन बिस्तारमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै समान गरिएकोसमेत संस्थाले जनाएको छ ।

उनलाई जनसम्पर्क समिति फ्रान्सको २०२१-२०२४ कार्यकालको लागि संरक्षक पदमा सर्वसहमतिबाट मनोनित गरिएको थियो।

उनी नेपाली कांग्रेस म्याग्दी जिल्लाको कार्यालय पूर्व सचिब समेत हुन् ।

उक्त कार्यक्रमको सभापतित्व कार्यवाहक सभापति इन्द्र बस्नेतले गरेका थिए ।

कार्यक्रममा एनआरएनए फ्रान्सका बरिष्ठ उपाध्यक्ष शिवराम भण्डारी, जसस फ्रान्सका उपसभापति कृष्ण गुरुङ, समाजसेवी जिता कटुवाल र पाकोफेंन फ्रान्सकी अध्यक्ष सुमित्रा प्रधान र जसस फ्रान्सका संस्थापक सभापति निर्मल अर्यालले जनसम्पर्क समिति फ्रान्सले तप्त भण्डारी जस्तो अनुभवी, निष्ठावान र जुझारु अविभावक पाएको भन्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसप्रति निष्ठावान ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

जनसम्पर्क समिति फ्रान्सको निर्वाचन पश्च्यात पद तथा गोपनियताको प्रमाण पत्र लिन असमर्थ उपसभापति कृष्ण गुरुङ, सदस्यद्वय झबिन्द्र अधिकारी र सुदिप कँडेलले पनि गोपनियताको प्रमाण पत्र संरक्षकबाट ग्रहण गरेका छन् ।

जसस फ्रान्सको बिधान अनुरुप दिपेन्द्र दाहाल र मिना अधिकारीलाइ पनि जसस फ्रान्सको कार्यसमिति सदस्यमा मनोनित गरि सम्मान गरिएको छ ।

जससका सभापति सुधिर रानाले राम्रो काम गर्नेहरुको लागि सदैव जसस फ्रान्सले सम्मान र स्थान दिने बताए ।

संरक्षक तप्त भण्डारीको संरक्षकत्वमा जनसम्पर्क समिति अझै गतिशील हुने भन्दै रानाले अग्रजहरुले पार्टी प्रति गरेको योगदानको उच्च मुल्यांकन गरी उहाँहरुप्रति सम्मान र कदर गर्ने संस्कारको विकास गर्ने धारणा राखेका थिए ।

जसस फ्रान्सका कार्यवाहक सभापति इन्द्र बस्नेतले सम्मान तथा शुभकामना कार्यक्रम समापन गर्दै आगामी दिनमा जसस फ्रान्स अझै गतिशील र नेपाली समुदायबिच प्रतिबद्द रहेर परोपकारी कार्यको लागि अग्रसर रहने बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक