शनिबार, वैशाख ८, २०८१

बेलायतका पत्रकार र राजदुत आचार्यबिच अन्तरक्रिया, पूर्व गोर्खाको मुद्दा उच्च प्राथमिकतामा

नेपालप्लस संवाददाता / लण्डन२०७८ फागुन ३० गते २:१८

बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पूर्व गोर्खाका समस्या समाधानका लागि प्रारम्भिक वार्ता सुरु भैसकेको जनाएका छन् ।

बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा १४ संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्यले उक्त जानकारी दिएका हुन् । उनले गोर्खा वार्तालाई उच्च प्राथमिकतामा राखेको बताए । राजदुत आचार्य नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्ने टोलीका संयोजकसमेत हुन् ।

कार्यक्रममा राजदूत आचार्यले चार वर्षे कार्यकालमा नेपाल र बेलायतबिच गरिने कार्यक्रमको प्राथमिकता निर्धारण गरि कामहरु अघि बढाइएको जनाए । उनले कोरोना महामारीपछि बेलायत–नेपालको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

“बेलायतसंग ब्यापार, पर्यटन, कला, संस्कृति लगायतका विविध विषयमा आफ्नो कार्यकालमा ठोस र उपलब्धिमुलक कार्य गरिने योजना बनाएको छु” उनले पत्रकारहरु माझ भने, “यसमा तपाईको सहयोग र सहकार्यको खाँचो छ ।” राजदुतावास सूचना केन्द्र स्थापना गर्न कार्य सकारात्मक भएपछि आवश्यक सल्लाहको खाँचो उनले औल्याए ।

नेपाल पत्रकार महासंघ बेलायत तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा आइतवार राजदुतावास लण्डनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त अवसरमा अध्यक्ष निरौलाले दुताबाससँग पत्रकारहरु सहकार्य गर्न तयार रहेको बताए । उनले यहाँस्थित संचार सम्बद्ध संस्थााहरुले दुतावासमा एउटा सूचना केन्द्र र पुस्तकालय स्थापना गर्न चाहेको बताए ।

अन्तरक्रिया कार्यक्रमा वरिष्ठ पत्रकारहरु सुमन खरेल, बालमुकुन्द जोशी, गोविन्द बेलवासेलगायतले बेलायतमा नेपाली पत्रकारिताको विगतको अनुभव र भविष्यको चनौतीका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लण्डन नेपाल न्युज डटकमका निर्देशक राजकुमार त्रिपाठीले बेलायतमा अनलाईन मिडियाका समस्याका बारेमा प्रकाश पारे । कार्यक्रममा नेपाली चलचित्र पत्रकारिताका बारेमा वरिष्ठ संचारकर्मी मनिष श्रेष्ठ आफ्नो अनुभव सुनाए ।

पत्रकार तथा सामाजिक अभियन्ता संगीता मरहठ्ठाले संचारमा महिलाको भुमिका बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।

नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष संजयभक्त कँडेलले संचालन गरेको कार्यक्रममा संघका वरिष्ठ सदस्य खुशी लिम्बुले स्वागत मन्तव्य दिएका थिए । महासंघ सल्लाहकार डा। जगन कार्कीले समेत पत्रकारिताका चुनौती र गर्नुपर्ने कार्यहरुका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

बेलायतबाट नेपाली र अंग्रेजी भाषामा संचालनमा रहेका अनलाईन पोर्टलका सम्पादक, रिपोर्टर र संचालकहरु कार्यक्रममा उपस्थित थिए ।

उक्त कार्यक्रममा बेलायतस्थित बिभिन्न नेपाली मेडियायाहरु सह-आयोजकका रुपमा रहेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक