बिहीबार, चैत १५, २०८०

४० वर्षपछि आमा बन्ने फ्रान्सेली महिलाको संख्या बढ्दो

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ फागुन ३० गते १८:५५

Image Credit-samitivejhospitals.com

फ्रान्सको मध्य पूर्वस्थित बुरुन्डी क्षेत्रको ओक्सेर गाउँकी सुसान गियोमले ४६ वर्षमा बल्ल वच्चा जन्माईन् ।

“त्यो बेलासम्म म बच्चा बनाउन तयारनै थिईन” उनी भन्छिन् ।

“पढाई, काम, बासको ब्यवस्था, बिहे गर्ने उपयुक्त केटोको खोजि गर्दा गर्दै बच्चा जन्माउने समयनै नपुग्ने भनाई धेरै महिलाहरुको छ ।

पढाई, रोजगारको खोजि र जिन्दगी बिताउने पुरुष बेलैमा नभेटिंदा फ्रान्समा पछिल्लो समय अधिक फ्रान्सेली महिलाहरू ४० वर्षपछि बल्ल आमा बनिरहेका छन् ।

तथ्याङ्क र आर्थिक अध्ययनको राष्ट्रिय संस्थान ‘इन्सिई’ को तथ्यांकले सन् १९७० को दशकको तुलनामा अहिले महिलाहरु तीन गुणा ढिलो गर्भावस्थामा पुग्ने गरेको देखाएको छ ।

स्थानिय बैंककी कर्मचारी सुसानका दुई र चार वर्षिय दुई छोरा छन् । भुइँतलाको ३५ वर्ग मिटरको अपार्टमेन्टमा उनका दुई छोरा छन् । एउटा स्कूटरको पार्किङपनि त्यहिं हुन्छ ।

दोस्रो वच्चा जन्मिएपछि सुसान र उनका पतीबिच खटमट शुरु भयो । अहिले उनी पतीसित सम्वन्ध बिच्छेद गरेर दुई छोरासित बस्छिन् ।

४८ वर्ष मा पुगेपछि बल्ल उनी २ र चार वर्षका दुई साना केटाकी आमा बनेकि हुन् ।

“चालिस वर्ष कटेर खासै फरक त मलाई पर्दैन । तर मानिसहरुको प्रतिक्रियाले मलाई यो सामान्य होइन भनेर देखाउँछ” उनको भनाई छ ।

सेलिनकै जस्तो अवस्था हुने महिलाहरुको संख्या निकै छ । र पछिल्लो समयमा चालिस वर्ष कटेपछि आमा बन्नेहरुको संख्या बढीरहेको छ ।

इन्सीईको तथ्याङ्क अनुसार, सन् १९७० को अन्त्यको तुलनामा आज ढिलो गर्भावस्थामा पुग्ने महिलाको संख्या तीन गुणा बढी छ ।

दस वर्ष पहिले कुनै बच्चा नहुँदा सेलिनको जीवन उनका सहकर्मीहरूको नजरमा असामान्य देखिन्थ्यो ।

“तिनीहरू मध्ये एक जनाले मलाई मजाकको स्वरमा भनी “म एक दिन आमा बन्न सक्छु भनेर पक्का गर्न मेरो अण्डाहरू फुटाल्नु राम्रो हुन्छ”।

तैपनि ३० वा ४० वर्षमा आमा हुनु धेरै फरक छ ।

किनभने सेलिन लामो समयसम्म अविवाहित रहिन् । उनका दुई पटक त संवन्धनै छुट्यो । एकले अर्कोलाई चिन्न केहि सित केहि वर्ष सँगै बस्दा बस्दै वर्षौं बिते ।

मन पक्का मिल्छ भन्ने निस्चित नभएसम्म पारिवारिक परियोजना बन्ने कुरा भएन । उनको अनुभव छ “मसँग अन्य चिन्ताहरू थिए । मैले आफ्नो काम र जीवनको आनन्द लिइरहें ” उनी बताउँछिन् ।

“मैले विवाहमा बदलिने गरि संवन्ध बन्ने केटोनै भेटीन । त्यसैले मैले वच्चा कहिले बनाउने भनेर आफैंलाई त्यो भन्दा बढी प्रश्न गरिन” ।

तर ४८ वर्षको उमेरमा दुई बच्चाहरू जन्माएपछि सुसानलाई लागेको छ “३० भन्दा ४७ मा हामीसँग उर्जा थोरै कम हुन्छ । बुढेसकाल लागेपछि बल्ल वच्चा हुर्कने भए भन्ने हुन्छ । तर असुरक्षित केहि छैन !”

“म मेरो जीवनको पहिलो भागमा रक ब्यान्डमा आवद्द थिएँ । मैले आफूलाई वच्चाबिना बाँच्ने धेरै राम्रो कल्पना गरें” उनले उल्लेख गरेकि छन् । जब उनले जोडी बनाईन् तब सांगीतिक करियर त्यहि समयमा समाप्त भयो ।

आना लिसा पेर्नोतको हालको जिवनसाथी पहिले नै बुवा भइसकेका थिए । उनले आफ्नो पुरुष साथीलाई उसको छोरासँगै भेटेकि थिईन् । त्यो बेला पुरुष साथीको बच्चा साँढे तीन वर्शको थियो । “उनलाई भेटेपछि म आमा बन्न चाहन्थें” उनले चाहना ब्यक्त गरेकि छन् ।

पूर्व संगितकार आना लिसाले पेर्नोतले सामाजिक सन्जालमा आफ्ना धारणा राखेकि छन् “४० मा बच्चा हुनु ३० मा बच्चा हुनु भन्दा राम्रो वा खराब भन्ने छैन। यो फरक मात्रै छ ।”

आफूपनि त्यहि उमेरमा आमा बनेको र त्यो मुख्य रूपमा व्यावसायिक कारणहरूले गर्दा भएको भनाई उनको छ ।

“एक पटक बच्चा जन्मिएपछि उसले सबैलाई सहमत गराउने माध्यम बनाउँछ” आना लिसा पेर्नोत भन्छिन् ।

यि पूर्व पेशागत संगीतकार त्यहि कारण ४१ वर्षको उमेरमा आमा बनिन् । उनको प्राकृतिक अवस्थाबाटै गर्भावस्था सजिलैसँग भयो । तर ४५ वर्षभन्दा माथिका एक चौथाई महिला र ४० वर्षका १० प्रतिशतले गर्भधारण गर्नको लागि पीएमए (मेडिकल असिस्टेड प्रोक्रियशन) को सहारा लिनुपर्छ ।

“तर गर्भावस्था राम्रो होस् वा नहोस् तपाईंले कुनै पनि अवस्थामा अरूको अनौठो नजरको सामना गर्नुपर्छ” आना लिसा पेर्नोत आफ्नो अनुभव उल्लेख गर्छिन् ।

त्यस्ता विचारहरू चिकित्सा समुदायबाटनै पहिलो पटक आउँछन् । उनको बिचारमा हामी अझै पनि महिलाहरुका सन्दर्भमा ‘गर्भावस्था’ शब्द धेरै सुन्छौं र सुनाउँछौं । त्यसपछि प्रियजनहरूको चिन्ताहरू हुन्छन् । कहिलेकाहीं निर्णयहरू गर्दा आफन्तहरुको चिन्ता हुन्छ ‘यो उमेरमा के यो बच्चाको लागि राम्रो होला ?’

फ्रान्समा पतीपत्नीबिच संवन्ध बिच्छेद गर्नेको संख्यापनि बढीरहेको छ । फ्रान्सभरिमा हरेक दुई विवाहमा एक जनाको विच्छेद हुन्छ । राजधानी पेरिस लगायत केहि शहरमा त्यो भन्दापनि बढी छ । फ्रान्समा पछिल्लो तथ्यांक अनुसार संवन्ध बिच्छेद गर्नेको संख्या ५१ प्रतिशत भन्दा माथि छ ।

तथ्यांक अनुसार फ्रान्समा विवाहित जोडीहरुको संवन्ध बिच्छेद गर्ने क्रम सन् २००७ मा हरेक एक सयमा साँढे ४५ जना थियो । त्यो संख्या बढेर सन् २०१६ मा ४६ दशमल्व सात पुग्यो ।

वि डिभोर्स (अँ स सेपार्) संस्थाका अनुसार फ्रान्समा हरेक वर्ष करिब एक लाख २० हजारको संवन्ध बिच्छेद हुन्छ । ति मध्ये ९० हजारको त अदालत वा वकिल कहाँ पुग्छ । बाँकीले सहमतिमै टुंगो लगाउँछन् ।

केही दशक पहिले फ्रान्समा सम्बन्धविच्छेद गर्ने निर्णयको एकाधिकार पुरुषहरूको थियो । यसमा प्रायः उनीहरूले प्रक्रिया सुरु गर्थे । अहिले ७५ प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदमा महिला नै रहेकाले अवस्था पूरै उल्टो भएको छ । यसको मतलब हरेक चार संवन्ध बिच्छेदमा तीन वटा निर्णय महिलाबाट हुने गरेको छ ।

यो परिवर्तनको व्याख्या गर्न प्रायः दिइने कारणहरू मध्ये एक के भने महिलाहरू पहिलेका पुस्ताहरूमा धेरै कम काम गर्थे । त्यसैले उनीहरू आफ्ना पतिहरूमा बढी निर्भर थिए । सन् २०१६ को इन्सीई अध्ययन अनुसार २५ देखि ४९ वर्ष उमेरका ८० प्रतिशत भन्दा बढी महिलाहरू रोजगार गर्ने छन् । यदि हामीले सामान्य जनसंख्यालाई लिने हो भने १५ देखि ६४ वर्षे उमेरका ६० प्रतिशत महिला काम गर्ने (अर्थोपार्जन) गर्ने छन् ।

तथ्याङ्कहरू आफैंले बोल्छन्, सम्बन्धविच्छेद गर्ने महिलाहरूमध्ये लगभग ७० प्रतिशत व्यावसायिक गतिविधिमा छन् । यो पनि चाखलाग्दो छ, झन्डै ७५ प्रतिशत विवादास्पद सम्बन्धविच्छेदको प्रक्रिया शुरु गर्नेमा महिलाहरु छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक