बुधबार, वैशाख १२, २०८१

फ्रान्सेली राष्ट्रपतीका आठ उम्मेदवारको एकैथलोमा बहस : मुद्दा युद्द र उर्जामा केन्द्रित

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २ गते ०:२८

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रों र आगामी राष्ट्रपति चुनावमा सात प्रमुख प्रतिद्वन्द्वीहरू अप्रिल १० मा हुने म्याचको पहिलो बैठक फ्रान्सेली टिभीमा बसे । सोमवार साँझ टिभीमै राजनितिक म्याच खेलेर रिहर्सल गरे । निर्वाचन राष्ट्रपतीय निर्वाचनको भएपनि रुस-युक्रेन युद्धको प्रभावले उत्पन्न ऊर्जा संकटमा म्याच केन्द्रित थियो ।

टिएफ १ द्वारा आयोजित तीन घण्टाको कार्यक्रम अप्रिल १० मा चुनावको पहिलो राउन्ड अघि तीन टेलिभिजन म्याच-अपहरू मध्ये पहिलो थियो ।

युक्रेनमा रूसको आक्रमणले विश्व मामिलाहरूसँगै फ्रान्सको राष्ट्रपतीय दौडलाई अग्रभागमा धकेलिदिएको छ । यो एक विश्वकै अभियान जस्तो भएको छ जसमा पाँच प्रमुख उम्मेदवारहरू मध्ये तीन अमेरिकी नेतृत्वको ट्रान्सएटलान्टिक गठबन्धनको कट्टर आलोचक हुन् ।

युद्धले फ्रान्सका मुख्यधारमा रहेका दलहरूलाई प्रस्तुत गरेको छ । त्यसका उम्मेदवारहरू चुनावमा संघर्ष गरिरहेका छन् । उनीहरूका केही कट्टरपन्थी प्रतिद्वन्द्वीहरूलाई गोल गर्ने र नाटोलाई बदनाम गर्ने क्रममा उनीहरूलाई भ्लादिमिर पुटिनलाई सहयोग गरेको आरोप लगाउने नयाँ अवसरपनि दिएको छ ।

आलोचना राष्ट्रपति पदका आकांक्षीहरू मध्ये तीन जनामा केन्द्रित भएको छ – अति दक्षिणपन्थी प्रतिद्वन्द्वी मरिन ल पेन र एरिक जेम्मुर र वामपन्थी ‘फायरब्रान्ड’ जँ-लुक मेलँसों । ति क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा मतदान गर्दै छन् र चुनावी अभियानमा ति बारम्बार एक देखिन्छन् । सार्वभौमवादी धेरै मुद्दाहरूमा मतभेद भएतापनि बयानबाजी र सरकारको आलोचनामा ति एक देखिने गरेका छन् ।

दुई अति दक्षिणपन्थी नेताहरूले रूसी नेताको निस्पक्ष राष्ट्रवादी दृष्टिकोणको प्रशंसा गर्दै बोलेका छन् । जेम्मुरको मामला त झनै “फ्रान्सेली पुटिन” बन्ने जस्तो देखिन्छ । ल पेनले यसअघि पुटिनले युरोपका लागि खतरा खडा गरेको भन्ने सुझावमा हाँसेकि थिईन् र नाटो आफ्नो उपयोगिता बाहिर निस्किएको बताईन् ।

मेलँसोंको क्रेमलिनका शक्तिशाली व्यक्तिसँग त्यस्तो कुनै सम्बन्ध छैन । उनले विगतमा मस्कोबाट आएको खतरालाई बेवास्ता गर्न आफ्ना प्रतिद्वन्द्वीहरूसँग सामेल भए पनि उनले नाटोलाई समस्या उत्पन्न गरेको आरोप लगाए ।

आन हिडाल्गो

बोल्ने पहिलो बक्ता समाजवादी उम्मेद्वार आन हिडाल्गोले मेलँसोंको आलोचनालाई दोहोर्याइन् “तानाशाहको सामना गर्दा कुनै सन्तुष्टि हुन सक्दैन”। पेरिस महानगपालिकाको मेयर समेत रहेकि उनले पहिलेनै भनेकि थिईन् “रूसी राष्ट्रपति माथि मेलँसोंको विगतका टिप्पणीहरूले उनलाई फ्रान्सेली राष्ट्रपति हुन अयोग्य बनाउँछ ।

हिडाल्गोले वर्तमान राष्ट्रपतिलाई पनि छोडिनन् । दावी गरिन्, म्याक्रोनले देशलाई रूसी जीवाश्म ईन्धनमा निर्भर बनाए । युद्धको लागि तयार गर्न असफल भए र यसरी बढ्दो मूल्यहरूको जोखिममा पारे । फ्रान्स वास्तवमा रुसी ग्यासमा सबैभन्दा कम निर्भर युरोपेली देशहरू मध्ये एक हो । यद्यपि फ्रान्सेली मोटर चालकहरू आफ्ना अन्य युरोपेली नागरिकहरू जस्तै पेट्रोलको मूल्य वृद्धिको मारमा छन् ।

घरेलु मुद्दाहरूलाई सम्बोधन गर्दै संघर्षरत समाजवादी उम्मेद्वारले फ्रान्सको कानुनी सेवानिवृत्तिको उमेर हालको ६२ वर्ष बाट ६५ मा बढाउने म्याक्रोनको योजनाको पनि आलोचना गरिन् ।

मारिन ल पेन

दोस्रो मरीन ल पेन थिइन् । सन् २०१७ कि उपविजेता उनले रूसमा पश्चिमी प्रतिबन्धहरूको विरोध गरेर धेरै प्रतिद्वन्द्वीहरू भन्दा फरक देखाएकि छन् । उनको भनाईमा फ्रान्सेली जनताको खर्च गर्ने शक्तिलाई चोट पुर्याउने काम अहिलेको सरकारले गरेको छ । उनले दोहोर्याइन् ‘युद्धको आर्थिक नतिजाबाट फ्रान्सेलीहरूलाई सुरक्षा गर्ने आवश्यकतालाई जोड दिनुपर्छ ।’

“म ग्यासको मूल्य आठ गुणा बढोस् र तेलको मूल्य दोब्बर होस् भन्ने चाहन्न । म फ्रान्सेलीहरूले रोइकराई गरेको चाहन्न ।” युद्धको आर्थिक नतिजा महामारी भन्दा सय गुणा नराम्रो हुनसक्ने चेतावनी उनले दिईन् ।

युक्रेनमा रूसी आक्रमण पछि ल पेनको मूल्याङ्कन बढेको छ । पुटिनको बारेमा उनको विगतका टिप्पणीहरूलाई विचार गर्दै त्यसो भएको हो । मेलँसोंको विपरीत अति दक्षिणपन्थी नेता मरिन लपेनले हालसम्म रूसी नेताको प्रशंसा गर्दै बोलेकि छन् । पुटीन युरोपको लागि खतरा हुन सक्ने सुझावहरूलामा उनी हाँस्ने गरेकि छन् । उनले क्रेमलिनमा पुटिनसँग हात मिलाएको तस्बिर पनि उनको चुनावी पर्चाहरूमा राखेकि छन्

फ्रान्सेली उपभोक्ताहरूमा प्रतिबन्धको प्रभावलेपनि उनको लोकप्रियतालाई बढाएको छ । उनको जिद्दीले गरिब तथा साना सहर र ग्रामीण क्षेत्रहरूमा धेरै मतदाताहरूको साथ पाएकि छन् जहाँ उनको समर्थन सबैभन्दा बलियोपनि छ।

पुटिन तानाशाह हुन् कि होइनन् भनेर सोध्दा ल पेनले भनिन् “साउदी अरेबिया, कतार वा चीनका नेताहरू जस्तै एकतन्त्रीय हुन् ।” उनले थपिन् “संसार लोकतन्त्रलाई सम्मान नगर्ने नेताहरूले भरिएको छ । यसले मलाई कुनै आनन्द दिँदैन । तर मेरो कामना शान्ति हो ।”

भालेरी पेक्रेस

कार्यक्रममा तेस्रो वक्ता भ्यालेरी पेक्रेसेले युरोपले युक्रेनमा रूसको आक्रमणको पूर्वानुमान गर्न असफल भएकोमा आलोचना गरिन् । धेरै अमेरिकी र बेलायती चेतावनीहरूको बावजुद आसन्न आक्रमणको आँकलन नगरिएको भन्ने आलोचना उनको थियो ।

कन्जरभेटिभ पार्टी द रिपब्लिकन्सका उम्मेदवार उनले फ्रान्सको राजा लुइस चौधौंको भर्साइ दरबारमा भएको युरोपेली युनियनका नेताहरुकोको वार्ताकोपनि आलोचना गरिन् । युद्धमा युरोपेली संघको हालैको संकट वार्ताको आयोजनाले खासै उपलब्धि हाँसिल गर्न नसकेको उनले बताइन् ।

पेक्रेसलाई अहिलेको राष्ट्रपतीय निर्वाचन अभियानमा आफ्नो प्रतिद्वन्द्वीहरुभन्दा पछि पारेको छ । उनले केहि प्रतिद्वन्द्वीद्वारा जारी गरिएको युक्रेनलाई तत्कालै इयु सदस्यता दिने भनाईको बिरोध गरिन् । उनले थपिन् “हामीले युक्रेनीहरुलाई झूटा आशा दिनु हुँदैन । ”

उनले फ्रान्सलाई अस्थिर जीवाश्म ईन्धन मूल्यहरूबाट जोगाउन आणविक ऊर्जामा ठूलो लगानीको लागि पनि आह्वान गरिन् । फेसेनहेम आणविक प्लान्टमा देशको सबैभन्दा पुरानो रिएक्टरहरू बन्द गरेकोमा म्याक्रोनको आलोचनापनि उनले गरिन् ।

वर्तमान राष्ट्रपतिलाई लक्षित गर्दै उनले सेवानिवृत्तिको उमेर ६५ वर्ष बनाउने माक्रोंले गरेको हालैको वाचाको प्रशंसा गरिन् “मलाई इम्मानुएल म्याक्रोनले मेरो कार्यक्रमको नक्कल गरेकोमा खुशि लागेको छ ।”

यानिक जाडो

धेरैजसो उम्मेदवारहरूले पुटिनलाई तानाशाह भनेर बोलाउन हिचकिचाए । तर ग्रीन पार्टीका उम्मेदवार यानिक जाडोले भने त्यसमा कुनै चिन्ता लिएनन् ।

“पुटिन सधैं एक तानाशाह थिए । उनले सधैं स्वतन्त्रताको लागि लड्नेहरूलाई मृत्युको धम्की दिए । र सधैं लोकतन्त्रको लागि लडेका देशहरूलाई युद्धको धम्की दिए” ईयू सांसदले भने “हाम्रो जीवाश्ममा निर्भरताका कारण पुटिनसँग व्यवहार गर्न पश्‍चिमीहरु सन्तुष्ट छन् ।”

जाडोले रसियाको अर्थतन्त्रलाई कमजोर पार्न रूसी कुलीन वर्गहरूको सम्पत्ती, लगानी अनुगमन र रोक्का गर्ने र फ्रान्सको ग्यास खपत १५ प्रतिशत सम्म घटाउने वाचा गरे ।

“हामीले हाम्रो बिजुली उत्पादन गर्न र युरोपेली स्तरमा ग्यास खरिद समन्वय गर्न चौतर्फी सौर्य प्यानलहरू स्थापना गर्नेछौं” आणविक ऊर्जालाई चरणबद्धरुपमा अन्त्य गर्ने वाचा गरेका ग्रीन पार्टीका उम्मेदवारले थपेव्।

एमानुयल माख्रों

आफ्नो कामको रक्षा गर्दै आगामी कार्यकालकालागि राष्ट्रपतीको उम्मेदवार बनेका वर्तमान राष्ट्रपती एमानुयल म्याक्रोनले कूटनीति मार्फत रूसको आक्रमण रोक्न अन्तसम्म प्रयास गरेको बताए । उनले अझै पनि युद्ध नगरी युद्ध रोक्ने आशा गरेको बताएका छन् ।

पुटिन तानाशाह हुन् कि होइन भनेर सोध्दा उनले भने: “म हाम्रो देशलाई द्वन्द्वको खतराबाट जोगाउने प्रयास गर्छु । म युरोपमा हाम्रा मूल्यमान्यता र लोकतन्त्रलाई जोगाउने प्रयास गर्छु । पुटिनलाई लेबल लगाएर वा अपमान गरेर म सबैभन्दा राम्रो, प्रभावकारी हुने भन्ने होइन ।”

म्याक्रोनले युद्धको शुरुवातदेखि नै चुनावमा टक्करको आनन्द उठाएका छन् । मतदाताहरूले उनको उच्च कूटनीतिक प्रयासहरूको लागि उनलाई पुरस्कृत गर्ने संकेत देखापरेका छन् । उनले शान्तिका लागि पटक पटक पुटीनसित वार्ता गरेको जनताले देखेका छन् ।

फ्रान्सेली राष्ट्रपतिले रुसमाथि लगाइएको अभूतपूर्व प्रतिबन्धहरूलाई औंल्याउँदै द्वन्द्वप्रति युरोपको प्रतिक्रियाको रक्षा गरे । उनले भने “अझ कडा उपायहरू कार्डमा छन् । आवश्यकता अनुसार अझै कडा लगाउन सकिन्छ ।”

जँ लुक मेलँसों

एकपटक म्याक्रोनसँग सहमत हुँदै वामपन्थी फायरब्रान्ड नेता जँ लुक मेलँसोंले रूसी नेतालाई तानाशाहको ब्रान्डिङ गर्नुको कुनै अर्थ नभएको बताए । यसको सट्टा उनले फ्रान्सेली राष्ट्रपतिको रूपमा आफ्नो पहिलो उद्देश्य चीन, भारत र अरूलाई सँगै एकै बोर्डमा राखेर अन्तर्राष्ट्रिय मञ्चमा पुटिनलाई एक्लो पार्ने योजना बताए ।

उनले युद्धको विरुद्धमा विरोध गरेर पुटिनको अवहेलना गर्ने रूसी जनतालाई समर्थन गर्दै रूसी कुलीन वर्ग र उनीहरूको सम्पत्तिको खोजतलास गर्ने वाचा गरे ।

उनले युक्रेनमा शान्ति कायम गर्नका लागि युरोपमा सुरक्षा र सहयोग संगठनको असाधारण शिखर सम्मेलन बोलाउनको लागि अद्भूत पहल गर्नुपर्ने बताए ।

पुटिनको आक्रमणको निन्दा गर्दा फ्रान्स अँसुमिज (फ्रान्स अनबोड) पार्टीका नेता मेलँसों हालैका हप्ताहरूमा नाटोको आफ्नो आलोचनामा अडिग रहे । उनको तर्क छ ‘शीतयुद्धको अन्त्य पछि नाटोको पूर्व तर्फको विस्तार सोभियत पछिको विश्वमा देखा परेका विभिन्न संकटहरूको मूल कारण हो ।”

एरिक जेम्मुर

‘एरिक जेम्मुर ? उनले मलाई टोक्ने छब् !” मेलँसोंले स्टेज छोड्दा ठट्टा गरे । उनलाई तुरुन्तै रुसी नेताको प्रशंसा गर्ने उनको विगतका कथनहरूको बारेमा प्रश्न गरिएको थियो । उनले एक पटक उनी “फ्रान्सेली पुटिन” जस्तै बन्न चाहेको बताएका थिए ।

“मैले तुरुन्तै युक्रेनको आक्रमणको निन्दा गरें” एरिक जेम्मुरले भने । यस युद्धले राष्ट्रपतिको अभियानलाई अपहरण गरेको उनले बताए । फ्रान्सको लागि वास्तविक खतराको रूपमा आप्रवासनमा ध्यान दिएर राष्ट्रपती निर्वाचनलाई अँध्यारोमा पारेको भनाई उनको थियो ।

युक्रेनको युद्धले फ्रान्सेली राष्ट्रले सामना गरिरहेको आधारभूत संकटलाई ओझेलमा पार्नु हुँदैन जुन महान प्रतिस्थापन हो” उनले भने । उनका अनुसार गोरा ईसाई मानिसहरुलाई जानाजानी गैर गोरा आप्रवाशीहरुद्वारा प्रतिस्थापन गरिएको छ ।

घृणायुक्त भाषणको लागि माहिर मानिएका जेम्मुरले फ्रान्सको रक्षा बजेट बढाउने र दोस्रो विमान वाहक निर्माण गर्ने वाचा गर्दै साझा युरोपेली रक्षा नीतिको कुनै पनि सम्भावनालाई अस्वीकार गरे ।

हाल ३५ हजार आरक्षित सैनिक संख्या बढाएर ६० हजार पुर्‍याउने बताएका उनले नेटोको एकीकृत सैन्य कमाण्ड छोड्ने आफ्नो वाचा पनि दोहोर्याए ।

फाबियन रसेल

अर्को नाटोप्रति शंकास्पद धारणा राख्ने कम्युनिष्ट पार्टीका नेता फाबियन रसेलले उत्तर एट्लान्टिक गठबन्धन छोड्नु पर्छ भन्ने आफ्नो अडानलाई दोहोर्‍याए । उनले बरु युरोपको लागि वैकल्पिक सामूहिक सुरक्षा ढाँचा निर्माणमा बहसको लागि आह्वान गरे ।

रसेललाई हाल सर्वेक्षणले चार प्रतिशत मत पाउने देखाएको छ । कम्युनिष्टहरू केहि दशकहरूमै यो उच्चतम स्तरमा पुगेको अवस्था हो । फ्रान्सेली विशाल उर्जा आपूर्ती कम्पनी टोटलले इन्धनको मूल्यमा भएको बृद्धिलाई रोक्न मद्दत गर्न आफ्नो ठूलो नाफा प्रयोग गर्नुपर्ने उनले बताए । ‘टोटलले अहिलेनै पेट्रोलको मूल्य घटाउनुपर्छ’ उनले भने । त्यसो नगरेमा कम्पनीको लाभांशमा शतप्रतिशत कर लगाउने धम्की पनि उनले दिए ।

तपाइँको प्रतिक्रिया