शुक्रबार, वैशाख १४, २०८१

रुस- युक्रेन युद्दपछि युरोपको भविष्य

पोल टेलर / पेरिस२०७८ चैत २ गते २:१२

phoTo-screen shot, the globala news

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथिको हमला शीतयुद्धको अन्त्यपछि युरोपको सुरक्षा व्यवस्थामा सबैभन्दा ठूलो चुनौति हो । यसले हाम्रो महाद्वीप र हाम्रो जीवनमा दूरगामी परिणामहरू ल्याउनेछ ।

छिमेकी राज्यको स्वतन्त्रतालाई कुचल्नको लागि सैन्य शक्तिको अप्रत्याशित प्रयोगले विनाशकारी प्रतिबन्धहरू निम्त्याएको छ । रूसी तेल र ग्यासबाट अझै टाढा दीर्घकालीन समस्याका विविधीकरणको सामना गर्नुपर्छ । युरोपले पनि रुसको आक्रमकतालाई रक्षा खर्चमा एक कदम परिवर्तन गर्नुपर्ने छ । र आफ्नो पूर्वी भागलाई बलियो बनाएर जवाफ दिनुपर्छ ।

रुसले लगाएको शासन विरुद्ध युक्रेनी प्रतिरोधलाई सहयोग गर्न युरोपेली देशहरू तयार हुनुपर्छ । संकटले पहिले नै नाटोलाई युरोपेली रक्षाको निर्विवाद मेरुदण्डको रूपमा बलियो बनाएको छ । ईयूले ठूलो रणनीतिक स्वायत्तता निर्माण गर्ने महत्वाकांक्षाको बाबजुदपनि रुसी आक्रमणपछि इयुको रक्षालाई बलियो पार्नुपर्ने अवस्था स्रिजना भएको छ । यसले गर्दा फ्रान्सलाई नाटोमा सक्रिय हुने नहुने निर्णय प्रक्रियाको क्रमिक अवरोधबाट एक कट्टर सहयोगीमा रूपान्तरण गरेको छ । त्यसले गर्दा नाटोमा सक्रिय भूमिका खेलेर रक्षालाई बलियो बनाउन मद्दत गर्न रोमानियामा सेना पठाउन इच्छुक भएको छ ।

यसले टर्कीलाई पनि सहयोगि बनाउन सक्छ जसको रुस र युक्रेन दुवैसँग सामुद्रिक सिमाना छ । तर टर्की कम कट्टर नाटो सहयोगीका रुपमा मात्रै रहन सक्छ । टर्कीले आफ्नो नाटो साझेदारहरूबाट १९३६ मोन्ट्रेक्स कन्भेन्सन अन्तर्गत आफ्नो शक्तिहरू प्रयोग गर्न सहजै मान्छ भन्नेपनि छैन । किनभने बोस्फोरस र डार्डानेलेस स्ट्रेटहरूबाट रूसी युद्धपोतहरूलाई प्रवेश गर्न अस्वीकार गर्दा उसले दवाव सामना गर्न सक्छ । यद्यपि मस्कोसँग पहिले नै मृतसागर (ब्ल्याक सी) मा थुप्रै नौसैनिक फायरपावर छन् ।

रुस-युक्रेन द्वन्द्वले नाटोको सैन्य छातामुनि आश्रय खोज्ने नयाँ देशहरू निम्त्याउन सक्छ । पहिलो पङ्क्तिमा ईयू सदस्यहरू स्वीडेन र रूसको छिमेकी फिनल्याण्ड छन् । दुबैले शीतयुद्धको अन्त्य पछि असंलग्न रहन रोजेका थिए । तर पुटिनले नाटो विस्तार अन्त्य गर्नका लागि आफ्नो माग राखेपछि उनीहरूले गठबन्धनमा सामेल हुने विकल्प खुला राख्ने आफ्नो संकल्प व्यक्त गरेका छन् ।

राजनीतिक रूपमा जर्मनीमा पहिले देखिनै पुनर्विचारका निकै संकेतहरू छन् जुन हालैका दिनहरूमा रूसी ग्यासमा आफ्नो निर्भरतालाई पुनर्विचार गर्न अनिच्क्षुक थियो । अहिले भने खोजिएको छ । रक्षा खर्चमा पर्याप्त वृद्धि गर्न र आवश्यक नभएसम्म यसको नाम मात्रको सशस्त्र बलहरूलाई लड्न फिट बनाउन अनिच्छुक थियो ।

रुसी ट्याङ्क र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गर्न थालेको केही घण्टामा पुटिनको मनसायको चेतावनी संकेतहरू वा आधुनिक सेनामा लगानी गर्न असफल भएकोमा जर्मन नेताहरुमा आत्माग्लानी शुरु भएको थियो । उनीहरु त्यसमा लाज मान्दै गरेका छन् ।

डिसेम्बरसम्म रक्षा मन्त्री रहेका र कुनै समय पूर्व चान्सलर एन्जेला मर्केलको सम्भावित उत्तराधिकारीको रूपमा चर्चित एनेग्रेट क्र्याम्प-कारेनबाउरले भनिन्: “यो ऐतिहासिक असफलताको लागि म आफैंसँग धेरै रिसाएको छु । जर्जिया, क्राइमिया र डोनबासमा (रूसको अघिल्लो आक्रमण) पछि पुटिनलाई वास्तवमै निरुत्साहित गर्न सक्ने कुनै पनि काम हामीले गरेका छैनौं ।”

उनले थपिन् “जर्मनहरूले पूर्व कुलपतिहरू हेल्मुट स्मिट र हेल्मुट कोलको पाठ बिर्सेका थिए । त्यो सहमतिको वार्तालाप सधैं पहिलो प्रश्न भएर आउँछ । तर हामी वार्तामा मात्रै भर पर्नुहुन्न । वार्तालापलाई अर्को पक्षको विकल्प नबनाउन सैन्य रूपमा पनि बलियो हुनुपर्दछ । त्यो भएन । ”

जर्मनीको स्थल सेनाका प्रमुख लेफ्टिनेन्ट-जनरल अल्फोन्स माइसको स्वीकारोक्ति अझ बढी थियो । उनले लिङ्क्डइनमा लेखेका छन् “मैले कहिल्यै विश्वास गरिन कि हामीले अर्को युद्धमा बाँच्नु पर्छ । र मैले नेतृत्व गर्ने स्थल सेना लगभग खाली छन् । गठबन्धनलाई समर्थन गर्न हामीले हाम्रा राजनीतिक नेताहरूलाई प्रस्ताव गर्न सक्ने विकल्पहरू अत्यन्त सीमित छन् ।

जब युरोपले सैन्य रूपमा आफ्नो कार्य एकसाथ प्राप्त गर्दछ तब बल्ल आर्थिक र राजनीतिक प्रभावहरू गम्भीर र दीर्घकालीन हुनेछन् । चाहे रुसले युक्रेनमाथि कब्जा जमाएर वा किभमा कठपुतली शासन स्थापना गरेपछि हट्ने होस्, पुटिन सत्तामा रहुन्जेलसम्म एक कठपुतली सरकार हुनेछ । युरोपमा यसको अर्थ आर्थिक सम्बन्धमा पीडादायी विच्छेद हुनेछ । त्यसले दशौं लाख युरोपेलीहरूको जीवनको लागत बढाउनेछ । त्यो लागत तिनीहरूको ऊर्जा बिलहरूबाट बढ्न सुरु हुन्छ ।

युद्धले पोल्याण्ड र हंगेरी जस्ता देशहरूमा आइपुगेका युक्रेनी शरणार्थीहरूको ठूलो प्रवाह बढाउन बाध्य छ । ग्रीस र इटालीले शरणार्थीहरूको आफ्नै आगमनको सामना गर्दा एकता देखाउन अस्वीकार गर्ने यी देशहरू हुन् । ईयु साझेदारहरू पोल्याण्ड र हंगेरीले त्यतिबेला भन्दा अहिले बोझ बाँड्न धेरै उदारता देखाउनुपर्छ । तर त्यो गर्लान् भन्ने छैन ।

रुसमाथि लगाइने नाकाबन्दिले अनिवार्य रूपमा ईयु देशहरूका लागि गम्भिर आर्थिक पीडा ल्याउनेछ । किनभने ईयुले संयुक्त राज्य अमेरिकाको तुलनामा रूससँग लगभग आठ गुणा बढी व्यापार गर्दछ । तर प्रभाव असमान हुनेछ । ग्यास आपूर्ति बन्द भएमा जर्मनी, इटाली, हंगेरी र बुल्गेरिया सबैभन्दा बढी प्रभावित हुनेछन् । त्यसकालागि ईयु भित्र र एट्लान्टिक पारीपनि आर्थिक एकता संगठित गर्न आवश्यक हुनेछ ।

युद्धले कसरी पश्चिमी युरोपका बैंक, घर जग्गा बजार, खेलकुद क्लब रूसी धनाढ्यहरूको भाग्यको लागि स्नानकक्ष बन्यो भनेर आत्मनिर्णय गर्नुपर्ने बनाउने छ । प्रायः पुटिनको भित्री सर्कलसँगको सम्बन्धको बारेमा लामो समयदेखिको आत्म-परीक्षणलाई प्रेरित गर्नुपर्छ अब ।

युकेले ओलिगार्च (रुसी कुलिन वर्ग, धनाढ्य र सत्ता निकटका वर्ग) हरू र तिनीहरूको पैसालाई रातो कार्पेट ओछ्याएर स्वागत गर्‍यो । लामो-समयसम्म घोटाला गर्न दियो भन्ने बल्ल ढिलो गतिमा महसुस गरेको छ । तिमध्ये केहीले कन्जरभेटिभ पार्टीलाई ठूलो चन्दा कसरि आएको थियो भन्ने बाटो फेला पारेका छन् ।

रुसी कम्पनी र क्रेमलिनसित सम्बन्ध भएका बैंकहरूको पेरोलमा आफ्नो सेवानिवृत्ति थैली सोझ्याउने सेवानिवृत्त युरोपेली राजनीतिज्ञहरूको पनि हिसाब हुनुपर्छ ।

एक जोडी पूर्व फिनिश प्रधानमन्त्री एस्को आहो र पूर्व अस्ट्रियाका चान्सलर क्रिस्चियन केर्नले सम्मानजनक काम गरे । आक्रमणको केही घण्टा भित्र क्रमशः स्बेरबैंक र आरजेडडी रूसी रेलवेको बोर्डबाट हटे । अन्यहरू, जस्तै पूर्व जर्मन चान्सलर गेर्हार्ड स्रोयडर गाजप्रोम को (हाल निलम्बित) नर्ड स्ट्रीम २ पाइपलाइन कम्पनीका अध्यक्ष थिए । र पूर्व फ्रान्सेली प्रधानमन्त्री फ्रंस्वा फियँ दुई राज्य-नियन्त्रित रूसी ऊर्जा कम्पनीहरूको बोर्डमा रहेका थिए । उनी अझै पनि आफ्नो सीटमा टाँस्सिईरहेकै छन् ।

आर्थिक अन्तरनिर्भरताको माध्यमबाट पूर्व-पश्चिम समझदारी निर्माण गर्न मद्दत गर्ने बारे उनीहरूमा जुनसुकै भ्रमहरू भए तापनि उनीहरू इतिहासको गलत पक्षमा छन् भन्ने कुरा उनी आफैं र उनीहरूका पूर्व मतदाताहरूलाई स्पष्ट हुनुपर्छ ।

रुसले गरेको अन्तर्राष्ट्रिय कानूनको क्रूर उल्लङ्घनले फ्रान्सका मरिन ल पेन, इटालीका माटियो साल्भिनी र हंगेरीका भिक्टर ओर्बान जस्ता राष्ट्रवादी युरोपेली राजनीतिज्ञहरूलाई बदनाम गर्न मद्दत गर्नुपर्छ जसले राजनीतिक समर्थन प्राप्त गरेका छन् । केही अवस्थामा पुटिनबाट आर्थिक समर्थन र गुप्त सामाजिक सञ्जाल सहायता पाएका छन् ।

अन्तमा, एउटा भ्रम मलाई के रहेछ भने पश्चिमी देश र युक्रेन दुबैले नाटोमा सामेल हुने कीभको बोलीको दीर्घकालीन स्थगन स्वीकार गर्न तयार भएमा यो युद्ध रोक्न कूटनीतिक समाधान सम्भव छ । त्यस्तो विश्वास गर्ने अरुपनि धेरै थिए र तिनीहरूमध्ये म पनि थिएँ । त्यो बिकल्पलाई मैले सधैँ पुलको रुपमा सोचेको थिएँ । तर गठबन्धनको लागि त्यो धेरै टाढाको कुरा रहेछ ।

हामी पुटिनको बारेमा गलत थियौं । उनले दावी गरे कि अमेरिकी राष्ट्रपति जो बाइडेनले निजी वार्तामा निषेधका बिभिन्न कुरा प्रस्ताव गरे । तर रूसी नेताको धेरै ठूला उद्देश्यहरू थिए । उनी युक्रेनलाई सधैंकालागि स्वतन्त्र, सार्वभौम लोकतान्त्रिक हुनबाट रोक्न चाहन्थे । किनभने युक्रेन त्यस्तो स्वतन्त्र भएमा उनी यसलाई आफ्नो शासनको लागि असहनीय खतराको रूपमा देख्छन् । अहिले हामी सबैले के गर्ने बारे पुनर्विचार गरिरहेका छौं । मैलेपनि गरिरहेको छु । किनकि पुटीनले त्यसलाई रगतमा छताछुल्ला पारेका छन् ।

(फ्रान्सेली भाषामा प्रकाशित पोलिटिको प्वाँ ईयुको आलेखलाई नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया