बुधबार, वैशाख १२, २०८१

एनआरएनए लेटरप्याड र लोगो दुरुपयोग गरेको भन्दै उपाध्यक्ष लामालाई कारवाहिको चेतावनी

नेपालप्लस संवाददाता२०७८ चैत २ गते १०:४५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग गरेको भन्दै विधान बमोजिम कारवाहि गरिने चेतावनी दिईएको छ ।

एनआरएनएद्वारा वुधवार एक प्रेस बिज्ञप्ती जारि गर्दै संघका उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा समानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रामक पत्राचार गर्ने र बिभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको उल्लेख गरिएको छ । एनआरएनए सदस्यहरुलाई त्यस्ता गतिविधि प्रति सचेत रहन् अपिल गरिएको छ ।

बिज्ञप्ती मार्फत् लामालाई चेतावनी दिँदै भनिएको छ “लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइन्छ । संस्थालाई अहित हुने कुनै पनि गतिविधिमा संलग्न भएमा संघको विधान बमोजिम कार्यवाहीको प्रकृया समेत अघि बढाइने छ ।”

एनआरएनएको प्रेस बिज्ञप्ती

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा सामानन्तर सम्मेलनको आयोजना गरिएको भन्दै भ्रामक पत्राचार गर्ने र बिभिन्न संचार माध्यमलाई गलत सूचना प्रवाह गरेको समेत बिज्ञप्तीमार्फत् जनाइएको छ ।

संघले विश्वभर छरिएका सम्पूर्ण प्रतिनिधिहरुलाई आगामी मार्च २४ र २५ मा हुने निर्वाचनमा उत्साहपूर्ण सहभागिताको लागि हार्दिक अनुरोध समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया