शुक्रबार, चैत १६, २०८०

एनआरएनए निर्वाचन अनुगमन समितिमा संस्थापक अध्यक्ष महतोसहित पाँच पूर्व अध्यक्ष

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत २ गते १५:५२

एनआरएनए पूर्व अध्यक्षहरु । फाईल फोटो ।

गैर आवाशीय नेपाली संघ (एनआरएनए)को २४ र २५ मार्चमा हुने निर्वाचनकालागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसहित जीवा लामिछाने, शेष घले, देवमान हिराचन र भवन भट्ट रहेको पाँच सदस्यिय निर्वाचन अनुगमन समिति घोषणा गरिएको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधवार (मार्च १६) मा सूचना जारि गर्दै संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको संयोजकत्वमा पाँच सदस्यिय निर्वाचन अनुगमन समिति गठन गरिएको घोषणा गरेका हुन् ।

यो अनुगमन समिति अध्यक्ष पन्तले आफ्नै तर्फबाट गठन गरेका हुन् वा पाँच जनासँगको सल्लाह, स्विकारोक्तिमै गठन गरेका हुन् भन्ने खुलेको छैन । घले र हिराचनले अलग्गै महाधिवेशन डाकेकाले यि दुईको संलग्नता हुन्छ कि हुन्न भन्ने प्रतिक्रिया आइसकेको भने छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक