बिहीबार, वैशाख ६, २०८१

रुसी ग्राहकहरुको झण्डै दुई खर्ब स्विस फ्र्यांक स्विजरल्याण्डका बैंकमा रोक्का

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ चैत २ गते २२:३४

रुसी ग्राहकहरु विरुद्ध युरोपेली संघले लगाएको प्रतिबन्धका कारण स्वीस बैंकहरु प्रभावित भएका छन् । © कीस्टोन/क्रिश्चियन ब्यूटलर

रुसी ग्राहकहरुको डेढ खर्वदेखि दुई खर्ब स्विस फ्र्यांक स्विस बैंकहरुमा रहेको स्विस बैंकर्स एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अध्यक्ष मार्सेल रोहनरले मंगलबार समूहको वार्षिक पत्रकार सम्मेलनमा उक्त अनुमान गरेका हुन् । सन् २०२० मा समग्रमा, स्विस बैंकहरूको व्यवस्थापन अन्तर्गत कुल ७८ खरब, ७९ अरब स्विस फ्र्यांकको (७,८७९ बिलियन) सम्पत्ति थियो ।

रोहनरले रुस विरुद्ध स्विट्जरल्याण्डले लगाएको आर्थिक प्रतिबन्धको परिणाम स्वरूप अवरुद्ध भएको रकमको परिमाण बताउन भने अस्वीकार गरे ।

किस्टोन-एसडीए समाचार एजेन्सीका अनुसार बैंकहरूले अर्को जुनसम्ममा अर्थ मन्त्रालयमा सम्पत्ति रिपोर्ट बुझाउनुपर्ने भएकाले सही रकम पछि स्पष्ट हुनसक्ने उनले बताए ।

कालोसूचीमा परेका रूसी ग्राहकहरूले आफ्नो स्विस खाताबाट कुनैपनि पैसा निकाल्न सक्दैनन् । न त उनीहरूले एक लाख स्विस फ्र्यांक भन्दा बढी रकम जम्मा गर्न सक्छन् ।

स्विस सरकारले फर्वरीको अन्त्यमा युरोपेली संघले लगाएको प्रतिबन्धको पहिलो शर्त लागु गर्‍यो जसले स्विट्जरल्याण्डको तटस्थ स्थितिको बारेमा बहस बढाईदिएको छ ।

सरकारले विगतका हप्ताहरूमा घोषणा गरेको थप ईयु प्रतिबन्धहरूको परिप्रेक्ष्यमा रुसबिरुद्द थप दण्डात्मक उपायहरू लिने विचार गर्ने बताएको छ ।

तपाइँको प्रतिक्रिया