शुक्रबार, वैशाख १४, २०८१

‘रेक्जिट’: मतदानबाट निष्कासन अघिनै ‘काउन्सिल अफ युरोप’ बाट बाहिरियो रुस

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत ३ गते ०:०३

flags-council-of europe

रुस युरोपको प्रमुख मानव अधिकार पर्यवेक्षक संगठन ‘काउन्सिल अफ युरोप’ बाट मंगलवारदेखि आफैं बाहिरिएको छ । रुसलाई निष्कासन गर्नको लागि मतदान गर्नु अघि आफैंले छोडेको हो । रुसलाई निष्कासन गर्नको लागि मतदान गर्नु अघि आफैंले छोडेको हो ।

बेलायत युरोपेली युनियनबाट बाहिरिएपछि ब्रिटेन एक्जिट लाई ब्रेक्जिट भने जस्तै अहिले रसिया यो मानव अधिकार संस्थाबाट बाहिरिएपछि रसिया एक्जिट अर्थात् छोटकरीमा रेक्जिट बनाएका छन् ।

यो निकाय सन् १९४९ मा स्थापित भएको थियो । रुस यो मानवअधिकार निकाय छोड्ने दोस्रो देश बनेको छ । यसमा हाल ४७ सदस्य राष्ट्रहरू छन् । ग्रीस सन् १९६९ मा यसैगरि फिर्ता भएको थियो जब यो सैन्य तानाशाहीको अधीनमा गएको थियो । तर १९७४ मा पुन: सामेल भएको थियो ।

व्यवहारमा यसको अर्थ के हो भने रूसी नागरिकहरूले आफ्नो देशको अदालतहरू समाप्त गरिसकेपछि वा नयय नपाएपछि अन्तिम उपायको रूपमा युरोपेली परिषद्को न्यायिक शाखा, मानव अधिकारको युरोपेली अदालत (ईसीएचआर) मा जान सक्षम हुने छैनन् ।

रुसी परराष्ट्र मन्त्रालयले नाटो र ईयू सदस्य राष्ट्रहरूलाई संगठनमा आफ्नो बहुमतको दुरुपयोग गरेको आरोप लगाएको छ । यसलाई रुस विरोधी नीतिको साधनमा परिणत गर्न, समान वार्तालाप र यस ‘प्यान-युरोपियन संरचना’ को स्थापना भएका सबै सिद्धान्तहरूलाई त्याग्दै रुस बिरुद्द एक जुट हुन लागेको, मताधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।”

“यस्तो अवस्थामा हाम्रो देश युरोप काउन्सिलमा रहनेछैन । यस वर्षको मार्च १५ मा महासचिव, पेज्सिनोभिक-बुरिकले यस संगठनबाट रुस बाहिरिएको सूचना संगठनलाई मंगलवार पठाएकि हुन् ।

“हामीलाई यो कदम चाल्न बाध्य पार्नेहरूले महाद्वीपका साझा सरोकार, मानवीय र कानुनी विनाशको लागि र युरोपेली परिषदको नतिजाको लागि सबै जिम्मेवारी वहन गर्नुपर्छ जसले रूस बिना आफ्नो प्यान-युरोपियन समन्वय गुमाउनेछ” रुसका तर्फबाट विज्ञप्तिमा भनिएको छ ।

रुसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युरोप काउन्सिलले फर्वरी २५ मा अस्थायी रूपमा रुसलाई निलम्बन गरेको थियो ।

रुसको सदस्यताबाट हट्ने निर्णय सदस्य राष्ट्रहरूले एक प्रस्तावलाई अनुमोदन गर्नु अघि आएको थियो जसमा “रूसी संघ अब संगठनको सदस्य राष्ट्र रहनु हुँदैन भन्ने सर्वसम्मतिले पास गर्न लागेको थियो” काउन्सिल अफ युरोपले एक विज्ञप्तिमा भन्यो ।

“हामी युक्रेनी जनतालाई आक्रमण विरुद्धको लडाईमा सहयोग, राहत र कानुनी उपचार उपलब्ध गराउन र न्याय र अन्तर्राष्ट्रिय सहयोगमा आधारित शान्तिको खोजी जारी राख्न हाम्रो अधिकार अनुसार सबै माध्यम प्रयोग गर्न कटिबद्ध छौं” बिज्ञप्तीमा भनिएको छ ।

बुधवार मन्त्रिपरिषद समितिको असाधारण बैठक पछि यो प्रस्ताव पारित गरिएको थियो । त्यसले रूसी संघले २६ वर्षको सदस्यता पछि आज बुधवारदेखि युरोप काउन्सिलको सदस्य नहुनेमा जोड दिएको थियो ।

ईसिएचआरको तथ्याङ्क अनुसार सन् २०२१ मा पठाइएका निर्णयहरूको पाँचौं भाग (मुद्दामामिला, उजुरि) रूससँग सम्बन्धित छ । ३१ डिसेम्बर २०२१ मा विचाराधीन ७० हजार भन्दा बढी मुद्दाहरू मध्ये लगभग एक चौथाई रूसी संघ विरुद्ध दायर गरिएको थियो ।

तपाइँको प्रतिक्रिया