शुक्रबार, चैत १६, २०८०

एनआरएनएमा बहुपदिय ढाँचामा सहमति गरिने संभावना, शुक्रवार फेरि उच्चस्तरिय गोप्य वार्ता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ३ गते २२:५५

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति सक्किएर निर्वाचन आउनै लागेपनि भित्र भित्रै नेत्रित्वकालागि बहुपदिय ढाँचामा सहमति हुने तयारि भैरहेको छ ।

निर्वाचनको मिति नजिकिएपनि र केहिले उम्मेदवारी नदिएपनि केहि बहुपदीय ढाँचामा सहमतिको तयारि गरिएको हो ।

यो सहमति गराउन राजनितिक रुपमा नेपाली कांग्रेसका नेता गगन थापा र एनआरएनएका तर्फबाट वार्ता र सहमतिकालागि मध्यमार्गी भूमिका खेल्दै आएका कोषाध्यक्ष महेश श्रेष्ठ लागेका हुन् ।

स्रोतका अनुसार उम्मेदवारी दिने मिति सक्किएपनि अध्यक्ष लगायतका केहि उच्च पद स्रिजना गरिने छ । यसकालागि एनआरएनए उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. बद्रि केसीलेपनि सहमति दिएका छन् ।

केसीमाथि यो चक्रिय वा बहुपदिय ढाँचामा सहमति नगरेमा संस्था टुक्रिने, भताभुंग हुने र संस्था टुक्रिएमा त्यसको दोषको भाग सबैलाई लाग्ने हुनाले संस्था जोगाउनकालागिपनि त्याग गर्नुपर्ने भन्ने उच्चस्तरबाट आग्रह र दवाव परेको थियो ।

“मेरै कारणले संस्था बिग्रिने, भत्किने, फुटने, विवादित हुने र संस्थाको ईतिहासमा कालो दाग लाग्ने हो र मैले स्विकार गरे त्यो समस्या हल हुन्छ भन्ने हो भने स्विकार गरौंला” डा. बद्रि केसीको भनाई उल्लेख गर्दै एनआरएनए उच्च स्रोतले नेपालप्लसलाई भन्यो ।

स्रोतका अनुसार एनआरएनएको उम्मेदवारी मनोनयनको अन्तिम समयतिर माओवादी केन्द्रका तर्फबाट कुल आचार्यको टीममा गएका आरके शर्मा र लोकप्रसाद दहालले क्याम्प छोडेपछि नेपाली कांग्रेसमा ठूलो दबाब परेको थियो । कांग्रेसकै खास समर्थकहरु बद्रि केसीकै समुहतिर रहेको, एमालेको समर्थन यतै रहेको, नेकपा समाजवादीलेपनि संस्थापन समुहतिरै समर्थन् गरेको, कांग्रेसको जनवर्गिय संगठन नेपाली जनसंपर्क समितिका धेरै संस्थापन पक्षतिरै लागेको, कांग्रेसको प्रवाशका कार्यकर्ताबाट चर्को दवाव परेको र अन्त्यमा कांग्रेस मात्रै एक्लै परेकाले एनआरएनए फुटको सम्पूर्ण दोष कांग्रेसले भोग्नुपर्ने भन्दै खासगरि गगन थापा एनआरएनएलाई फुट्न नदिन डटेर लागेका छन् ।

पराष्ट्र मन्त्रालयले पत्र काट्ने, निर्वाचन रोक्ने र दुख दिने गरेको, प्रधानमन्त्री देउवाले खुलेर पक्षधरता देखाएको र अन्त्यमा कांग्रेस सानो चोइटो लिएर एकातिर पर्ने र फुटको दोष भने सबै कांग्रेसलाई पर्ने देखेर गगन थापा जसरिपनि मिलाउने भन्दै कस्सिएका थिए ।

थापा कस्सीनुमा अर्को कारण केपनि थियो भने एनआरएनए फुटेमा त्यसको असर आउँदै गरेको स्थानिय निर्वाचनलाईपनि पर्छ । एनआरएनएका एक लाख ६ हजार सदस्य मध्ये ४० हजारले एनआरएनए फुटको दोष कांग्रेसलाई लगाउँदै स्थानिय निर्वाचनमा त्यसैलाई प्रचार गरे भनेपनि कांग्रेसको धेरै भोट काटिनसक्ने आँकलन गगन थापा र केहि नेताको थियो । उनीहरुले एनआरएनए फुटेमा नेपालका मेडियामा यहि अभियान चलाउन सक्छन् भोटको राजनितिकालागि भन्ने आँकलनपनि गरेका छन् ।

“एनआरएनएका एक लाख ६ हजार सदस्य छन् । सदस्य नभएका मध्येपनि समर्थन र सद्भाव राख्ने धेरै छन् । ४० प्रतिशतले मात्रै प्रवाशीको संस्था बिगार्ने, फुटाउने, दुख दिने कांग्रेस हो, यसलाई भोट नदिनु भनेर आफ्ना बा आमा, दाजुभाई, दिदिबहिनी आफन्तलाई भनिदिएभने कति फरक पर्छ ? एउटै घरमा कम्तिमा चार भोट छन् । कांग्रेसका अलि दुरदर्शी नेताले यो देखेका छन्” कांग्रेस पार्टीमै निकटता राख्ने ति एनआरएनए अभियन्ताले भने “एनआरएनए फुट्यो भने कांग्रेसलाई स्थानिय निर्वाचनमा ठूलो घाटा हुने देखेर जसरिपनि सहमति गराउन खोजेका हुन् ।”

संवन्धित : “एनआरएनए समस्या समाधानमा कुनै ठोस कदम चालिएको छैन” आचार्य

नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का सहमतिका लागि भएका धेरै पटकका वार्तामा सामेल छन् । उनले कांग्रेस समर्थक एनआरएनएका नेताहरुलाई हरेक जसो बैठकमा भन्ने गरेकापनि छन् “एनआरएन बिगार्‍यो, भत्कायो भनेर कांग्रेसको बदनाम गरे । कांग्रेसलाई गालि र बेइज्जति गरे । कांग्रेस हौं भन्नेहरुलेपनि कांग्रेसको बचाउ गरेनन् ।”

एनआरएन बिगार्ने कांग्रेस हो भन्ने दोषले गर्दापनि कांग्रेस नेतानै अहिले सहमतिकालागि बढी कस्सिएका छन् । भित्र भित्रै भएका वार्तामा खास गरि अध्यक्ष, महासचिव, उपाध्यक्ष, सचिव लगायतका प्रमुख पदमा सहमति गर्न खोजिएको छ । सहमतिमा पद बाँड्नकालागि केहि पद स्रिजना गरिने संभावना छ । विधानत नमिल्ने पदमा वा विधानले तोकेभन्दा बढी पद स्रिजना गरे के होला ? भन्ने प्रश्नपनि छ । त्यसैले विधानमा नभएका पद थप्ने र त्यसलाई निर्वाचन लगत्तै हुने महाधिवेशनबाट पारिद गर्न सकिने बिकल्प सुझाएका छन् ।

यो सहमति कायम गर्नकालागि दर्जन भन्दा बढी पटक बिभिन्न तवरमा वार्ता भएका छन् । हाल गर्न लागिएको सहमतिकालागि पनि राजनितिक तहमा प्रमुख दलका नेताहरुको सहमति लिईएको छ । कांग्रेसमा पूर्ण बहादुर खड्का र खासगरि युवा नेता गगन थापा दुबै सक्रियरुपमै लागेका छन् भने उता एमालेतर्फ केपी ओलीकोसमेत समर्थन लिईएको छ । माओवादी तहमा त एनआरएनएको लागि पार्टीले बोल्नुहुन्न किनकि हाम्रा मान्छे दुबै खेमामा छन् भन्ने निति लिन नेतामा दवाव छ । त्यसैले माओवादीका दुई समर्थक लोक प्रसाद दहाल र आर के शर्मा संस्थापन पक्षतिरै फर्किएपछि माओवादीको समर्थन पनि झनै पक्का देखिएको छ ।

यो सहमति गर्नकालागि पछिल्लो पटक अध्यक्ष कुमार पन्त, कुल आचार्य, महेश श्रेष्ठ, डा. बद्रि केसीबिच वार्ता भएको थियो । यस अघि कुन कुन ढाँचामा सहमतिकालागि केकस्तो बिकल्प हुनसक्छ भनेर गगन थापा र पूर्ण बहादुर खड्काले एनआरएनएका बिभिन्न नेतासित पटक पटक वार्ता गरेका थिए ।

सबैभन्दा पछिल्लो अवस्थामा सहमतिकालागि मध्यमार्गी भूमिका खेलिरहेका महेश श्रेष्ठले उपाध्यक्ष डा. बद्रि केसी र महासचिव डा. हेमराज शर्मासित छलफल गरेका थिए । अन्त्यमा शर्मा र केसी दुबैले ‘यदि संस्था हाम्रै त्यागले जोडिने, एक हुने र यदि हामीनै बाधक हौं भने हामी स्विकार्न तयार छौं’ भन्ने जवाफ दिएको स्रोतले बतायो । त्यस लगत्तै फेरि कुल आचार्यसित थप वार्ता भएको थियो ।

यसबारेमा डा. केसी र डा. शर्मासित सित प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

बहुपदीय प्रणालीमा सहमति गर्न सकिने बिकल्पको संकेत यस अघि कुल आचार्यलेपनि दिएका थिए । गत फागुन २७ गते कुल आचार्यले नेपालप्लससित भनेका थिए “सबैले केहि न केहि त्याग गरौं । थोरै लेनदेनमा मिलाउँ भनेको हो । साथीहरुले चक्रिय प्रणालीका प्रस्ताव ल्याउनु भएको छ । भलै त्यसको कुनै कंक्रिट खाका छैन ।” (उक्त समाचार हेर्न यहाँ क्लिक गर्नुस्) ।

आजै बिहिवार वार्ताकारहरुले डा. बद्रि केसी र डा. हेमराज शर्मासित सल्लाह गरेका थिए । उनीहरुले बहुपदिय प्रणालीमा जान स्विकार गरी संस्थालाई एकताबद्द बनाउन सहयोग गर्नुपर्‍यो भन्दै अन्तिम अनुरोध गरेका थिए । डा. शर्मा र केसीको तर्फबाट हरियो बत्तीको संकेत बलेपछि बिहिवारनै कुल आचार्यसित थप वार्ता गर्ने र शुक्रवार गगन थापा, पूर्ण बहादुर खड्का, एनआरएनएका संस्थापक डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, कोषाध्यक्ष महेश श्रेष्ठ, अध्यक्ष कुमार पन्त, रबीना थापा र डा बद्रि केसीसहितको सलग्नतामा सहमति पत्रमा हस्ताक्षर गरिने संभावना छ ।

सहमति हुनासाथै उनीहरुले सहमति र एकताको महाधिवेशन गर्ने भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक