बुधबार, वैशाख १२, २०८१

पश्चिमी प्रतिबन्धहरूले डस्दा पुटिन आर्थिक भार धान्न कति सक्षम ?

जोर्गे लिबोरेइरो / फ्रान्स२०७८ चैत ४ गते १:१६

रुसी राष्ट्रपती पुटीन

व्यापक रूपमा अलोकप्रिय बोरिस येल्तसिनको पदमा भ्लादिमिर पुटिन आए । सन् २००० मा रूसी संघको अध्यक्षको रूपमा उत्तराधिकारी बन्दा उनी अस्पष्टताले ढाकेको क्रेमलिनमा आइपुगे ।

रुसको पूर्व मुख्य सुरक्षा निकाय केजीबीका पूर्व एजेन्ट पुटिन एक वर्ष मात्रै प्रधानमन्त्री बनेका थिए र अन्तर्राष्ट्रिय जगतमा प्राय अपरिचित थिए।

पुटिन ठूलो उथलपुथलका बिच देशको विरासतमा आए । रुसीबजार पुँजीवादमा अराजक संक्रमणबाट गुज्रिरहेको थियो । येल्तसिनको “शक थेरापी” ले १९९८ मा सार्वभौम यो मुलुकको आर्थिक उत्पादनमा ५ दशमलव ३ प्रतिशतले गिरावट आएको थियो । राष्ट्रिय मुद्रा रूबलको नाटकीय अवमूल्यन भएको थियो ।

यल्तसिनको विनाशले राष्ट्रपतिलाई सोभियत संघको पतन पछि आफ्नो देशलाई पुन: परिभाषित गर्न खाली ठाउँ प्रदान गर्यो । ऊर्जा क्षेत्रको नक्सा पुन: कोर्नको लागि उत्तम उपाय तेल फेला पार्यो । र सुरुदेखि नै आफ्नो यहि विरासतलाई जोड दियो ।
ऊर्जाको मूल्यमा भएको तीव्र वृद्धि, विकसित र उदीयमान अर्थतन्त्र दुवैबाट भएको ठूलो मागले रुसी राज्यलाई तुरुन्तै फाइदा पुर्‍यायो ।

सन् १९९९ र सन् २००८ को बीचमा देशको प्रतिव्यक्ति कुल गार्हस्त उत्पादन एक हजार तीन सय ३० डलरबाट ११ हजार छ सय ३५ डलरमा पुगेको थियो । यो एक शानदार वृद्धि हो जसले असमान र घरानिया, नव धनाढ्यको हालिमुहालि भैरहेका बेला जनतामा मध्यम-वर्गलाई समृद्धि गराउने धारणा फैलाउन मद्दत गर्यो ।

तर समानान्तर रुपमा मस्कोबाट केन्द्रित धक्काले केन्द्रीय सरकारको ऋणमा ठूलो कटौती गर्‍यो । त्यो अवधिमा कुल गार्हस्त उत्पादनको १०० दशमलव सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशतमा घट्यो ।

सन् २०१२ मा देश आधिकारिक रूपमा विश्व व्यापार संगठन (डब्ल्युटिओ) मा सामेल भयो । यसले निश्चित रूपमा राष्ट्रलाई विश्व अर्थतन्त्रसँग पङ्क्तिबद्ध गर्यो । यसलाई व्यक्तिगत रूपमा अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा स्वागत गरिएको थियो।

युक्रेन आक्रमण

युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा राष्ट्रहरूले रुसको महँगो युद्ध उपकरणलाई अपांग पार्ने र युद्धविराम गर्न बाध्य पार्ने उद्देश्यले रुसविरुद्धको प्रतिबन्धको निरन्तर विस्तार गर्दै गएका छन् । तिनले कडा प्रहार गरेका छन् रुसबिरुद्द ।

युरोपेली संघले सहयोगीहरूसँगको समन्वयमा विलासिताका सामान, विमानका वस्तुदेखि विमान चालकहरू र राज्य-स्वामित्वको मिडियासम्म सबैलाई लक्षित गरेर प्रतिबन्ध लगाएका छन् ।

एक स्तब्ध पार्ने कदम के छ भने पश्चिमी मुलुक सीधै रूसको केन्द्रीय बैंकको पछि लागे । उधारो कटौती गर्यो । विदेशी भण्डारमा यसको लगभग आधा अर्थात् ६ खर्ब ४० अर्व डलरको पहुँचलाई रोक्यो । रुबल गिरावटमा गयो । मुद्रास्फीति बढ्यो । स्टक बजार अचानक बन्द भएको थियो । त्यो कुनै पनि दृष्टिमा पुन: खुल्ने देखिन्न ।

एप्पल, नेटफ्लिक्स, इकेया, एच एण्ड एम र सोभियत संघमा पसल स्थापना गर्ने पहिलो अमेरिकी फास्ट-फूड रेस्टुरेन्ट म्याकडोनाल्ड्स जस्ता पश्चिमी कम्पनीहरूको झुण्ड सम्बन्धित लगानीकर्ता र आक्रोशित उपभोक्ताहरूको तीव्र दबाबमा देशबाट भागेका छन् ।
वित्तीय उद्योगको विश्वव्यापी संस्था इन्टरनेशनल फाइनान्सले रूसको आर्थिक प्रक्षेपणलाई २०२२ मा ३ प्रतिशत वृद्धिबाट १५ प्रतिशत संकुचन हुने देखाएको छ ।

महाशक्तिको विशेषाधिकार

भूकम्पीय घटनाहरू जस्तै भएको छ युक्रेनमा । युक्रेन युद्धले घेराबन्दीमा रहेका छन् शहरहरू । बढ्दो मृत्युको संख्या र विनाशको तिब्र गति जारी छ ।

रुसले पश्चिमी राजधानीहरूबाट आउने डरलाग्दो चेतावनीलाई बेवास्ता गरेको देखिन्छ । उसले अझै स्थिति बिग्रिएमा कडा सजाय दिने वाचा गरिरहेकै छ ।

“यी प्रतिबन्धहरू कुनै पनि अवस्थामा लगाइने थियो” पुटिनले सरकारी बैठकमा भनेका छन् “गम्भीर परिस्थितिको दुर्लभ अवस्था हो यो । केही प्रश्न समस्या र कठिनाइहरूका छन् । तर विगतमा हामीले ती पार गर्यौं र अब पनि पार गर्नेछौं ।”

पस्चिमी राष्ट्रहरुले रुसमाथि प्रतिबन्ध लगाउँदापनि राष्ट्रपती भ्लादिमिर पुटीन गलेको देखिंदैनन् । त्यो प्रतिबन्धका बिरुद्दपनि उनी कति समय रहन सक्छन् भनेर पस्चिमी गठबन्धनलाई आश्चर्यमा पारेको छ ।

“रुसीहरुमा बाह्य दबाबलाई बेवास्ता गर्ने, पचाउन सक्ने र बलियो राज्यका रुपमा रहने दृढ विश्वासको लामो इतिहास छ । त्यसले पुटिनको शासनलाई सुदृढ बनाउने र लम्ब्याउने काम गर्छ” लिडेन विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन र राजनीतिक शास्त्रबिज्ञ एन्ड्रे गेरिट्स बताउँछन् ।

“यदि रुसले अन्तत: युक्रेनसँग शान्ति सन्धिमा सहमत भए पनि उसले प्रतिबन्धका कारण शान्ति वार्तामा सहमत भएको कुरालाई खुला रूपमा स्वीकार गर्ने छैन । शान्ति वार्ताको प्रस्तावमा प्रतिबन्धहरूले खेलेको भूमिकाको बारेमा हामी कहिल्यै पक्का हुन सक्ने छैनौं” गेरिट्सले युरोन्यूजलाई भने ।

पुटिनको व्यवहार बुझ्नको लागि रुसको साम्राज्यवादी विगत, विजयको युग, भव्यता, आधुनिकीकरण र विशेष गरी निरपेक्ष शक्तिलाई फर्केर हेर्नुपर्छ जसलाई राष्ट्रपतिले अनुकरण गर्ने प्रयास गरेका छन् ।

‘सोभियत युगपछिको उदारवादी लोकतन्त्रलाई अँगाल्ने छोटो समयको प्रयासपछि देशभित्र अधिनायकवाद बिस्तारै बढ्दै गएको छ । आज मिखाइल गोर्बाचेभको ग्लासनोस्ट (सोभियत संघमा सरकारी संस्था र गतिविधिहरूमा खुलापन र पारदर्शिता) वर्षअघिको जस्तै स्पष्ट छ’ गेरिट्स टिप्पणी गर्छन् ।

“रुसमा बलियो नेता, राष्ट्रपति, अभिजात वर्ग भए मात्रै बलियो राजनीतिक प्रणाली हुनसक्ने विश्वाश पुटीनको छ । त्यो भए मात्रै अन्तर्राष्ट्रिय मञ्चमा स्वतन्त्र र सार्वभौम रूपमा कार्य गर्नको लागि र बलियो हुन सक्छ । त्यहाँ मात्रै राज्यको बीचमा प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यो भनेको अधिनायकवाद र यसको चालबाजी गर्ने कोठा हो” उनी भन्छन् ।

पुटीन महाशक्तिको विशेष खाले उच्चाधिकारमा विश्वास गर्छन् । पूर्व सोभियत गणराज्यहरू अनिवार्य रूपमा आफ्नो लागि जोगाउन छोडिएका छन् । त्यो विदेश नीतिको एउटा पक्ष हो जसलाई पश्चिमीहरुले कम आँकलन गर्छन्” गेरिट्स थप्छन् “अन्तर्राष्ट्रिय सम्बन्धको अराजकता युरोपमा बदला लिएर फर्किएको छ ।”

विश्वव्यापी निन्दाको सामना गर्दै राष्ट्रपतिले पुटीनले आफ्नो भूमि सम्हालेकै छन् । रूसको प्रभावको क्षेत्रमा नाटोको अतिक्रमण भएको विश्वासमा आफूमाथि भएको अवहेलनालाई दोब्बर प्रतिकार गर्दै छन् ।

पुटिन र उनका निकटवर्ती अधिकारीहरूले पश्चिमीहरु भनेको झूटको साम्राज्य हो भनेका छन् । आफ्नो देश बिरुद्दको प्रतिबन्धहरू युद्धको घोषणाजस्तै समान मानेका छन् । युक्रेनलाई सैन्य समर्थन गरेर हातहतियार उपलब्ध गराउनु बदलाको लागि वैध मानेका छन् । त्यसबिरुद्द प्रतिकार गर्ने लक्ष्य मानिने बताएका छन् ।

रुसले देशबाट बाहिरिने विदेशी कम्पनीहरूको उत्पादन सुविधा, कार्यालय र बौद्धिक सम्पत्ति लगायतका सम्पत्ति जफत र राष्ट्रियकरण गर्ने चेतावनी पनि दिएको छ ।

“अन्तमा यी सबैले हाम्रो स्वतन्त्रता, आत्मनिर्भरता र हाम्रो सार्वभौमसत्तामा वृद्धि हुनेछ” पुटिनले भविष्यवाणी गरेका छन् ।

तर १४ करोड ६० लाख जनसंख्या भएको यो देश वर्षौंदेखि विश्व अर्थतन्त्रको झन झन गहिराईमा पसिरहेको छ । आर्थिक र अन्य क्षत्रमा आत्मनिर्भरतामा आएको अचानक परिवर्तनले ठूलो, कठिन र सम्भवतः अप्राप्य चुनौतीलाई प्रतिनिधित्व गर्नेछ ।

“पुनर्आविष्कारको लागि समय र स्थल धेरै साँघुरो छ । रुसको पश्चिमी प्रविधि, सफ्टवेयर र लगानीसँग एकदमै गहिरो सम्बन्ध छ” फिनिस इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सकी वरिष्ठ अनुसन्धानकर्ता डा मारिया शगिना भन्छिन् “यदि हामीले यसलाई हटायौं भने एक्लो बनाउने र आफ्नो आत्मनिर्भरता हुने छ ।”

ऊर्जा सुरक्षा र रूसमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमा केन्द्रित काम गर्ने शगिनाले रुसले रणनीतिक उद्योगहरूको “रुसीकरण” र “पुनर्विनियोजन” को प्रयासलाई तीव्र पार्ने बताउँछिन् । तर रूसको पश्चिमी साझेदारसितको व्यापारमा निर्भरताको कारणले अस्तित्वको रणनीति धेरै शंकास्पद भएको विश्वास उनको छ ।

प्रतिबन्धको बोझ बोकेको रुसले पश्चिमासँगको वाणिज्य डुब्दा युक्रेनको आक्रमणको निन्दा गर्ने संयुक्त राष्ट्र संघको प्रस्तावमा सहमति नगर्ने थोरै देशहरू मध्येका दुई विशाल अर्थतन्त्र चीन र भारतसित विकल्पहरू खोज्न सक्छ ।

“रूस प्रतिबन्धको अधीनमा हुँदा चीनले वित्तीय जीवनरेखा प्रदान गर्न सक्छ । प्रश्न के भने उसले त्यसो गर्छ कि गर्दैन” शगिनाले युरोन्यूजलाई बताइन् ।

ईयु पछि रूसको सबैभन्दा ठूलो व्यापार साझेदार चीनले अहिलेसम्म युक्रेनको स्वतन्त्रताको लागि आफ्नो समर्थन व्यक्त गरेको छ । अधिकतम संयमता अपनाउन आह्वान गरेको छ । युद्धविराम गर्न मद्दतको प्रस्ताव राखेको छ । यद्यपि अमेरिकी अधिकारीहरूले चीनले सैन्य, आर्थिक र अन्य सहयोग रूसलाई प्रदान गर्न इच्छुक हुन सक्ने सुझाव दिएका छन् । तर चीनले त्यसलाई अस्वीकार गरेको छ ।

“चीन अस्पष्ट भएको होइन कि यो एकदम जानाजानी हो । उनीहरू पश्चिमीहरुले अनुमान गरुन् भन्ने चाहन्छन् । तिनीहरू दुवै पक्षबाट फाइदा लिन चाहन्छन् । तिनीहरू स्पष्ट रूपमा एक पक्ष वा अर्कोमा हुन चाहँदैनन्” शगिनाले टिप्पणी गरिन् “अन्तमा, चीन स्थायित्व चाहन्छ र रुस जस्तो साझेदारसँग ताल्चा लगाएर बन्दि बस्न चाहँदैन ।”

ईयु-निर्मित लाइफलाइन

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले आफ्नो दिमागलाई चीन कुन दिशामा झुक्ला भनेर घुमाईरहेका छन् । रुसले आफ्नै छिमेकी जस्तो वा एशियाकै एक र विश्व शक्तिशाली देशको भित्रि साथ र समर्थन पाउने भाग्यमानी देश भएको छ ।

गत वर्ष युरोपेली संघले रुसबाट इन्धन खरिद गर्न ९८ अरब ९० करोड युरो खर्च गरेको थियो जुन कुल आयातको ६२ प्रतिशत हो । ऊर्जामा तिर्खाएको ईयुले एक खर्व ५५ अर्ब क्यूबिक मिटर (बीसीएम) ग्यास खरिद गर्यो । यो तथ्यांक भन्दा अझै बढी हुनसक्छ । किनकि यो युरोस्टाटको तथ्यांक गोपनियताको कारणले गर्दा पूर्ण तथ्यांकको प्रतिनिधित गर्दैन ।

तेल र ग्यास निर्यातले रूसको संघीय बजेटको लगभग ४० प्रतिशत ओगटेको छ जसमा राष्ट्रिय रक्षा खर्चहरू समावेश छन् । त्यो सन् २०२० मा ६१ अर्ब ७० करोड डलर हुने अनुमान गरिएको छ।

ईयु लामो समय देखि रूसी तेल र ग्यासमा भारी निर्भरताको बारेमा सचेत छ । तर यसको परनिर्भरता कम गर्नको लागी केहि सुधार गरेको छैन । सन् २०१४ मा क्रिमियाको विलयमा रुसविरुद्ध लगाइएको प्रतिबन्धहरू पछि त्यसलाई ईयुले चर्को निन्दा गर्यो । त्यसलाई कहिल्यै मान्यता नगरेपनि रुसी ग्यास खरिद इयुले झन बढायो ।

अमेरिका, युक्रेन र आफ्नै पूर्वी सदस्य राष्ट्रहरूको दबाबको बावजुद इयुले अहिलेसम्म मस्कोको सबैभन्दा लाभदायक आम्दानीको स्रोतलाई प्रत्यक्ष रूपमा घटाउन अस्वीकार गरेको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले ऊर्जा आयात नागरिकहरूको दैनिक जीवनका लागि अत्यावश्यक महत्त्व भएको बताएका छन् ।

पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका वरिष्ठ अधिकारी जेफ्री जे स्कट भन्छन्, “यसले पुटिनलाई आफ्नो घट्दो अर्थतन्त्रलाई टिकाउन महत्वपूर्ण स्रोतको काम गरेको छ ।”

रुसी ग्यासको आयात

पश्चिमी प्रतिबन्धहरूले स्पष्ट रूपमा रूसी अर्थतन्त्रलाई प्रभाव पारिरहेको छ । मध्यम अवधिको लागि रूसी आर्थिक वृद्धिमा बचाउको प्रभाव पार्नेछ । तर तत्काल प्रभाव पार्ने स्पष्ट छैन । यसले अझै पनि तेल र अन्य अपवादका कारण रुसलाई केही सास फेर्न सजिलो बनाइदिन्छ” स्कटले युरोन्यूजलाई भने ।

“रुसमाथि आर्थिक पीडा केही समयको लागि निर्णायक हुनेछैन । यदि तपाईंले तेल र ग्यासको व्यापारमा प्रतिबन्धहरू बढाउनुभएन भने यसले रूसी सेनालाई युक्रेनमा निर्दोष नागरिकहरूलाई थप क्षति पुर्‍याउन समय दिने छ । त्यसैले मानवीय दृष्टिकोणबाट तर्क के भने ईयुले रुसी ग्यासलाई धेरै छिटो काट्नु पर्छ ।”

एक स्वतन्त्र अनुसन्धान संगठन ‘ऊर्जा र स्वच्छ वायु अनुसन्धान केन्द्र (क्रेया)’ द्वारा स्थापित ट्र्याकिङ उपकरण अनुसार २४ फर्वरीमा युक्रेनमा आक्रमण सुरु भएदेखि ईयूले १३ अर्व युरो रूसी जीवाश्म ईन्धनमा खर्च गरेको छ जसमध्ये ग्यासमा ६ अर्व युरो पनि समावेश छ ।

ब्रसेल्सले भर्खरै गत वर्षको अन्त्य अघि रूसी ग्यास आयात दुई तिहाईले कटौती गर्ने महत्वाकांक्षी रोडम्याप घोषणा गर्‍यो । तर नेताहरूले तिनीहरूलाई पूर्ण रूपमा लागु गर्न अन्तिम समयसीमामा सहमत हुन सकेनन् ।

त्यसले गर्दा पुटिनको एक-आयामी तर आकर्षक आर्थिक मोडेल तत्कालको लागि पूर्ण विनाशबाट जोगिएको छ ।

देशका बाँकी क्षेत्रहरूले धेरै प्रतिबन्धहरूको प्रहार खेपिरहेका छन् । उपभोक्ताहरूले तखताका सामान र तेल तथा ग्यासमा उच्च मूल्यको सामना गरिरहेका छन् । राज्यलाई राजस्वको सानो तर भरपर्दो स्रोतको ग्यारेन्टी गरिरहेका छन् जसले गर्दा राज्यको आफ्नो सबैभन्दा महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न सक्छ । तर त्यो रोक्न सके मात्रै पुटीनलाई लडाई त्याग्न बाध्य पार्न सकिन्छ । सामान्य सडकको ब्यानर आन्दोलनले पार्न सक्दैन ।

“पुटिनको शासनलाई समर्थन गर्ने शक्तिशाली र गोप्य अरबपतिहरू, ओलिगार्च (कुलिन वर्ग, घरानिया उच्च वर्ग) हरूबाट मात्र विद्रोहले राष्ट्रपतिलाई आफ्नो मन परिवर्तन गराउन सक्छ” तीन विज्ञहरूले उल्लेख गरे “तर यस्तो विद्रोह देख्न बाँकी छ ।

पश्चिमले सम्भ्रान्तहरूमा लगाएको यात्रा प्रतिबन्ध, सम्पत्ति रोक्का र विलासिता प्रतिबन्ध पर्याप्त देखिन्न ।

“रूसी अर्थतन्त्रले आफैलाई पुन: आविष्कार र परिस्क्रित गर्ने सम्भावना छ” स्कट भन्छन् “तर भ्लादिमिर पुटिनको नेतृत्वमा यो कसरी सम्भवतः हुन सक्छ भनेर हेर्न भने गाह्रो छ ।”

(युरो न्युजमा प्रकाशित फ्रान्सेली भाषाको आलेखलाई नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया