शुक्रबार, वैशाख १४, २०८१

इस्ताग्रामलाई रोक लगाएपछि रुसद्वारा नयाँ ‘रोसग्राम’ फोटो एप्स सुरू गर्ने तयारी

नेपालप्लस संवाददाता२०७८ चैत ४ गते १:४८

रूसी प्राविधिक उद्यमीहरूले इस्ताग्रामले छोडेको खाली ठाउँमा घरेलु बजारमा तस्विर-साझेदारी अनुप्रयोग (एप्स) सुरू गर्ने तयारी गरेका छन् । रुसका अधिकारीहरूले इस्ताग्रमलाई यसै हप्ता प्रतिबन्ध गरेका थिए ।

रोसग्राम भनेर चिनिने नयाँ अनुप्रयोग मार्च २८ मा सुरु हुने छ । यसमा उनीहरुले क्राउडफन्डिङ र केही सामग्रीको लागि सशुल्क पहुँच लगायतका सुविधा थपेको वेबसाइटले बुधवार सार्वजनिक गरेको छ ।

“मेरो साझेदार किरिल फिलिमोनोभ र हाम्रो विकासकर्ताहरूको समूह हाल उत्पन्न घटनाहरूको यो मोडको लागि पहिले नै तयार थिए । हाम्रा देशवासीहरूलाई मनपर्ने लोकप्रिय सामाजिक सञ्जालको रूसी एनालग सिर्जना गर्ने अवसर नगुमाउने निर्णय गरे” यो पहलका जनसम्पर्क निर्देशक अलेक्ज्याण्डर जोबोभले भिकोन्ताक्त सामाजिक सञ्जालमा लेखेका छन् ।

रूसी राज्य सञ्चार नियामक रोस्कोम्नाद्जोरले यसको अमेरिकी मालिक मेटा प्लेटफर्मले गत हप्ता युक्रेनका सोशल मिडिया प्रयोगकर्ताहरूलाई रूसी आक्रमणकारीहरूको मृत्युका सन्देशहरू पोस्ट गर्न अनुमति दिने बताएपछि सोमबारदेखि इन्स्ताग्राममा पहुँच रोकेको थियो ।

फेसबुकको स्वामित्वमा रहेको मेटाले रुसको आक्रमणपछि युक्रेनमा मात्रै लागू भएको घृणायुक्त भाषण नीतिमा भएको अस्थायी परिवर्तनले युक्रेनीहरूलाई आक्रमणकारी सैन्य बलहरूमा आफ्नो प्रतिरोध र रोष व्यक्त गर्न रोक्नु गलत हुने बताएको छ । रुसले यसलाई एकपक्षिय, रुस बिरोधीको आरोप लगाएको छ ।

फेसबुकमाथि प्रतिबन्ध लगाएको रूसले मेटा विरुद्ध आपराधिक अनुसन्धानसमेत अगाडि बढाएको छ । अभियोजकहरूले अमेरिकी प्रविधि कम्पनीलाई चरमपन्थी संगठन तोक्न अदालतलाई आग्रह गरेका छन् ।

त्यसको सोमबार अदालतमा मुद्दा चल्दै छ ।

रुसी कम्पनीले साझेदारी गरेको फोटो अनुसार रोसग्रामको रंग योजना र लेआउट इस्ताग्रामसँग एकदमै समानता हुने उल्लेख गरेको छ ।

रूसले हालैका महिनाहरूमा राज्यद्वारा सन्चालित रोस्टेकद्वारा उत्पादित आया टि १ स्मार्टफोनहरू सहित आफ्नो घरेलु प्रविधिको विकास गरिरहेको छ ।

नोभेम्बरमा गाजप्रोम मेडियाले यापीलाई भिडियो साझेदारी गर्ने संयन्त्र टिकटकको घरेलु प्रतिद्वन्द्वीको रूपमा सुरू गरेको थियो ।

तपाइँको प्रतिक्रिया