बुधबार, वैशाख १२, २०८१

युक्रेनमा पत्रकार हत्याको ईन्जाद्वारा भर्त्सना !

नेपालप्लस संवाददाता२०७८ चैत ४ गते १२:४१

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जाले समाचार रिपोर्टिङका ​​क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको घोर भर्त्सना गरेको छ ।

एकै हप्तामा तीन जना पत्रकारको हत्या हुनु विश्वभरका मिडिया र नागरिक समाजको लागि अतिनै दुःखद खबर भएकोपनि इन्जाले उल्लेख गरेको छ ।

इन्जाले एक बिज्ञप्ती जारि गर्दै रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूको हत्या रोक्न अनुरोध गरेको छ ।

“हामी रूसको यो कार्य स्पष्ट रूपमा युद्ध अपराध हो र प्रेस स्वतन्त्रता र प्रेसको व्यावसायिक अधिकारको हनन् हो भन्ने ठान्छौं” बिज्ञप्तीमा भनिएको छ ।

मारिनु भएका पत्रकारत्रय ब्रेट रेनाउड, ५० वर्ष, पियर जाक्रजेव्स्की, ५५ वर्ष, र ओलेक्सान्ड्रा कुर्सिनोभा, २४ वर्षप्रति इन्जा हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

अमेरिकी पत्रकार ब्रेट रेनाउडलाई टाइम म्यागजिनको असाइनमेन्टमा जाँदा इरपिनमा रुसी सेनाले गोली हानी हत्या गरेको थियो भने युक्रेनी निर्माता र फिक्सर ओलेक्सान्ड्रा “साशा” कुभ्साइनोभा, र फक्स न्यूजका क्यामेरा पर्सन पियर जाक्रजेव्स्की, दुबै कीभ बाहिर गोरेन्कामा एक सवारी आक्रमणमा मारिएका थिए । त्यहाँ बेलायती पत्रकार बेन्जामिन हल पनि घाइते भएका थिए ।

इन्जाले विश्व समुदायलाई त्यस्ता आपराधिक कार्यहरू विरुद्ध एकैठाउँमा उभिन र युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न हार्दिक अपील गरेको छ ।

तपाइँको प्रतिक्रिया